माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर बढ्यो

  • ७ भाद्र २०८०, बिहीबार
  • 521 पटक पढिएको

 

म्याग्दी, ७ भदौ । पछिल्लो समय नेकपा (माओवादी केन्द्र) मा फर्किने र प्रवेश गर्ने लहर बढेको छ । विगत विभिन्न पार्टीमा रहेका नेता कार्यकर्ता आउने र केन्द्रित हुने लहर म्याग्दीमा बढ्दै गएको हो ।

नेकपा माओवादी केन्द्रको तीन महिने अभियान अन्तरगत नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति म्याग्दीले बुधबार आयोजना गरेको विस्तारित बैठकमा नेपाली कांग्रेस र नेकपा एमाले पाटी परित्याग गरेर एक दर्जन नेता तथा कार्यकर्ता प्रवेश गर्नुभएको थियो ।

जनयुद्धमा भूमिगत बनेका मंगला गाउँपालिका वडानम्वर ३ का मोहनलाल कंडेल करिव पाँचबर्षपछि नेपाली कांग्रेसको राजनीति छोडेर माओवादी पाटीमा फर्कनुभएको छ । त्यस्तै कांग्रेसका मालिका गाउँपालिका सचिव तथा प्रदेश सभा (ख) का प्रवक्ता रहनुभएका मालिका गाउँपालिका वडानम्वर ७ का लोक पुन माओवादीमा प्रवेश गर्नुभएको छ ।

म्याग्दीमा अन्य पार्टीका भन्दा माओवादी केन्द्रका नेताहरुले जनताको चाहनाअनुसार विकासको काम गरेको कारण प्रभावित भएर राम्रो काम गर्ने पाटी र नेताहरुलाई सहयोग गर्ने उद्देश्यले पाटी प्रवेश गरेको मन्तव्य राख्नुभएको थियो । मालिका गाउँपालिका वडानम्वर ७ विमका वडासभापति टुकमान जुग्जाली, प्रविण मगर लगायत १३ जना विभिन्न राजनीतिक दलमा आवद्ध र स्वतन्त्र ब्यक्तिहरुलाई प्रवेश गराईएको थियो ।

प्रवशे गर्नेमा मंगला गाउँपलिका वडानम्वर ५ का हरिप्रसाद सुवेदी, बुद्धीबल कंडेल, केशव बिक, बेनी नगरपालिका ४ का दिपक सुवेदी, धर्मदत्त आचार्य, आशिस छन्त्याल, सन्तोष शर्मा, सुवास सुवेदी, जेरी नेपाली र रघुगंगा गाउँपालिका वडानम्बर ६ पाखापानीका जगत पुन रहनुभएको थियो

नवप्रवेशीलाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हरी अधिकारी, केन्द्रिय सदस्य गोविन्द्र पौडेल, तिन महिने अभियान अन्तरगत म्याग्दीको इन्चार्ज भएर आउनुभएका गुप्तबहादुर हमाल लगायतका नेताहरुले अबिर र खादा लगाई पार्टीमा स्वागत गर्नुभएको थियो ।

नवप्रवेशी कार्यकर्तालाई जिल्ला र पालिका बैठकबाट पार्टीमा उचित जिम्मेवारी दिइने नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक एवम गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशम जुग्जालीले बताउनुभयो ।