गलेश्वरधाम आमा समूहलाई व्यवसायि घिमिरेद्धारा साउण्ड सिस्टम सहयोग

  • ४ श्रावण २०८१, शुक्रबार
  • 475 पटक पढिएको

म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहलाई व्यवसायि डम्मर घिमिरेले साउण्ड सिस्टम सहयोग गर्नुभएको । मंगलदिप र चम्पा धुपका अधिकृत बिक्रेता समेत रहनुभएका लभ्लिहिल टे«डसका सञ्चालक डम्मर घिमिरेले एक थान साउण्ड सिस्टम सहयोग गर्नुभएको हो ।
घिमिरेले आफ्नो व्यावासायिक सामाजिक उत्तरदायित्व अन्तरगत आमा समूहलाई साउण्ड सिस्टम सहयोग गरेको बताउनुभयो । घिमिरेले गत बर्ष आमा समूहलाई ५० थान कुर्चि सहयोग गर्नुभएको थियो । शुक्रवार आयोजित कार्यक्रममा घिमिरेले उक्त साउण्ड सिस्टम गलेश्वरधाम आमा समूहका अध्यक्ष फुलकुमारी रोकालाई हस्तान्तरण गर्नुभएको छ ।

कार्यक्रममा गलेश्वरधाम आमा समूहका अध्यक्ष रोकाले साउन महिनामा गलेश्वर शिवालयमा आउने भक्तजनहरुलाई मंगलदिप र चम्पा धुप विक्रि गरेर आफुहरुले सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । कार्यक्रममा गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव प्रसाद रेग्मी, पुलत्स्य पुलह अन्नक्षेत्रका अध्यक्ष ज्ञानेन्द्र सुवेदी, गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुन लगायतले व्यवसायि घिमिरेको सामाजिक कार्यकोलागि धन्यबाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन आमा समूहका सचिब निशा महतले गर्नुभएको थियो ।