सम्पर्कविहीन विमान बाजुराको एक नदी किनारामा आपतकालीन अवतरण
- २ जेष्ठ २०७५, बुधबार
- 2393 पटक पढिएको
काठमाडौं, २ जेठ । सुर्खेतबाट हुम्लाका लागि उडेको विमान बाजुराको एक नदी किनारामा आपतकालीन ल्यान्ड गरेको छ । , विमानमा रहेका चालक दलका दुवै सदस्य सकुशल छन् । सर्खेतबाट सिमिकोटका लागि उडेर सम्पर्कविहीन विमान केहीबेरअघि बाजुराको बगरमा भेटिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।
क्षेत्रीका अनुसार, चालक दलका दुवै सदस्य सकुशल छन् । विमानमा कार्गो सामान र चालक दलका दुई सदस्य मात्रै थिए । ‘सम्पर्कविहीन विमानले बाजुराको बगरमा आपतकालीन ल्यान्ड गरेको जानकारी आएको छ’, महाप्रबन्धक क्षेत्रीले भने, ‘विमानमा रहेका चालक दलका दुवै सदस्य सकुशल हुनुहुन्छ ।’
सुर्खेतबाट बुधबार बिहान कार्गो सामान लिएर उडेको विमान सम्पर्कविहीन भएको थियो । सम्पर्कविहीन भएको केही समयपछि विमानले बाजुराको बगरमा आपतकालीन अवतरण गरेको हो । साभार ः abcnepal.tv