श्रमको सम्मान गर्दै श्रमिकको ज्याला निर्धारण नीति बनाउछाै : मन्त्री पुन
- ३० बैशाख २०७५, आईतवार
- धिरन खत्री
- 3124 पटक पढिएको
म्याग्दी, ३० बैशाख । स्थानीय तहमा श्रम बजारको अवस्था हेरेर श्रमको सम्मान गर्दै श्रमिकको ज्याला निर्धारण नीति बनाउने तयारीमा प्रदेश सरकारबाट आवश्यक पहल भएको मन्त्री पुनले बताउनुभएको छ । नेपाल टे«ड युनियन महासंघ जिफ्न्ट नेपाल म्याग्दी शाखाको आयोजनामा भएको सम्मान कार्यक्रममा प्रदेश ४ को सामाजिक विकास मन्त्री नरदेवी पुनले श्रमिकको हक अधिकारको पक्षमा उठेको समस्यालाई समाधान गर्न श्रम बजारको अवस्था बुझेर नीति बनाउने काम अघि बढेको जानकारी दिनुभयो ।
श्रमिक समृद्ध नेपालको जग भएको भन्दै श्रमिकको पेशामा न्युनतम ज्याला, सुरक्षा, स्वास्थ्यलाई सुनिश्चित गर्न प्रदेश सरकार अन्र्तगत सामाजिक विकास मन्त्रालयको प्रमुख कार्यभारका रुपमा अघि बढाएको जानकारी दिनुभयो । अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको बालबच्चाको भविष्यको लागि चाहिने गुणस्तर आधारभूत आवश्यकतालाई सुनिश्चित गर्नका लागि प्रदेश सरकार चिन्तित रहेको बताउदै समाधानको खोजीमा लागेको जानकारी दिईन । किसानले प्रयोग गर्ने हसिया र मजदुरले प्रयोग गने हतौडा कम्युनिष्ट सरकारको पहिचान भएको भन्दै प्रदेश सरकार श्रमिकको पक्षमा नीति बनाउन तत्पर रहेको बताईन। समृद्ध नेपाल बनाउन लागि बोलेर जनताले विश्वास नगर्ने हुदाँ काम गरेर देखाउने जिम्मेवारी आएको बताउदै सबैले आ–आफ्नो क्षेत्रमा जिम्मेवारी बहन गर्न आग्रह गर्नुभएको थियो ।
त्यस्तै सो कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले देश विकासको आधार श्रमिक भएको हुदाँ यिनिहरुको पक्षमा सकारात्मक निर्णय गर्न स्थानीय जनप्रतिनिधिलाई आग्रह गर्ने बताउनुभयो । त्यस्तै नेपाल टे«ड युनियन महासंघ जिफ्न्ट बेनी नगरपालिका संयोजक बलादेवी राईको अध्यक्षता उपाध्यक्ष राजकुमार राईको संचालन भएको सम्मान कार्यक्रममा जिफ्न्टका आवद्ध सदस्यहरुको उपस्थित रहेको थियो ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l