सुरुङभित्रबाट १० दिनपछि एक जनाको जीवितै उद्धार

  • १९ भाद्र २०८३, शुक्रबार
  • 1 पटक पढिएको

१९ भदौ, काठमाडौँ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये एक जनाको जीवितै उद्धार गरिएको छ । खोजी तथा उद्धारमा खटिएका एक इन्जिनियरका अनुसार एक व्यक्तिको जीवितै उद्धार गरिएको बताएका छन् ।

आज बिहान मात्रै खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएको नेपाली सेनालाई उद्धृत गर्दै इन्जिनियर श्रीराम न्यौपानेले बताएका थिए ।