वेष्ट पोइन्टद्वारा विश्व बताबरण दिवसमा वृक्षारोपण

  • २२ जेष्ठ २०७४, सोमबार
  • 2707 पटक पढिएको

म्याग्दी, २२ जेठ ।  न्यु वेष्ट पोइन्ट आवासीय माविले रजत जयन्तिको उपलक्ष्यमा वृक्षारोपण गरेको छ । बिश्व बाताबरण दिवस (जुन ५) को अवसर पारेर सोमबार वृक्षारोपण गरेको हो । बिद्यालयले बर्ष २०७४ लाई रजत जयन्ति बर्षको रुपमा मनाईरहेको छ । बे न पा ८ स्थित जलेश्वर सामुदायिक बनमा खंनिम, बडहर बकाइनो, किम्बु लगायतका डालेघासका ८२ बिरुवा रोपिएको छ ।


बिहान ८ बजे लोकतान्त्रिक चोकबाट कार्यालय प्रमुख जन प्रतिनिधि सेना प्रहरी सहित शुरु भएको प्रभात फेरी संगै जलेश्वर सामुदायिक बनको परिसरमा पुगेर वृक्षारोपण गरिएको हो । स्थानीय बिकास अधिकारी प्रेम गिरिले बिरुवा रोपेर शुभारम्भ गर्नु भएको हो । वृक्षारोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यादव नाथ आचार्य जिल्ला बन कार्यालय, भु संरक्षण कार्यालयका प्रमुखरु, पत्रकार महासंग म्याग्दीका अध्यक्ष तारानाथ शर्मा, बिदया्लय निरीक्षक बिस्वराज रेग्मी गैरसरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष, वेस्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालिका अध्यक्ष शिव कुमार श्रेष्ठ तथा सदस्यहरु, बिद्यालय ब्यबस्थापन समितिका सदस्य तथा सल्लाहकारहरु शिक्षक अभिभाबक संघका सदस्यहरु र वेस्ट पोइन्टका प्रिन्सिपल शिक्षक र विद्यार्थीले बिरुवा रोपेका थिए ।


वेष्ट पोइन्ट फाउन्डेसनले वृक्षारोपणको लागि जग्गा उपलब्ध गराउने जलेश्वर सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष लगायत समिति परिवारलाई धन्यबाद दिएको छ । त्यसै गरि पुस १ गते हुने बृहत कार्यक्रममा सम्मान समेत गरिने जनाएको छ ।

२२ गते दिउसो कक्षा ९ का विद्यार्थीले अघिल्लो दिन खनिएका खाडलहरुमा नपुग बिरुवा रोप्नुका साथै वृक्षारोपण स्थलको अबलोकन गरेका छन् । कक्षा ९ का बाताबरण शिक्षा का शिक्षक कृष्ण जिसीले बन क्षेत्रमै बनसंगको हाम्रो सम्बन्ध र वृक्षारोपणको उपादेयता बिषयमा जानाकारी गराएका थिए उनीहरुले गरेको अध्ययन र अवलोकनको रिपोट समेत गर्ने जनाइएको छ ।