यस्तो रह्यो महिला तथा बालबालिका मन्त्री थममायाको ३ महिने कार्यकाल, भावी कार्यायोजना के ?

  • ९ जेष्ठ २०७५, बुधबार
  • 3081 पटक पढिएको

काठमाडौं ९ जेठ ।  मन्त्री थममाया थापाले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हालेको बुधबार ३ महिना पूरा भएको छ । कार्यभार सम्हालेको अवसरमा थापाले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै २९ बुँदे कार्ययोजना र ३५ बुँदे भावी कार्ययोजना समेत  सार्वजनिक गरेकी छिन् ।

आफूले मन्त्रालयको जिम्मेवारी लिएको समयदेखि अहिले सम्म धेरै काम गर्न नसके पनि भोलिका दिनमा पूरा गर्दै  जाने थापाले प्रतिबद्धता जनाइन् । थापाले महिला हिंसाको घटना बढेको, त्यसमा पनि बालिकाहरु बलात्कारको शिकार भएको, बोक्सीको आरोपमा धेरै महिलाहरु माथि दूब्र्यवहार भएको भन्दै त्यस्ता  घटना न्यूनीकरणका लागि काम गरिरहेको बताइन् ।

पत्रकार सम्मेलनमा मन्त्री थापाले  सन् २०३० सम्ममा नेपालमा  सबै किसिमका लैगिक विभेदको अत्य गर्ने गरी राष्ट्रिय लंैगिक समानता नीति २०७५ को अन्तिम मस्यौदा तयार पारिएको बताइन् ।  यस्तै बालबालिका सम्बन्धी ऐन २०४८ लाई प्रतिस्थापन गर्ने नयाँ ऐनको मस्यौदा तयार गरी कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको पनि उनले बताइन् । यस्तै  अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी १० वर्षे राष्ट्रिय नीति तथा कार्यान्वयन कार्ययोजना को मस्यौदा तयार पारेको कार्य प्रगतिमा उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनमा मन्त्री थापाले आफ्नो ३ महिने कार्यकालमा गरेको कामको जानकारी दिँदै राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत मानव विकास सूचकांकमा पछाडि परेका १४ जिल्ला भोजपूर सुनसरी,बारा ,रौतहट ,दोलखा,सिन्धुली ,तनहुँ,लम्जुङ,रोल्पा,दाङ,दैलेख,मुगु,अछाम,दार्चुला का करिब ११ सय महिलाहरुले तालिम लिई स्वरोजगार तथा उद्यमशीलता विकासमा सहयोग भइरहेको पनि बताइन् ।

यस्तो छ कार्य प्रगति 
— ४ वटा प्रदेशको १० जिल्लाका १४ ठाउँमा स्थानिय जनप्रनिधिलाई लैँगिक हिंसा विरुद्ध अभिमुखिकरण कार्यक्रम संलग्न गरेको छ ।
— देशभरको लै‍गिक हिंसा कोषबाट अहिले सम्म ३७ जनालाई ३५ लाख ५० हजार र केन्द्रबाट १२ जनालाई ४ लाख ४५ हजार रकम राहात तथा क्षतिपूर्ति दिएको पनि कार्य योजनामा उल्लेख गरिएको छ ।
— कोलम्बो प्लानका २७ देशका लैँगिक सम्पर्क व्यक्तिहरुको ३ दिने क्षेत्रीय सम्मेलन नेपालमा आयोजना गरी महिला तथा बालबालिकाका क्षेत्रमा भएका असल अभ्यासको बारे छलफल गरेको ।
—७५ वटा जिल्लामा बालबालिका माथि हुने हिंसा विरुद्धमा सचेनता मूलक कार्यक्रम संचालन भईरहेको ।
— सबै प्रदेशका अपाङगता भएका व्यक्तिको लागि सहायक सामग्री उत्पादनद तथा निशुल्क वितरण गरिएको। यस अवधिमा २२ सय जनाले सहयाक सामग्री पाप्त गरेको ।
— ६५ वटा बृद्धाश्रममा रहेका एक हजार ३ सय ७ जना जेष्ठ नागरिकहरुको संरक्षणलाई निरन्तरता दिईएको ।
— जेष्ठ नागरिक संघसंस्थाबाट १ सय २२ संघ संस्थाहरु मार्फत जेष्ठ नागरिक आश्रम निर्माण तथा संचालनको लागि आर्थिक सहयोग उपलब्ध गराईएको ।
— समाज कल्याण परिषदबाट सिफारिस भई आएका मध्ये अन्तराष्ट्रिय गैर सरकारी संस्थाको २२ वटा साधारण सम्झौता र रु ११ अर्ब १७ करोड ५८ लाख ८६ हजार बराबर रकमका ६२ वटा परियोजना सम्झौताको लागि सहमति प्रदान गरिएको छ ।
महिला ,बालबालिका ,जेष्ठ नागरिक र अपाङगता भएको व्यक्तिको हितमा काम गर्नको लागि बजेटको आवश्यक भए पनि सरकारले ४० करोडको सिलिङ तोकेर पठाएको हुदाँ बजेट अभावको कारण खुलेर काम गर्ने बातावरण नभएको बताएकी छिन् ।

भावी कार्ययोजना 
मन्त्री थापाले भावी कार्ययोजनामा ३५ वटा बुद्धा प्रस्तुत गरेकी छिन् । जस अन्तर्गत कानुन तथा नीतिगत रुपमा नेपालको संविधान र नेपाल पक्ष्य राष्ट्र भएका अन्तराष्ट्रिय सन्धि सम्झौता अनुकुल राष्ट्रिय लैँगिक नीति निर्मागा गरी यथासिघ्र कार्यान्वयनमा ल्याईने ।
— नेपालको संविधानको मौलिक हक कार्यान्वयनका लागि संविधानको धारा ३८(३) बमोजिम सबै प्रकारका महिला हिंसालाई कानुनी दायरामा ल्याउने र पीडितलाई क्षतिपूर्ति दिने,र धारा ३८(५) बमोजिम महिलालाई शिक्षा ,स्वास्थ्य,रोजगारी र सामाजिक सुरक्षामा विशेष अधिकार सुनिश्चित गर्ने विधेयक तयार गरि संघीय संसदमा पेश गरिने ।
—महिला बालबालिका उपर हुने सबै प्रकारका हिंसा अन्त्य गर्न यस विरुद्धको कडा कानूनको व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गरिने । हिंसा पिडित महिला तथा बालबालिकाहरुलाई एकीकृत सेवा प्रदान गर्ने गरी एकीकृत पुनस्थापन केन्द्र संचालनमा ल्याईने लगायतको ३५ बुद्धा मन्त्रीको भावी कार्ययोजना रहेको छ ।
मन्त्री थापाले बालिका बलात्कारीलाई सर्वस्व सहित आजिवन काराबासको ब्यवस्था हुने कानुनको बनाउने तयारीमा लागि रहेको बताइन् ।

स्राेत राताेपाटी