मोनाको अध्यक्षमा दधिवल खड्का सर्वसम्मत
- २७ आश्विन २०८०, शनिबार
- 488 पटक पढिएको
म्याग्दी, २७ असोज । म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा दधिवल खड्का सर्वसम्मत निर्वाचित हुनुभएको छ । म्याग्दीको बेनीमा जारी मोनाको पाँचौं अन्तर्राष्ट्रिय महाधिवेशनले खड्कालाई अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घार पुख्र्यौली घर भई हाल जापानमा रहनुभएका खड्का यसअघि मोनाको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।
अन्य पदहरुमा पनि सर्वसम्मत रुपमा नेतृत्व चयन भएको मोनाले जनाएको छ । निर्वाचित पदाधिकारीहरुको आधिकारिक रुपमा निर्वाचन समितिले भने घोषणा गर्न वाँकी छ । मोनाको अध्यक्षमा मिम पुर्जाले समेत उम्मेदवारी दर्ता गराउनुभएको थियो ।