बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाकाे अध्यक्षमा रमेश गिरी चयन
- २९ माघ २०८०, सोमबार
- 451 पटक पढिएको
बेनी खानेपानी तथा सरसफाई उपभाेक्ता संस्था बेनीकाे २४ ओै वार्षिक साधारण सभा तथा ११ ओै अधिवेशनबाट अध्यक्ष पदमा रमेश गिरी सर्वसम्मत चयन हुनुभएको छ । आइतवार सम्पन्न अधिवेशन बाट उपाध्यक्षमा राजेन्द्र कुमार श्रेष्ठ, सचिवमा केशव प्रसाद रेग्मी, काेषाध्यक्षमा टंक बहादुर हमाल र सदस्य पदमा क्रमश: सिर्जना श्रेष्ठ , मनाेज पाैडेल, राधिका सापकाेटा, बलराम सुवेदी, गंगा कुमारी खत्री निर्विराेध निर्वाचित हुनुभएको संस्थाका प्रबन्धक याम बहादुर विकले जानकारी दिनुभयो ।