सांसद केसीले प्रदेश सभालाई भावुक बनाए

  • २० भाद्र २०७५, बुधबार
  • 3492 पटक पढिएको

पोखरा २० भदौ । गण्डकी प्रदेश सभाको मंगलबार बसेको बैठकमा बिशेष समय लिएर म्याग्दीका सांसद बिनोद केसीले गरिवी र पारीवारीक बिखण्डनको समस्याको बारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बेनपा ६ की पुजा खत्री र भरालेका सुकुम्बासी सिता बानियाका परिवारको उदाहरण दिदै सांसद केसीले गरिबी र पारिवारीक बिखण्डनले बालबालिकामा पारेका असरको बारेमा आफ्नो भनाई व्यक्त गर्दा बैठकमा सहभागी सांसदहरु भावुक बनेका थिए ।

घरमा खाने अन्न, कापी कलम नभएको र पारिवारीक समस्याका कारण विद्यालय आउन नसक्ने भएकाले विद्यालयबाट निकाला गरिदिन १२ वर्षिया खत्रीले प्रअलाई पठाएको पत्रको सञ्चार माध्यम र सामाजिक सञ्चालमा सेलाएको छैन् । गरिबीका कारण सुकम्बासी तुलबहादुर बानियाले आत्महत्या गरेपछि उनकी श्रीमती सिता बानिया र तिन छोराछोरीले पाएको पिडाको विषयमा समाचार सार्वजनीक भएको थियो ।

बानिया र खत्री जस्तै गरिबी र पारिवारीक बिखण्डनका कारण हजारौ बालबालीकाहरु शिक्षा, स्वास्थ्य जस्ता अधिकारबाट बञ्चित भएको विषयमा सांसद केसीले प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।  म्याग्दीमा गत आर्थिक वर्षमा एक सय भन्दा बढी सम्बन्ध बिच्छेद, पचास जना भन्दा बढी महिला, बालबालिका हराएको उजुरी र २५ जनाले आत्महत्या गरेको तथ्याङ्क प्रस्तुत गर्दै युवा सांसद केसीले यसलाई प्रदेश र देशकै साझा समस्याको रुपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

“आत्महत्या, पारिवारीक बिखण्डन, सम्बन्ध बिच्छेदको असर बालबालिकामा परेको छ” सांसद केसीले भन्नुभयो “यस्तो अवस्था आउन नदिन बिशेष कार्यक्रम र योजनाको आवश्यकता छ ।” म्याग्दीको प्रदेशसभा क्षेत्र (क) बाट निर्वाचित हुनुभएका ३४ वर्षिय केसी प्रत्यक्षतर्फ निर्वाचित हुने गण्डकी प्रदेशका कम उमेरका सांसद हुनुहुन्छ ।

उहाँले संसद बैठकमा विकास निर्माण, जिल्लाको सम्भावना, समस्या, युवाहरुको समस्या देखि सामाजिक विषयमा नियमित रुपमा कुरा उठाउदै आउनुभएको छ । यसैबीच सांसद केसीले बेनी जोमसोम सडकको जिर्ण अवस्थाको बारेमा मंगलबारनै भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतलाई भेटेर जानकारी गराई सोह् श्राद्ध र पर्यटक याम अगावै सडकमा सवारी आवागमनलाई सहज बनाउन पहल गर्न माग गर्नुभएको छ ।