म्याग्दीका फोटो पत्रकार गुरुङलाई ‘लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कार’ प्रदान

  • १० पुष २०८१, बुधबार
  • 421 पटक पढिएको

म्याग्दी १० पुस । म्याग्दीका फोटो पत्रकार गणेश गुरुङ (सुरेन) पुरस्कृत हुनुभएको छ । तमू (गुरुङ) सञ्चारकर्मी संघले पत्रकारितामा योगदान पु¥याएबापत गुरुङ सहित ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ । बुधबार काठमाण्डौमा आयोजित तमू पत्रकारिता पुरस्कार वितवरण तथा गुरुङ ‘न्युज डटकम’ वर्ष पुस्तक लोकार्पण कार्यक्रममा म्याग्दीका फोटो पत्रकार गुरुङलाई नगद सहित सम्मान गरिएको थियो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख निवासी गुरुङ पर्यटन, पर्यावरण र ग्रामिण फोटो पत्रकारको रुपमा परिचित हुनुहुन्छ ।
उहाँ बेनीबाट सञ्चालन हुने रिखार दैनिक र धौलागिरी खवर डटकममा आबद्ध हुनुहुन्छ । पुरस्कार वितरण समारोहमा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरस्कृत पत्रकारहरुलाई नगद पुरस्कार र ताम्रपत्र प्रदान गर्नुभएको थियो । पत्रकार गुरुङलाई नगद रु १० हजार सहित ताम्रपत्रद्धारा पुरस्कृत गरिएको थियो । कार्यक्रममा
पूर्वप्रधानसेनापति ‘छत्रमानसिंह–कमला गुरुङ’ पत्रकारिता पुरस्कारबाट देवराज गुरुङ (गुरुङ तर्फ) र पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट फोटो पत्रकार वर्षा शाह (गैर गुरुङतर्फ)ले जनही रु २०÷२० हजार पुरस्कार प्राप्त गर्नुभएको थियो ।


त्यसैगरी ‘आदिकवि हर्कबहादुर गुरुङ स्मृति’ पत्रकारिता पुरस्कार पर्वतकी शीला गुरुङ र लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कार म्याग्दीका गणेश गुरुङ (सुरेन) र भद्रकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कार कास्कीकी अपेक्षा गुरुङले प्राप्त गर्नुभएको थियो । उनीहरु तीनै जनाले रु १०÷१० हजार नगद प्राप्त गर्नुभएको छ । तमू ल्होसार मूल आयोजक पत्रकारिता पुरस्कार बुटवलकी निरु गुरुङले नगद रु १२ हजार प्राप्त गर्नुभएको थियो ।