एनआरएनए सेन्दाईको आयोजनमा रक्तदान कार्यक्रम सम्पन्न

  • ३ आश्विन २०७९, सोमबार
  • 967 पटक पढिएको

सेन्दाई ३ असोज । एनआरएनए क्षेत्रिय समिती सेन्दाईको आयोजना तथा रेडक्रस सोसाईटी जापानको ब्यबस्थापनमा आज जापानको सेन्दाईमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कोरोना कहरको तेस्रो लहर सुरु भए संगै शुरु भएको रगत अभाबलाई सहज गराउने उदेश्यले आयोजित उक्त कार्यक्रममा नेपाली, जापानिज, श्रीलंकी सहित बिभिन्न देशका गरेर करिब ७० जनाले रक्तदान गरेको एनआरएनए सेन्दाईका अध्यक्ष हरी गोपाल श्रेष्ठले जानकारी दिएका छन।

एनआरएनए सेन्दाईको बार्षीक कार्यक्रम अन्तरगत सम्पन्न उक्त कार्यक्रमको सह आयोजक नेपाली जनसम्पर्क समिती तोहोकु, प्रबासी नेपाली मन्च मियागी तथा जनप्रगतिशिल मन्च सेन्दाई रहेका थिए भने उक्त कार्यक्रम बाट करिब ५० युनिट रगत जम्मा भएको रेडक्रस सोसाईटी सेन्दाईले बताएको छ।

कार्यक्रममा रक्तदाताहरुलाई प्रमाण पत्र बितरण गर्दै प्रमुख अतिथी खाचुकी आकाईसिजावाले नेपाली समुदायको यो कार्यले जापानी र नेपाली समुदायको बिचमा थप भातृत्वको बिकाश र आत्मियता सुदृढ गर्नुका साथै जापानी स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण योग्दान पुर्याउने बिश्वाश आफुले लिंएको बताउॅदै आगमी दिनमा यस्ता सामजिक कामहरुमा नेपाली समुदाय संग निरन्तर सहकार्य गर्ने प्रतिबद्दता जनाएका छन।