संसद विघटनको विरोधमा बेनीमा कांग्रेसले विरोध प्रदर्शन गर्दै

  • १३ पुष २०७७, सोमबार
  • 1369 पटक पढिएको

म्याग्दी, १३ पस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा आज देशभर प्रदर्शन गर्दैछ । १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्ने कार्यक्रम अन्र्तगत आज नेपाली काँग्रेस म्याग्दीको आयोजनामा बेनीमा विरोध प्रदर्शन हुने भएको छ ।

विरोध प्रदर्शनसहितको सभालाई जिल्ला स्तरका नेताहरुले सम्बोधन गर्ने नेपाली कांग्रेसले जनाएको छ । कांग्रेसले कार्यकर्ताहरुलाई ब्यानर, प्लेकार्ड एवम् प्रदर्शन र सभामा निर्धारित नाराहरुमात्र प्रयोग गर्न परिपत्र गरेको छ । नेपाली कांग्रेसले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको छ । बेनीमा हुने प्रदर्शनमा गाउँ गाउँबाट समेत कार्यकर्ताहरुलाई बेनीमा उतार्ने तयारी गरिएको नेपाली काँग्रेस म्याग्दीले जनाएको छ ।