क्यान्सर पीडित पाईजालाई ओमकुमारी शान्ति कोषको सहयोग

  • २० पुष २०८०, शुक्रबार
  • 309 पटक पढिएको

म्याग्दी, २० पुस । बेनी नगरपालिका वडा न. १० पात्लेखेतकी क्यान्सर पिडित मनिषा पाईजा लाई ओमकुमारी शान्ति कोषले आर्थिक सहयोग गरेको छ । क्यान्सर पिडित पाईजाको मामा समिर रोका मगर लाई संस्थाका कोषाध्यक्ष सन्दिप खत्रीले पन्ध्र हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको संस्थाका कार्यालय प्रमुख डक बहादुर रोका मगरले जानकारी दिनुभयो ।

२० बर्षिया पईजाको राजीव गान्धी अस्पताल भारतको नया दिल्लीमा पाठेघर क्यान्सरको उपचार भईरहेको छ । मनीषाको उपचारको लागि करिव ३० लाख रुपैया भन्दा बदि खर्च लाग्ने अस्पतालले जनाएको छ ।

आर्थिक अभावकै कारण गरिब तथा विपन्न परिवारका विरामी उपचारबाट बञ्चित हुन नपरोस् भन्ने उद्धेश्यले स्थापना भएको स्थापना भएको परोपकारी संस्थाले विभिन्न जटिल रोगले ग्रसित विरामीलाई आर्थिक सहयोग गर्दै आईरहेको छ । मनिषालाई आर्थिक सहयोग गर्नका लागि निम्न बमोजिम बैंक खातामा जम्मा गर्न सकिन्छ । पाईजाको उपचारमा विभिन्न क्षेत्रबाट सहयोग जुटाउने काम भैरहेको छ ।

Account Name : Manisha Paija

Account No. 01840033580

Laxmi Bank Ltd.

Lagankhel Lalitpur Nepal