छैटौँ म्याग्दी महोत्सबलाई म्याग्दी चिनाउने माध्ययम बनाउँछौँ : अध्यक्ष कर्माचार्य (भिडियो अन्तरवार्ता सहित)

  • २४ पुष २०७४, सोमबार
  • 4923 पटक पढिएको

यहि पुस २८ गतेदखि माघ ७ गतेसम्म बेनीमा सञ्चालन हुन गईरहेको छैटौँ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेलाको तयारीबारे म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यसंग म्याग्दी अनलाईनका सम्पादक कमल खत्रीले गरेको कुराकानी
१ – यहाँलाई स्वागत छ ।
धन्यबाद ।
२– बेनीमा बिगतदेखि नै म्याग्दी उद्योग बाणिज्य संघले मेला महोत्सव आयोजना गर्दै आएको छ । यसको पृष्ठभूमिबारे प्रकाश पारर्दिनुहोस न ।

बेनीमा माघे संक्रान्ति पर्वको अबसरमा म्याग्दी उद्योग बाणिज्य संघले मेला तथा महोत्सवहरु हुँदै आएको छ । खासगरि तीन बर्षको एक पटक हामीले बेनीमा ‘म्याग्दी महोत्सव’ आयोजना गर्दै आएका छौँ । यस संस्थाको तीन बर्षे कार्यकालको लागि निर्वाचित हुने टिमले पहिलो बर्ष महोत्सव गर्ने चलन रहेको छ । २०६० सालदेखि ५ वटा महोत्सव सम्पन्न भईसकेका छन् । यो महोत्सव छैटौँ हो । अन्य बर्षहरुमा माघेसंक्रान्ति मेला तथा सडक खाना महोसत्वको रुपमा हामीले बेनीको परम्परागत रुपमा लाग्दै आएको माघे संक्रान्ति मेलालाई फरक ढंगले निरन्तरता दिदै आएको कुरा सबैलाई जानकारी नै छ । अहिले हामीले बिगतको भन्दा यो बर्षको महोत्सबलाई फरक ढंगले सञ्चालन गर्न लागिरहेका छौँ । संघिय संरचनामा म्याग्दीको पहिचान के ? यहाँको सम्भावना के–के छन् ? यहाँको पर्यटन विकासको सम्भावना कुन कुन क्षेत्रमा छ भन्ने बिषयमा बिशेष जोड दिने योजना बनाएका छौँ । महोत्सवले कला संस्कृति संरक्षण र पर्यटन प्रबद्र्धनलाई जोड दिने प्रमुख उदेश्य हो ।

३ –यो महोत्सव विगतको निरन्तरता मात्रै हो की ? म्याग्दीलाई चिनाउने माध्ययमको रुपमा लिनुभएको छ ।

यो महोसत्व विगतको निरन्तरता होनै त्यसमा पनि महोत्सबले म्याग्दीलाई उजागर गर्नेमा योगदान दिएको सबैलाई जानकारी नै छ । बास्तवमा विगत देखि हुँदै आएको म्याग्दी महोत्सवले म्याग्दीमा रहेका जातजातीहरुलाई आफ्नो पहिचानको खोजी गर्न, भेषभुषा तथा पहिचान झल्कने झाँकी देखाउन लगायतको क्षेत्रमा जागरुक गराउने काम गरेको हो । म्याग्दी महोसत्वमा पहिले एकाध जातजातीहरुले आफ्नो भेषभुषा पदर्शन गर्थे । अहिले जिल्लामा भएका प्राय सबैजसो जातजातीहरुले आफ्नो भेषभुषा, झाँकी संगै परम्परागत नृत्यहरु समेत यस्ता महोत्सवमहरुमा देखाउने गर्नुभएको छ । यसमा हामीलाई गर्व महशुस गरेका छौँ । यो महोत्सवले लोकदोहोरीको खानी भनेर चिनिने म्याग्दीलाई गायन पेशा अगालेका धेरै कलाकारहरुलाई प्रस्तुती राख्ने अवसर प्रदान गरि जिल्लाबाट राष्ट्रिय रुपमा चिनिने मौका समेत दिएको छ । २०६२ सालको म्याग्दी महोत्सवमा पहिलो पटक स्टेज चढेकीे मिना नेपाली अहिले राष्ट्रिय कलाकारको रुपमा चिनीनुभएको छ । यहाँको कला संस्कृति, पर्यटन प्रवद्र्धन, घरेलु उत्पादनको प्रचार प्रसारमा समेत महोत्सवले दिएको देनलाई नकार्न सकिँदैन् ।

४ –लोकसंस्कृति संरक्षणलाई लक्षित गरि अन्य के कस्ता कार्यक्रम समावेश गर्नुभएको छ ।

महोसत्वको उद्घाटन हुने दिन पुस २८ गते हामीले बेनीमा जातजातीको मात्रै पहिचान झल्कने ¥याली र झाँकी प्रदर्शन गर्ने कार्यक्रम तय गरेका छौँ । यो बर्षको उद्घाटन ¥यालीमा यहाँ उपलब्ध जातजातीहरुले आफ्नो मौलिक पोशाक सहित उपस्थित भएर झाँकी देखाउनेछन् । झाँकी लगायतको खर्चमा हामीले पनि केही मात्रामा सपोर्ट गछौँ भनेका छौँ। अर्कोतर्फ उहाँहरुले आफ्नो मौलिक नृत्यहरु पनि प्रस्तुत गर्नुहुनेछ । अहिले विभिन्न जातीय समुदायबाट आफ्नो ऐतिहाँसिक र लोपउन्मुख नाचहरु प्रस्तुत गर्ने हामीलाई जानकारी आएको छ । यसले पछिल्लो समय आधुनिकताको कारण आफ्नै मौलिक संस्कृतिहरुको बारेमा समेत अनविज्ञ बनेका युवायुवतीहरुलाई माफ्नो मौलिक संस्कृतिबारेमा जानकारी हुने हाम्रो अपेक्षा छ । महोत्सवमा आफ्नो मोलिक कला संस्कृति देखाउनेलाई हामीले समय संगै आवश्यक अन्य सहयोग पनि गछौँ । महोत्सवमा जिल्ला तथा राष्ट्रिय स्तरमा रहेका म्याग्देली कलाकारहरुलाई पनि बिशेष प्राथमिकता दिएर आफ्नो प्रतिभा राख्ने समय दिन्छौँ ।

५ – पर्यटन प्रर्वद्धनको क्षेत्रमा के–कस्ता योजना समेट्नुभएको छ ?

वास्तवमा यो महोत्सवको महत्वपूर्ण उदेश्य भनेको म्याग्दीलाई पर्यटनको क्षेत्रमा प्रचार प्रसार गर्नु पनि हो । हामीले म्याग्दी जिल्लाको सबै क्षेत्रलाई समेटीएको डकुमेन्ट्री समेत तयार गरि प्रदर्शन गर्ने र जिल्लाका सबै स्थानीय तहका सम्भावनयुक्त पर्यटकीय क्षेत्रहरुलाई समेटेर फोटो प्रदर्शनी समेत यो महोत्सवमा राखेका छौँ । फोटो प्रदशनीमा आजभन्दा ५० बर्ष अगाडी म्याग्दीका विभिन्न ठाउँमा विदेशी स्वयमसेवकहरुबाट कैद गरिएका तस्बिरहरुलाई पनि हामीले राख्नेछाँै । साथै हामीले म्याग्दीका स्थानीय तहहरुको सम्भावनाहरुको बारेमा बु्रसर समेत तयार गरि महोत्सवमा आउनेहरुलाई उपलब्ध गराउँछौँ । जिल्लाका पर्यटकिय स्थलमा जान सुपथ मुल्यमा एकदिने गाडीको ब्यवस्थासंगै गलेश्वरधाम महारानीथान, सिगां तातोपानी, लभ्लीहिल, लगायतको क्षेत्रमा एकदिने भ्रमणको रुपमा घुम्ने ब्यवस्था समेत गछौँ । बेनीदेखि लभ्लिहिलमा घोडा चढेर आनन्द लिन पाउने व्यवस्था हुन्छ ।

६–बिगतको बर्षमा जस्तै कालीगण्डकीमा ¥याफ्टिङ गर्न पाउने व्यवस्था यस बर्ष निरन्तरता छकी छैन् ।

हामीले यो बर्षको महोत्सवमा पनि कालिगण्डकी नदीमा ¥याफ्टिङ गर्न पाउने व्यवस्था गरेका छाँै । जलेश्वर देखि दोभानसम्म ¥याफ्टिङ गर्नको लागि पोखराबाट टोली आउँछ । लामो दुरीमा गर्न चाहनेलाई मालढुंगा सम्म पनि जान सकिन्छ । अन्तिम दिन ¥याफ्टिङ गर्न चाहनेहरुले मिरमी सम्म नै ¥याप्mटिङ गर्ने ब्यवस्था रहेको छ । अघिल्लो महोत्सवमा ल्याईएको ¥याफ्टिङको कारण कालीगण्डकीमा यसको ब्यवसायिक सम्भाव्यताको समेत अध्ययन भएको थियो । बिशेष गरि जिल्लामा ¥याफ्टिङलाइ निरन्तरता सक्ने आधार हुँदा हुँदै पनि म्याग्दी हुँदै बागलुङ र पर्वतका विभिन्न बजारबाट निस्कने फोहोर र ढललाई खुला रुपमा नै कालिगण्डकीमा फाल्ने प्रचलनले गर्दा पर्यटकहरुले नरुचाउने गरेको ¥याफ्टिङ व्यवसायिहरुको भनाई छ । ती समस्या हल गरि यसको व्यवसायिक निरन्तरताबारे पनि हामीले योजना बनाएका छौँ ।

 

७ –यो महोत्सबलाई प्रदेश न ४ को कृषि तथा औधोगिक मेलाको रुपमा पनि लिईएको छ । के छन औधोगिक र कृषि क्षेत्रलाई समेटीएको कार्यक्रमहरु ?

हामीले बिशेष गरि प्रदेश न ४ मा रहेका विस्कुट, चाउचाउ, सावुन लगायतका उत्पादनसंगै घरेलु उत्पादनहरुलाई विक्रि गर्ने स्टलको ब्यवस्था गरेका छौँ । त्यस्तै म्याग्दीमा उत्पादन हुने कृषि उपजको प्रचार प्रसारका लागि कृषि उपज पदर्शनी र प्रतियोगिता राखेका छौँ । जिल्ला कृषि विकास कार्यालयको समन्वयमा कृषकका समाग्री पदर्शनी गरि प्रतियोगितामा बिजेताहरुलाई पुरस्कार समेत दिन्छाँै । यो महोसत्वमा हामीले बाहिरबाट ठुला माछाहरु ल्याएर पदर्शनी समेत गछौँ । म्याग्दीमा पनि माछापालन तर्फ कृषकहरुलाई हौँसला प्रदान होस भनेर हामीले बाहिरबाट माछा ल्याएर पदर्शन गर्न लागेका हौँ । महिला उद्यम विकास समितिले जिल्लामा उत्पादन हुने कृषि उपजकहरु संकलन गरि विक्रि गर्ने स्टल समेत राख्नुहुन्छ । स्थानीय स्तरमा उत्पादन हुने ढाका, अल्लो लगायतका घरेलु उद्योगका सामानको पदर्शन तथा विक्रि स्टल पनि रहन्छ । अझ हामीले कुहँुको भर्जुलामा फुल खेती गरकोहरुबाट फुल खरिद गरि ल्याएर महोत्सव उद्घाटन कार्यक्रममा अतिथिहरुलाई खादाको ठाउँमा माला लगाईदिने योजना बनाएका छौँ । सकभर स्थानीय उत्पादनको प्रचार प्रसार गर्नु र कृषक तथा उद्यमीलाई प्रोत्साहन होस भन्ने हाम्रो चाहना हो ।

८ –विगतका महोत्सवलाई हेर्दा युवायुवतीको मनोरञ्जन गर्ने थलो र यहाँको पैसा बाहिर जाने गरेको जस्तो देखिन्थ्यो ? के भन्नुहुन्छ

हो महोत्सवमा टिन यजरका केटाकेटीहरुले मध्यपान बढी गर्ने गरेको गुनासाहरु हामीले पनि बिगतमा सुनेका हौँ । यस पटम हामीले अधिकाँश होटलका स्थलहरु म्याग्दीकै व्यवसायिहरुलाई दिएका छौँ । जस्को कारण साना केटाकेटीहरु म्याग्दीकै होटल व्यवसायीको स्टलमा बसेर मध्यपान सेवन गर्न असजह होला भन्ने अनुमान गरेका छाँै । अर्कोतर्फ म्याग्दीकै व्यवसायिहरुलाई प्रोत्साहन गर्नुपर्छ भनेर पनि हामीले बिशेष गरि होटलका स्टलमा म्याग्दीकै व्यक्तिकरुलाई प्राथमिकता दिएका हौँ । महोत्सवले यहाँको व्यापार व्यवसाय प्रवद्र्धन  गर्नेछ

९ – १० दिन सम्म आयोजना हुने महोत्सवमा शान्ति सुरक्षाको बारेमा के–कस्तो योजना बनाउनुभएको छ ?

बिगतका महोत्सवकहरुलाई पनि हामीले शान्तीपूर्ण रुपले नै सम्पन्न गरेका छौँ । म्याग्दीका जनताहरुमा होहल्ला नगरिकन रमाईलो गर्ने बानी पनि छ । शान्ति सुरक्षाको बारेमा हामीले जिल्ला प्रशासन र प्रहरीसंग पनि समन्वयका लागि छलफल गरेका छौँ । साथै हाम्रो कार्यसमितिका सबै टिम एकढिक्का भएर लागेको छ । कार्यसमितिले समेत पुलिसको भुमिका जस्तै शान्ति सुरक्षामा आफुलाई प्रस्तुत गर्नुहुन्छ। सकभर हामीले महोत्सब स्थलमा सिसीटिभि क्यामेरा जडान गरि प्रहरी कार्यालयबाट निगरानी गर्ने व्यवस्थाको लागि समेत प्रयास गरिरहेका छाँै । हामीलाई विश्वास छ म्याग्दी महोत्सव शान्त वातावरणमा कुनै अप्रिय घटना नभईकन सम्पन्न हुन्छ ।

१० – महोत्सवको दिन नजिकिँदै जाँदा तयारी कस्तो छ ?

म्याग्दी महोत्सबको लगभग ८० प्रतिशत भन्दा बढी तयारी सकिएको छ । १८० स्टल मध्य व्यवसायिक प्रयोजनका सबै स्टल बुकिङ भैसकेको छ । हामीले स्टल बुकिङ गर्नेहरुबाट आर्थिक क्षती नहोस भनेर अग्रीम आधा भाडाशुल्क समेत लिने गरेका छौँ। जिल्लामा रहेका नगरपालिका र गाउँपालिकाहरु संगै विभिन्न क्षेत्रबाट रचनात्मक सहयोग गर्नुभएको छ । महोत्सवमा आयोजना गरिएको धौलागिरीमा रहेका स्थानीय तह स्तरीय खेलकुद प्रतियोगिताहरुमा समेत सहभागीताको लागि खवरहरु आईरहेका छन् । हामीले पनि महोत्सव अवलोकनका लागि बनाईएका विशेष टिकट विक्रि कार्यलाई तिब्रता दिएका छौँ । महोत्सव स्थल खुलामञ्चमा स्टल र स्टेज लगायत रमाईलो मेलाको समेत पूर्वाधार बनाउने काम भईरहेको छ । विभिन्न माध्ययम मार्फत प्रचार प्रसारलाई तिब्रता दिएका छौँ । महोत्सव सफल बनाउन म्याग्दी उद्योग बाणिज्य संघको सम्पूर्ण टिम क्रियाशिल रुपमा लागीपरेको छ ।

१ अन्तमा केही भन्नु छ की ?

म्याग्दी महोत्सव म्याग्दीलाई उजागर गर्ने म्याग्दीका सम्भावनाहरुको प्रचार प्रसार गर्ने आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै कला संस्कृतिको संरक्षण गर्ने थलो हो । जो जहाँ हुनुहुन्छ महोत्सवमा आएर अवलोकन गरिदिनुहोला भन्न चाहन्छु । बिशेष गरि म्याग्देली जनताले आफ्नो स्थानीय उत्पादन तथा सामाग्री र कला सस्कृतिलाई प्रचार प्रसारको लागि महोत्सवलाई उपयोग गर्नुहोला । यदि तपाई महोत्सवमा आउन सक्नुहुन्न भने अन्य आफ्ना आफन्त, साथिभाईहरुलाई महोत्सवमा जान प्रोत्साहन गर्नुहोला भन्न चाहन्छु । महोत्सवलाई सभ्य, भव्य र मर्यादित तवरले सम्पन्न गर्न सबै सरोकारवालाबाट सक्दो सहयोगको अपेक्षा गर्दछु ।

१२ – यहाँको महत्वपूर्ण समय र सम्बादको लागि धन्यबाद

यहाँहरुलाई पनि धेरै धेरै धन्यबाद । छैटौँ म्याग्दी महोत्सवको सन्दर्भमा मुल आयोजकको तर्फबाट भनाई राख्ने अबसर दिनुभएकोमा तपाई र लोकप्रिय म्याग्दी अनलाईन परिवारप्रति आभार व्यक्त गर्दछु ।

भिडियो