घोस्तखोर लघुजलविद्युत परियोजनाको सामान यसरी हेलीकप्टरबाट ढुवानी गरियो
- १३ पुष २०७४, बिहीबार
- 2409 पटक पढिएको
म्याग्दी, १३ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ५ शिखमा निर्माणाधिन घोस्तेखोर लघुजलविद्युत परियोजनाको सामान हेलीकप्टर मार्फत ढुवानी गरिएको छ ।सडक मार्ग भएर शिख पु¥याइएको तार, जेनेरेटर, टवाईन लगायतका उपकरण र सामान बुधबार सिम्रीक एयरको हेलीकप्टरबाट निर्माण स्थलमा ढुवानी गरिएको हो ।आयोजना स्थलमा सडक नपुगेको, मानिसले बोकेर लैजान धेरै समय र खर्च लाग्ने भएकाले सामान ढुवानीमा हेलीकप्टर प्रयोग गरिएको उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो ।
शिख मावि परिसरबाट १२ खेप गरेर आयोजना स्थलमा सामान पु¥याइएको थियो । उपभोक्ता समितिका अनुसार सामान ढुवानीमा ११ लाख रुपैया खर्च भएको छ । ढाँडखर्क, बयली र खोप्राको सामुदायीक लजमा विद्युत आपुर्तीका लागि स्थानीयबासीको पहलमा ५० किलोवाट क्षमत्ताको परियोजना निर्माणाधिन अवस्थामा छ । परियोजनाको नहर, ईन्टेक, विद्युतगृह, फोरवे निर्माण गर्ने, पोल गाड्ने काम सकिएको छ । तार तान्ने, जेनेरेटर र टर्वाईन जडान गर्ने काम गरेपछि परियोजनाबाट विद्युत उत्पादन हुने जनाइएको छ । चार वर्षअघि देखि निर्माण प्रक्रिया थालीएको परियोजना अबको दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
सरकारी निकायबाट न्युन मात्र सहयोग भएको परियोजना निर्माणका लागि शिखका अगुवा बागबिर पाईजा र सूचना प्रबिधिका अभियन्ता महाबिर पुनको पहलमा आर्थिक स्रोत जुटाउने क्रम जारी छ । एक करोड पचास लाख रुपैया लागत अनुमान गरिएको परियोजना निर्माण अवधि सकिदाँ दुई करोड भन्दा बढी खर्च हुने अनुमान छ । आर्थिक वर्ष २०७१७२ मा तत्कालीन जिल्ला समन्वय समितिले दश लाख रुपैया अनुदान उपलब्ध गराएको थियो । भौगोलिक बिकटता, महँगो उपकरण र महँगीका कारण लागत बढेको अध्यक्ष फगामीले बताउनुभयो ।
सामुदायीक लज सञ्चालक समितिले बैङ्कबाट ऋण लिएर परियोजना सम्पन्न गर्ने तयारी गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तरगत फलाते हुदै ढाँडखर्क, बयली र खोप्राको भ्रमणमा आउने पर्यटकको संख्या बढ्दै जान थालेको छ ।
पर्यटकको सुबिधा र गाउँका सामुदायीक विद्यालय सञ्चालनका लागि आयस्रोत जुटाउने उद्देश्यले सामुदायीक लज सञ्चालन गरिएको हो । विद्युत अभावमा पर्यटकलाई अपेक्षाकृत सुबिधा उपलब्ध गराउन कठिन भएको थियो । मानव बस्तीदेखि टाढा रहेकाले केन्द्रिय प्रशारण लाईनको सम्भावना नभएपछि लघुजलविद्युत परियोजना मार्फत विद्युत सुबिधा पु¥याउन लागिएको हो । विद्युतसंगै ईन्टरनेट, मोवाईल लगायत सञ्चार सुबिधा सहज हुने पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ ।
यो कार्यक्रम गाउँ पालिका आउनु भन्दा दुई बर्ष अगाढी देखि नै सुरु भएको प्रोजेक्ट भएको ले गाउँ पालिकाको अहिले सम्म पहल नभएको हो. सुरुमा जि.बि.स को १० लाख रुपैया अनुदान बाट काम सुरु भएको हो. त्यसैले पैसा खोज्ने अहिले सम्मको सम्पूर्ण काम मैले गरेको हो. अहिले सम्म एशियाली बिकास बैंक, ACAP र अन्य साना तिना दाताहरु बाट केहि सहयोग प्राप्त भएको छ. भर्खरै गाउँ पालिका बनेको छ. अब गाउँ पालिकाले पनि सहयोग गर्लान नि भनेर आश गरिएको छ. २० लाख ऋण पनि ब्यांक बाट निकालिएको छ र अरु फुटकर ऋण हरु पनि छन्. हेलिकप्टर लैजान मात्रै ११ लाख खर्च भएको छ. लौ त सबैले बल गरम साथीहरु किन भने यो काम त्यो एरियामा पर्यटन बिकासको लागि गरिएको काम हो. अहिले सम्म उठेको जम्मा रकम रु १ करोड १६ लाख २८ हजार हो. जम्मा अनुमानित रु १ करोड ७६ लाख हो. त्यो भन्दा अलि बढी लाग्न सक्छ भन्ने अनुमान छ.
यो कार्यक्रम गाउँ पालिका आउनु भन्दा दुई बर्ष अगाढी देखि नै सुरु भएको प्रोजेक्ट भएको ले गाउँ पालिकाको अहिले सम्म पहल नभएको हो. सुरुमा जि.बि.स को १० लाख रुपैया अनुदान बाट काम सुरु भएको हो. त्यसैले पैसा खोज्ने अहिले सम्मको सम्पूर्ण काम मैले गरेको हो. अहिले सम्म एशियाली बिकास बैंक, ACAP र अन्य साना तिना दाताहरु बाट केहि सहयोग प्राप्त भएको छ. भर्खरै गाउँ पालिका बनेको छ. अब गाउँ पालिकाले पनि सहयोग गर्लान नि भनेर आश गरिएको छ. २० लाख ऋण पनि ब्यांक बाट निकालिएको छ र अरु फुटकर ऋण हरु पनि छन्. हेलिकप्टर लैजान मात्रै ११ लाख खर्च भएको छ. लौ त सबैले बल गरम साथीहरु किन भने यो काम त्यो एरियामा पर्यटन बिकासको लागि गरिएको काम हो. अहिले सम्म उठेको जम्मा रकम रु १ करोड १६ लाख २८ हजार हो. जम्मा अनुमानित रु १ करोड ७६ लाख हो. त्यो भन्दा अलि बढी लाग्न सक्छ भन्ने अनुमान छ. यो बिजुली बत्ती बाल्नको लागी मात्र प्रयोग गर्ने होइन. लजहरुमा खाना पकाउने, पानी तताउने, कोठा तातो बनाउने कामको लागि सो बिजुली प्रयोग गरिने छ. यसको मुख्य लक्ष्य त्यहाँका लजहरु बाट “शुन्य कार्बन डाई अक्साईड (Zero Carbon di oxide) निस्कोस भन्ने हो. त्यहाँबाट कुनै धुँवा निस्कने छैन र यो कुरा नेपालमा एकदमै नयाँ प्रयोग हुने छ.