प्रधानमन्त्री देउवा विजयी
- ७ मंसिर २०७९, बुधबार
- 821 पटक पढिएको
काठमान्डौ ७ मंसिर । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भएका छन्। देउवाले २५ हजार ५३४ मत ल्याएका छन्।
यस्तै देउवासँगै चुनावी प्रतिस्पर्धामा होमिएका सागर ढकालले १३ हजार ४२ मत पाएका थिए। स्वतन्त्र उम्मेदवार सागर ढकालको सुई चुनाव चिह्न थियो।
उनले देउवाविरूद्ध उम्मेदवारी दिएपछि यति मत ल्याउलान् भन्ने धेरैले आश गरेका थिएनन्। देउवाले ढकाललाई १२ हजार ४ सय ९२ मतले पराजित गरेका हुन्।