मुखमा गम्भीर समस्याबाट पिडित नारच्याङका बुदुजाको उपचारमा सहयोगको आह्वान
- २५ असार २०७४, आईतवार
- 3773 पटक पढिएको
म्याग्दी, २५ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका एक युवाको मुखमा देखिएको गम्भिर समस्याको उपचारको लागि आर्थिक सहयोगको लागि आह्वान गरिएको छ । चारच्याङका बिशाल बुद्धुजाको मुखको हड्डी र दाँतमा गम्भीर समस्या देखिएको र घरपरिवारको आर्थिक अबस्था कमजोर भएपछि म्याग्दीमा क्रियाशिल परोपकारी संस्था ओमकुमारी शान्ति कोष मार्फत उपचारको लागि आर्थिक संकलन अभियान सञ्चालन गरिएको हो ।
विगत एकबर्ष देखी उनको मुखकोे बङगारा दुख्ने, दाँया तर्फको गालामा खाडल र हड्डी समेत खिजिएर मुखुमा गम्भिर समस्या देखिएपनि आर्थिक अभाबले उपचार गर्न नसकिएको उनका दाई निर्मल बुद्धुजाले जानकारी दिए । उनले कोषको आर्थिक सहयोगमा रोग पहिचान गर्दा मुखको दाँद अड्याउने हड्डीमा गम्भिर समस्या रहेको भेटिएको र उपचारमा लाखौँ खर्च लाग्ने भएपछि समस्यामा परेको बताए । बुद्धुजाको उपचारको लागि आर्थिक संकलन अभियान सञ्चालन गरेको ओमकुमारी शान्ती कोषका अध्यक्ष राजेश शाक्यले आर्थिक अभाबले उपचारमा समस्या भएको कारण कोषले अभियान थालेको बताउँदै सक्दो सहयोग गरि बुजुद्धाको उपचारमा सहयोग गर्न आह्वान गरेका छन् ।
बुद्धुजाको उपचारमा आर्थिक संकलनको लागि प्रकाश पौडेलको संयोजकत्वमा एक आर्थिक संकलन समिति गठन गरिएको छ । समितिको सदस्यमा इन्द्र थापा, सुसन श्रेष्ठ अस्टेलिया, जुना पुन, टेक पुन जापान, लाल बुदुजा कुवेत, नविन गर्बुजा पोर्चुगल, दुर्गा पुन, शिव पुन, शिव पुन कोरिया, सागर पुन, बसन्त मगर दुवै,डालिमान पुन साउदी अरव,ओम पुन,एनसन पुन सिंगापुर,गणेश पाईजा अमेरिका कुलमान पाईजा, विना गर्बुजा पोर्चुगल, शिव बुदुजा हङकङ रहेको छ । पिडित बुदुजाको काठमाण्डौ स्थित कान्तिपुर डेन्टल होममा उपचार भइरहेको छ ।