आधुनिक किसिमको तास खेल्दै गर्दा ८ जना जुवाडे पक्राऊ

  • ३० असार २०७४, शुक्रबार
  • धिरन खत्री
  • 7471 पटक पढिएको

म्याग्दी,३०असार । म्याग्दीमा सदुरमुकाम बेनीमा आठ जना जुवाडे पक्राउ परेका छन् । बेनी नगरपालिका वडा ७ बैकंरोडमा तिनतला घरमाथि कोठामा आधुनिक तरिकाले जुवातास खेलाउने महिला सहित जुवाडेहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिवाकर घिमिरे जानकारी दिनुभयो ।


म्याग्दीको मालिका गाउँपालिका ६ की पार्वती पुनले बेनीमा भाडामा लिएर बस्दै आएको घरमा ब्यवसायि रुपमा जुवातास खेलाउने गरेको सूचनाको आधारमा छापा मार्दा सात जना पुरुषसहित जुवातास खेलाउने पुनलाई प्रक्राउ गरेकोे प्रहरी निरिक्षक घिमिरेले जानकारी दिनुभयो ।


बेनीमा जिल्ला र बाहिरबाट समेत गरि आर्थिक अबस्था उच्च रहेका व्यक्तिहरु गोप्य रुपमा आधुनिक किसिमको कोईन जुवातास खेल्ने गरेको सुचना पाएपछि प्रहरीले छानविन थालेको थियो । जुवातास खेल्दै गर्दा पक्राउ परेका उनीहरुलाई आबश्यक अनुसञ्धान गरिरहेका प्रहरी नायव उपनिरिक्षक बसुन्धरा खड्काले बताउनुभयो ।
प्रहरी हिरासत रहेको जुवाडेको नाम आवश्यक अनुसन्धानपछि नाम खुलाउने प्रनाउ खड्काले बताउनुभयो । यो पक्राउपछि अन्य ठाउँका जुवाडेको टोली पनि भागाभाग भएको स्थानीयले बताउछन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l