ब्रेनट्युमर रोगबाट पिडित बालकलाई आर्थिक सहयोग
- १६ जेष्ठ २०७५, बुधबार
- 1549 पटक पढिएको
म्याग्दी, १६ जेठ । म्याग्दीको बेनी नगरपालिका–९ घतानका ब्रेनट्युमर रोगबाट ग्रसित भएका ८ बर्षका बालक कृष चोखालको लागी आर्थीक सहयोग गरिएको छ । काउलेगौडा युवा क्लबले सञ्चालन गरेको आर्थीक संकलन अभियानमा संकलन भएको ४ लाख ८४ हजार २२ रुपैयाँ वुधबार पीडित बालकको घरमा नै पुगेर हस्तातरण गरिएको हो ।
क्लबले आयोजना गरेको घतानमा घरदैलो अभियानबाट १ एक लाख १२ हजार १४५ रुपैयाँ, बेनी बजारबाट ६८ हजार २० रुपैयाँ र प्रवासमा रहेका नेपालीबाट ३ लाख ४ हजार ५७ रुपैयाँ हस्तातरण गरिएको क्लबका संस्थापक अध्यक्ष तथा आर्थीक संकलन अभियानका संमयोजक तेजेन्द्र बानियाँले जानकारी दिए ।
उनका अनुसार समाजसेवी चन्द्र केसीको उपस्थितीमा रकम हस्तातरण गरिएको हो । ‘आर्थिक प्रतिवेदन सहित सार्वजनिक गरेका छांै जसले देश विदेशमा रहेर मानवीय भावना देखाउदै आर्थिक सहयोग गनेलाई धन्यवाद दिछौँ बानियाले भने । ‘उहाँहरुको सहयोगले नै अहिले हामीले बालकलाई बचाउन सफल भएका छौँ ।’
अहिले बालकको ब्रेनट्युमर सफल उपचार भएर घर फर्किएका छन् । तर उनको उपचार गर्ने डाः उपेन्द्र देवकोटा नै बिरामी भएका छन् यो दुखत खबर भएको बानियाँले बताए । सफल उपचार गरेर घर फर्केका बालकलाई समय समय मा अस्पतालमा जांच गर्नुपर्ने र खानपानमा विशेष ध्यान दिन अस्पतालले सल्लाह दिएको छ ।