म्याग्दी जेसिजको अध्यक्षमा विरेन्द्र श्रेष्ठ

  • २८ पुष २०७७, मंगलवार
  • 1519 पटक पढिएको

म्याग्दी, २८ पुस । म्याग्दी जेसिज वर्ष २१ को शाखा अध्यक्ष विरेन्द्र श्रेष्ठ भएका छन् । म्याग्दी जेसिजको आइतबार सम्पन्न २१ औं अधिबेशनबाट सर्वसम्मत रुपमा श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।


कार्यसमितिको कार्यकारी वरिष्ठ कार्यकारी उपाध्यक्ष सन्दिप खत्री, उपाध्यक्ष नरेश श्रेष्ठ, डेकमाया केसी, सुमन बानियाँ र विष्मा श्रेष्ठलाई निर्वाचित गरेका छन् । त्यस्तै शाखाको महासचिवमा दिनेश वरुवाल, कोषाध्यक्षमा कुमार वानियाँ, सहकोषाध्यक्षमा सुनिता श्रेष्ठ र शाखा सम्पादमा हरि भण्डारी, कानुनी सल्लाहकारमा पूर्व अध्यक्ष खम थापामगर, सल्लाहकारमा श्रैलेष श्रेष्ठ रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा म्याग्दी शाखालाई उत्कृष्ट बनाउने प्रतिबद्धता जनाएका छन् । जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, संस्थापक अध्यक्ष रमेश श्रेष्ठ लगायतको पुर्व अध्यक्षको उपस्थित भएको थियो ।