साझापानीमा निशुल्क पशु स्वास्थ्य शिविरबाट औषधी वितरण र गोवर परिक्षण सेवा प्रदान

  • ९ पुष २०८१, मंगलवार
  • 141 पटक पढिएको

म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतीको साझापानीमा आयोजित निशुल्क पशु स्वास्थ्य शिविरबाट तीन हजार दुई सय बढी पशुपंक्षिका लागि औषधी वितरण गरिएको छ । रघुगंगा गाउँपालिका र नेपाल रेडक्रस सोसाईटीको जीविकोपार्जन प्रबद्र्धन कार्यक्रमबाट सोमबार आयोजित शिविरमा लक्षणको आधारमा पशुपंक्षिका लागि आबश्यक पर्ने औषधी वितरण गरिएको हो ।
शिविरमा भेडाबाख्रा, कखुरा , गाई, भैँसी र गोरुका लागि औषधि वितरण गर्नुका सथो ९० वटा पशुपंक्षिको गोवर परिक्षण समेत गरिएको रघुगंगा गाउँपालिकाका पशु विकास अधिकृत पुष्पराज अधिकारीले जानकारी दिनुभयो । शिविरमा पशु विकास अधिकृत पराजुली, पशु प्राविधिक सुजन विक, कविता आचार्य, भिमबहादुर पुन, स्तुती पौडेल लगायतले पशु पंक्षिको रोगको लक्षणको आधारमा जुका, माटे, लुतो, किर्ना, जुर्मा लगायतको औषधी वितरण र विभिन्न भिटामिनहरु समेत वितरण गर्नुभएको थियो ।


कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले गाउँपालिकाले पशुपालन क्षेत्रलाई आगामी दिनमा अझै प्राथमिकता दिने बताउँदै दुध र मासुजन्य उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउनतर्फ लागिएको बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष अमृत भण्डारीले शिविरबाट विभिन्न रोगबाट विरामी परेका पशुपंक्षिको उपचारमा राहत मिलेको बताउँदै आगामी दिनमा गाउँपालिकाले पशुपालनलाई व्यावसायिक बनाउनतर्फ लाग्नुपर्ने आबश्यकता औँल्याउनुभएको थियो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी र नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाका सभापति अमर बानियाँले पशुपालन संग सम्बन्धित कार्यक्रमबाट लक्षित बर्गलाई पत्येक्ष लाभ हुने गरि प्रभाबकारी कार्यान्वयनमा जोड दिनुभएको थियो । यस अघि घुगंगा गाउँपालिका–६ पाखापानीमा आयोजित पशु स्वास्थ्य शिविरमा तीन हजार २५० पशुपंक्षिको लागि औषधी वितरण गरिएको थियो ।
आइरीस रेडक्रसको साझेदारीमा नेपाल रेडक्रस सोसाईटी म्याग्दीले रघुगंगा गाउँपालिकाका विभिन्न वडाहरुमा सामुदायिक जीविकोपार्जन प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिरहेको छ । यस कार्यक्रम मार्फत स्थानीयबासीको आर्यआर्जन सुधार र जीविकोपार्जन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम सञ्चालनमा छन् ।