कालिगण्डकी नदीले मेशिनरी पर्खालको सामान बगाँउदा १५ लाख बराबरको क्षती

  • २ श्रावण २०७४, सोमबार
  • धिरन खत्री
  • 4419 पटक पढिएको

म्याग्दी, ०२ साउन । कालिगण्डकी नदीको कटानबाट बस्ती जोगाउन सुरु गरिएको मेशिनरी पर्खालको सामान बगाउदा करिव १५ लाख बराबरको क्षती भएको छ। बस्ती जोगाउन सुरु गरिएको मेशिनरी पर्खालको निर्माण कार्य हुदै गर्दा बर्खासंगै आएको नदीको सतह बढ्दा निर्माण कार्यमा लगाईएको सामान बगाएको थियो ।


बस्ती नियन्त्रण योजना निमार्ण समयमै सुरु नहुँदा बस्ती कटानको जोखिमा छ भने उक्त बस्ती जोगाउन सुरु गरिको सामान बगाउदाँ अर्को क्षेती देखिएको छ । करिव एकहजार घरधुरिलाई जोगाउन गत चैतदेखि मेशिनरी पर्खाल लगाउन सुरु गरिएको थियो । असार २१ गतेको आएको बाढीले ढलानको तयारीका लागि राखेको निर्माण सामाग्री बाढीले बगाएको छ। उक्त क्षेत्रमा ढलानका लागि राखिएको रड, गिट्टि, बालुवा, खम्वा, पलाई र टेकाहरु बगाउँदा १५ बराबर क्षेती भएको उक्त कार्यका ठेगेदार बाबुलाल कार्कीले बताउनुभयो ।
“सम्झौता समय अझै दुई महिना बाँकी छ तर काम गर्दागर्दै नदीमा बर्खे भेल उच्च आउँदा समस्या बनायो ” उहाँले भन्नुभयो । गुफाटोलमा ६० मिटर पक्कि पर्खाल बनाउने काम अन्तिम चरमा पुगेको छ । दुई ठाउँको काम गर्न कार्यलयसंग कालिगण्डकी निर्माण सेवाले ६८ लाखमा ठेक्का सम्झौता गरेको उहाँले बताउनुभयो ।

 

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l