बेनी–जोससोम सडकखण्डमा रातको समयमा सवारी सञ्चालनमा रोक
- २ श्रावण २०७४, सोमबार
- 3081 पटक पढिएको
म्याग्दी, २ साउन । बर्खाको समयमा सडक माथिका भिरपाखाबाट पहिरो खस्न सक्ने जोखिम बढेपछि बेनी–जोमसोम सडकखण्डमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाईएको छ । बर्षातको कारण कच्ची रुपमा रहेको यस सडकखण्ड अन्तर्गत बेनी देखी अन्नपुर्ण गाउपालिका–३ दानासम्म सडक माथीबाट पहिरो खस्न सक्ने र सवारी साधनमाथी पर्न गई हुन सक्ने मानबिय तथा भौतिक क्षतिलाई मध्यनजर गरी रातको समयमा सवारी सञ्चालन गर्न रोक लगाईएको हो ।
प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको अध्यक्षतामा सोमबार बसेको प्रहरी नायब उपरिक्षक बसुन्धरा खड्का, ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक शिब पाठक र म्याग्दीमा सञ्चालनमा रहेका यातयात व्यवसायिहरुको उपस्थितीमा बसेको बैठकले बेनी देखि दानासम्मको खण्डमा रातमा सवारी सञ्चालन नगर्ने निर्णय गरेको छ ।
यस सडकमा साउन ४ गतेदेखि भदौ १५ गतेसम्म आपतकालिन अबस्थामा बाहेक कुनै पनि सवारी साधन रातमा सञ्चालन नगर्ने सहमती भएको प्रहरी नायब उपरिक्षक बसुन्धरा खड्काले बताउनुभयो । उहाँले कमजोर भुगोलको कारण सडक माथिबाट पहिरो खस्ने समस्या बढेपछि कुनेपनी मानविय तथा भौतिक क्षत्री नहोस भन्ने उदेश्यले पुर्व सतर्कना अपनाउनको लागि उक्त निर्णय भएको बताउनुभयो ।