नजरको वाणले हानी………..

  • ३० भाद्र २०७४, शुक्रबार
  • 3455 पटक पढिएको

#गजल्#
नजरको वाणले हानी मलाइ उसले,
जाउँ भनी परपरी तानी मलाइ उसले

मादक त्यो हेराइले एकोहोरो हेरिरहि
एक नजरमै केके ठानी मलाइ उसले

ढुङगा खोज्दा देउतै मिलेझै भो मलाइत
खोइ कसरी कहाँबाट जानी मलाइ उसले

के श्री चलेछ खोइ आज उसलाइ पनि,
झ्याप्पै मनको राजा मानी मलाइ उसले,

प्यासी थिएँ मपनी,तिर्खाएको कागझै
पिलाइ आज प्रचुर पानी मलाइ उसले।
प्रकाश शर्मा `प्रभात´
बेनपा-६, म्याग्दि।