विशालको उपचारका लागि अमेरिकाबाट सहयोग
- ६ श्रावण २०७४, शुक्रबार
- धिरन खत्री
- 2621 पटक पढिएको
म्याग्दी,६ साउन । विशाल बुद्धुजाको उपचारका लागि अमेरिकामा रहेको म्याग्देलीबाट ९३ हजार ओमकुमारी शान्ति कोषलाई सहयोग प्राप्त भएको छ । अमेरिकामा रहेकी दिपा पुनको नेतृत्वमा संकलन भएको सो रकम समाजसेवी दशरथ कर्माचार्यले ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गर्नुभएको हो ।
म्याग्दीको अन्नपुर्ण गाउँपालिका ४ न्यारच्याङ्गका बिशाल बुद्धुजाको मुखकोे हड्डी र दाँतमा समस्या देखिएको र घरको आर्थिक अवस्था कमजोरको कारण म्याग्दीको क्रियाशिल परोपकारी संस्था ओमकुमार शान्ति कोष मार्फत आर्थिक संकलन अभियान थालेको थियो । अहिले बुुद्धुजाको उपचार कान्तिपर डेन्टल हस्पिटल काठमाण्डौमा उपचार भईरहेको छ । उनको उपचारको लागि देश तथा विदेशको विभिन्न क्षेत्रबाट सहयोग आउने क्रम जारी रहेको कोषले जानकारी गराएको छ ।
उक्त सहयोग हस्तान्तरण कार्यक्रममा समाजसेवी दशरथ कर्माचार्यले ओमकुमारी शान्ति कोषको आजिवन सदस्य बन्नुभएको छ । कार्यक्रम बोल्दै कर्माचायले ओमकुमारी शान्ति कोषले गरिव विपन्न परिवारकासदस्यहरुको उपचारको लागि आर्थिक संकलन तथा सहयोग कार्य उतकृष्ट भएको बताउनुभयो । ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत मन्तव्य, सचिव लोकेश पुन मगरको संचालन भएको कार्यक्रममा संस्थाका सस्थापक चन्द्र केसीको उपस्थित भएको थियो ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l