म्याग्दीका सबै पालिकामा नेकपा (माओवादी केन्द्र) को नयाँ नेतृत्व चयन

  • १४ पुष २०८१, आईतवार
  • 1789 पटक पढिएको

म्याग्दी १४ पुस । म्याग्दीका ६ वटै स्थानीय तहमा नेकपा (माओवादी केन्द्र) को नयाँ नेतृत्व चयन भएको छ । एक नगरपालिका र पाँच गाउँपालिकामा तेस्रो पालिका स्तरीय सम्मेलन मार्फत नेतृत्व चयन गरिएको हो ।

गत मङ्सिर दोस्रो साता बसेको पार्टीको जिल्ला समन्वय समितिको बैठकको निर्णय अनुसार, जिल्लाको ६ वटै स्थानीय तहमा सम्मेलन गरिएको र सबै पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको माओवादी केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष शेरबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, ४५ वटा वडामध्ये २९ वटा वडामा समेत नेतृत्व चयन भैसकेको छ । बाँकी रहेका वडाहरुमा समेत वडा स्तरीय सम्मेलनको तयारी गरिएको जनाइएको छ ।

सम्मेलनबाट बेनी नगरपालिकामा नगेन्द्र केसी, रघुगंगा गाउँपालिकामा भबिन्द्र शेरपुञ्जा, अन्नपूर्ण गाउँपालिकामा पूर्णबहादुर पाईजा, मंगला गाउँपालिकामा कुल प्रसाद पुन, मालिका गाउँपालिकामा अनुप गौचन र धवलागिरी गाउँपालिकामा रिमप्रकाश थापा पालिका कमिटीको अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

५५ सदस्यीय बेनी नगर कमिटीको उपाध्यक्षमा अणबहादुर खड्का (भगवान), खिम पुन, गणेश शर्मा, सचिवमा ओम रोका, सहसचिवमा कृष्णप्रसाद पौडेल र कोषाध्यक्षमा बिष्णु बोहोरा चयन हुनुभएको छ ।

४५ सदस्यीय मंगला गाउँपालिका कमिटीको उपाध्यक्षमा प्रेम गिरी, अर्जुन शाही, मुक्त हरमेल, सचिबमा मिलन रोका , सहसचिमा शान्ति चाचाङ्गे र कोषाध्यक्षमा श्याम बहादुर थापा रहनुभएको छ ।
४५ सदस्यीय अन्नपूर्ण गाउँपालिका कमिटिको उपाध्यक्षमा श्याम खड्का, समिक्षा बिक, फुलबहादुर गर्बुजा, सचिवमा प्रेमबहादुर पाईजा, सहसचिवमा अरुण बिक र कोषाध्यक्षमा कबिता क्षेत्री चयन हुनभएको छ ।
५५ सदस्यीय मालिका गाउँपालिका कमिटीको उपाध्यक्षहरुमा दिपक जुग्जाली , मोती प्रसाद बुढा र हर्कलाल दर्जी ,सचिवमा लाल बहादुर घताने, सह सचिवमा दल बहादुर खड्काथोकी, कोषाध्यक्षमा मनरुपा घर्ती मगर चुनिनुभएको छ ।

४५ सदस्यीय रघुगंगा गाउँपालिका कमिटीको उपाध्यक्षमा नरबहादुर भण्डारी, नारायण सुवेदी र मिना विक, सचिबमा होमबहादुर दर्जी, सहसचिबमा निशा घर्ति खत्री र कोषाध्यक्षमा इश्र खत्री चयन हुनुभएको छ ।
४५ सदस्यीय धवलागिरी गाउँपालिका कमिटिको उपाध्यक्षमा अशोक खत्री र भोमबहादुर पाईजा, सचिवमा चक्र पुन, सहसचिवमा नवराज पुन र होममाया बिक र कोषाध्यक्षमा रामबहादुर खत्री चयन हुनुभएको छ ।