पौलस्त्य साहित्य समाजको छैँठौ अधिबेशन सम्पन्न, अध्यक्षमा बानियाँ चयन

  • ३ फाल्गुन २०७६, शनिबार
  • 1368 पटक पढिएको

म्याग्दी ३ फागुन । पौलस्त्य साहित्य समाज म्याग्दीको छैँठौ अधिबेशन तथा साहित्यक बनभोज कार्यक्रम शनिबार बगुवाखोलामा सम्पन्न भएको छ । अधिबेशनले कृष्ण बानीयाँको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समाजको उपाध्यक्षमा शिब सस्मित, सचिब समिर रोका, र कोषाध्यक्ष अमिता पुन चयन हुनु भएको छ ।

यसैगरी सदस्यहरुमा हृदय कुमार श्रेष्ठ, लिलाराम गाउँले र नबिन प्रकाश बानीयाँ रहनु भएको सचिब समिर रोकाले जानकारी दिनु भएको छ । अधिबेशनले साहित्य समाजको संरक्षकमा साहित्यकार भक्त कार्कीलाइ चयन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ कबि, साहित्यकार शान्ती नारायण श्रेष्ठले म्याग्दीको साहित्य क्षेत्रमा पौलस्त्य साहित्य समाजले महत्वपुर्ण भुमिका निभाएको भन्दै समाजमा आबद्ध सबै साहित्यीक मनहरुलाइ कलम नरोक्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा म्याग्दीका साहित्यकार तथा कलाकारहरुको उपस्थिती रहेको थियो ।