महिला उद्यम विकास समितिको सभापतिमा श्रेष्ठ चयन

  • १५ पुष २०८०, आईतवार
  • 287 पटक पढिएको

 

बेनी, १५ पुस । महिला उद्यम विकास समिति म्याग्दीको सभापतिमा अम्विका श्रेष्ठ निर्वाचित हुनुभएको छ । आईतवार म्याग्दी उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको समितिको १० औँ वार्षिक साधारणसभा तथा ७ औँ अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा सभापतिमा चयन हुनुभएको हो ।

नवनिर्वाचित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा विष्णु गुरुङ, प्रथम उपाध्यक्षमा श्रृजना भट्टचन, द्वित्तिय उपाध्यक्षमा दिलु घताने, महासचिवमा प्रमिला जोशी श्रेष्ठ, कोषाध्यक्षमा गीता शर्मा रिजाल, सचिवममा कमला सुवेदी, सहसचिवमा गोमा भट्टराई शर्मा र सह–कोषाध्यक्षमा राधिका सापकोटा चयन हुनुभएको निर्वाचन अधिकृतको रुपमा रहनुभएका म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो ।

 

त्यस्तै कार्य समितिका सदस्यहरुमा चमन श्रेष्ठ, गंगा कुमारी खत्री, संगीता श्रेष्ठ, तेजकुमारी महत, धनदेवी भण्डारी, संगीता श्रेष्ठ, रेणु मल्ल शाही, अस्मिता श्रेष्ठ, गंगा थापा कार्की, सरिता श्रेष्ठ, रंजीता वराईली रहनुभएको छ । समितिको आमन्त्रित सदस्यहरुमा गीता चापागाई, टिका आचार्य, शारिका थापा मगर, अम्विका ढुङ्गाना, मिना कुमारी मल्ल र अश्मि महत रहनुभएको छ ।

नवनिर्वाचत सभापति श्रेष्ठले महिला दिदीवहिनीहरुलाई एकत्रित गरि उनिहरुको क्षमता अभिवृद्धि तथा उत्पादन र उद्यमशिल बन्न प्रेरित गर्ने कार्यक्रम योजनाबद्ध ढंगले संचालन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । साथै नयाँ कार्य समितिले आउदै गरेको माघेसंक्रान्ति पर्वको अवसरमा बेनीमा ३ दिने माघेसंक्रान्ति मेलाको आयोजना गरेको छ ।

बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले महिला उद्यम विकास समिति म्याग्दीको दशौँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनको उद्घाटन गर्नुभयो । उपप्रमुख लामिछानेले महिलाहरु सिप विकास र उद्य मशिलतर्फ अग्रसर हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

अधिवेशनमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवालले महिलाहरुलाई सशक्त बनाउन र उत्पादन तथा उद्यममा जोडिनका लागि महिला उद्यम विकास समितिको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।