मल्लाजको दहमा एक दम्पतीको हत्या
- २० चैत्र २०८०, मंगलवार
 - 8695 पटक पढिएको
 
पर्वतको जलजला गाउँपालिका २ मल्लाजको दहमा गएराती एक दम्पतीको हत्या भएको छ । गएराती  अज्ञात समूह/ब्यतीले  बर्ष ६८ का सुर्य बहदुर जिसि र उहाँको श्रीमती  अन्दाजी बर्ष ६५ कि गमला जिसिको हत्या भएको हो । 
उनिहरुको गएराती घर भित्र सुतिरहेको अबस्थामा हत्या भएको र आज बिहान घरभित्र नै मृत्त अबस्थामा भेटिएको वडा अध्यक्ष प्रकाश जिसिले जानकारी दिनुभयो ।
वार्ड अध्यक्षका अनुसार जिसि दम्पती मात्र बस्दै आउनु भएको थियो ।
घटनाको जानकारी पाए संगै जिल्ला प्रहरी कार्यालय पर्वतको घटना स्थल पुगेको छ। बाकी विवरण र अनुसन्धान भैरहेको जनाएको छ ।