रघुगंगाको बजेट करिब २५ करोड

  • ३१ असार २०७४, शनिबार
  • 3558 पटक पढिएको

 

म्याग्दी, ३१ असार । रघुगंगा गाउँपालिकाको २४ करोड ८५ लाख रुपैयाँको बजेट सार्वजनिक भएको छ । शनिबार सम्पन्न पहिलो गाउँसभामा उक्त बजेट, नीति तथा कार्यक्रम सार्वजनिक भएको हो । गाउसभामा बजेट प्रस्तुत गर्दै गाउँपालिका उपप्रमुख कमला तिलिजाले समृद्ध गाउँपालिका बनाउन तर्फ बजेट केन्द्रीत भएको बताउनुभयो ।

बजेटले सडक, शिक्षा, पूर्वाधार विकास र खानेपानीलाई पहिलो प्राथामिकता दिएको छ । विनीयोजित बजेटमध्ये केन्द्र सरकारबाट वित्तीय समानीकरणमा १५ करोड ८ लाख, सशर्त अनुदानतर्फ ९ करोड ६७ लाख ९३ हजार प्राप्त हुनेछ । गाउँपालिकाको आन्तरिक आय १० लाख रुपैयाँ अनुमान गरिएको गाउँपालिका प्रवक्ता जीवन मल्लले जानकारी दिनुभयो । बजेटमा आ.ब २०७३÷०७४ को अन्त्यमा फ्रिज नहुने गर प्राप्त भएको ४८ लाख रुपैयाँ पुंजीगत अनुदानलाई पनि बजेटमा समावेश गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका प्रमुख भबबहादुर भण्डारीले पाँच बर्षभित्र समृद्ध रघुगंगाग गाउँपालिका निर्माणको अभियान सुरु भएको भन्दै रोजगारीमुलक कार्यक्रमलाई बढी प्राथामिकता दिईएको बताउनुभयो । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधीहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।