मृगौला पीडित सुरेशलाई सहयोग
- २२ भाद्र २०७५, शुक्रबार
- 1805 पटक पढिएको
म्याग्दी, २२भदौ दुवै मृगौला खरावी भएपछि उपचारमा आर्थिक अभाव भएका एक यूवालाई बिहिबार १ लाखभन्दा बढी आर्थिक सहयोग गरिएको छ ।आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका जिल्लाको मंगला गाउँपालिका–५ नेटाका मृगौला पीडित १९ वर्षीय सुरेश छन्त्यालको उपचारका लागि जनजागरण यूवा क्लव अर्मन नेटाको पहलमा कमल बुढाथोकी, त्रिमान थापाले संकलन गरेको ६० हजार १५५ रुपैयाँ,साउदी अरबमा रहेका बेनपा–४ सुर्केमेलाका बाबुराम विक, मंगला गापा–५ अर्मनका बीर बहादुर बुढाथोकी, अन्नपूर्ण गापा–६ का रेशम बरुवालको पहलमा ३१ हजार ५० रुपैयाँ, बहराइनमा रहेका करण पुनमगरको पहलमा बहराइन पब्लिक टास्सर्पोट कम्पनीमा कार्यरत नेपालीबाट २२ हजार ६०१ रुपैयाँ सहयोग गरेका थिए ।
त्यसैगरी जापानबाट नविन जापा १० हजार ६२६ रुपैयाँ, बरंजाका लिल रोका ८ हजार ६१०, बंरजा खानीगाउँका खिम छन्त्याल ५ हजार, पोर्चुगलमा रहेका बेनपा–४ तातोपानीका जीवन पुनले ५ हजार लगाएत विभिन्न ब्यक्तिबाट संकलित रकम ओमकुमारी शान्ति कोषका आजिवन सदस्य एवम् मोना आइसीका सदस्य किरण शाही, सुरेशकी आमा सिता पाईजा छन्त्याल र अभियानका सदस्य लाल कुमार रोकालाई हस्तान्तरण गरिएको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका मोना आइसीका सदस्य शाहीले कोषले मृत्युको मुखबाट धेरैलाई जोगाएको बताए । उनले आर्थिक अभाव भएकै कारण उपचारबाट बन्चित हुनुपर्ने अवस्थाको अन्त्य भएको बताउँदै सुरेश बचाउ अभियानमा सहयोग संकलनमा जुट्ने समेत अपिल गरेका थिए । सोही अवसरमा शाहीले २ हजार सहयोग गरेका थिए । कलिलै उमेरमा मृगौलाले काम नगरेपछि जिल्लाका ग्रामिण क्षेत्रमा समेत शुरेस बचाउ अभियान सञ्चालन भइरहेको छ ।छन्त्यालको उपचारमा करिव २१ लाख खर्च हुने अनुमान गरिएको छ ।