२१ औ शताव्दीमा जनवादको विकास
- १४ बैशाख २०७५, शुक्रबार
- 3585 पटक पढिएको
गोविन्द्र पौडेल /विश्व तथा नेपालि कम्यूनिष्ट आन्दोलनमा क्रान्ति र प्रतिक्रान्तीका प्रचुर अनुभवहरुद्वारा सम्वद्ध विश्व सर्वहारा आन्दोलनको वैज्ञानिक सश्लेषण गर्दै निरनतर क्रान्तिको दिशामा अगाडी बढ्नु मालेमावादको शिक्षाको मुलभुत सारतत्व हो । हाम्रो पार्टीले नेपालमा सामान्तवाद र साम्राज्यवादका विरुद्ध जनवादी क्रान्तिकालाई नेतृत्व प्रदान गर्नेै सन्दर्भमा प्रारभ्म देखि नै मालेमाका शिक्षालाई जडशुत्रका रुपमा होईन कामको सजिव मार्गदर्शकका रुपमा सिर्जनात्मक प्रयोग र विकास गर्ने कुराका जोड दिदै आएको नेपाली क्रान्तिको ठोस परिस्थिती अनुसार मालमाका शिक्षाहरुको प्रयोग र विकास गर्ने यो महान प्रकृयामा हामीले दक्षिणपन्थि संशोधनवादका साथै जडशत्रिय संशोधनवादका विरुद्ध संकेत निरन्तर संघर्ष गर्दै आएका छौ । वर्ग संघर्षको आवश्यकतासंग अभिन्न रुपले गासिएको विचारधारात्मक संघर्षको प्रक्रियाले महान जनयुद्धको विकासलाई एकपछि अर्को छल्याङ्ग हान्दै ७ बर्षको अवधिमा विकासको आजको चरणसम्म ल्याई पु¥याएको छ । वर्ग संघर्ष र विचाधारात्मक संघर्षको यही विकाश प्रक्रियाले नै नेपाली क्रान्तिको विशिष्ट विचार श्रृखलाका रुपमा प्रचण्डपथको आविस्कार भएको सश्लेषण पाटीले गरिसकेको छ ।
यहाँ कुन कुरा विशेषरुपले महत्वपुर्ण छ भने पार्टीले आफनो सैद्धान्तिक र ब्यवहाररिक संघर्षको प्रस्थान विन्दु सर्वहारा क्रान्तिको विज्ञानको सर्वोच्च सश्लेषणका रुपमा रुपमा मालेमाबादको विकास गर्ने महान सर्वहारा सास्कृतिक क्रान्तिलाई बनाउदैँ आएको छ । यसको अर्थ प्रतिक्रान्तिलाई रोक्ने सैद्धान्तिक आधारका रुपमा सर्वहारावर्गको अधिनायकत्व अन्तरगत निरन्तर क्रान्तिलाई आत्मसाथ गर्नु तथा पार्टीको निरन्तर सर्वहाराकरणका निम्ती तिन गर र तिन नगरको सैद्धान्तिक मान्यताका आधारमा बैचारिक संघर्षलाई अगाडि बढाउने हो । यी मूलभूत सैद्धान्तिक मान्यताका आधारमा बैचारिक संघर्षलाई अगाडि बढाउने हो । यी मुलभूत सैद्धान्तिक मान्यताबाट कुनै पनि विचलन सर्वहारा आन्दोलनबाट विचलत हुने कुरामा हाम्रो पार्टी पद रहदै आएको छ । त यसको अर्थ २१ औँ शताब्दीको क्रान्तिका आवश्यताका सन्र्दभमा बनि बनाउ र पुर्ण उत्तरको जड अर्थमा यसलाई ग्रहण गरियो भने त्यो आफैमा मालेमाका सर्वहारा साँस्कृतिक क्रान्तिका शिक्षा विपरित हुने कुरा सपष्ट छ ।
महान सर्वहारा सास्कृतिक क्रान्तिसम्मको शश्लेषणले विश्व सर्वहारावर्णलाई मालेमाको सैद्धान्तिक हतियारले त्यस अवस्था गराएको छ । तर कमरेड माओको मृत्युपछि चीनमा पुँजिवादको पुनः स्थापना भयो र दुनियाँमा एउटा पनि समाजवादी सत्ता बाकी रहेन यसवाट विश्व सर्वहारा आन्दोलनले वेहोरेको एउटा ठुलो धक्का र विश्व परिस्थितिमा भएको एउटा ठुलो नकारात्मक परिवर्तनलाई अस्विकार गर्न मनोगत विचलन माग हुन छ । बस्तुगत रुपले साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग तथा क्रान्ति नै विश्वको मुल प्रवृति रहेको यथावतामा कुनै परिर्वतन भएको छैन् । यसको सत्ताको संघर्षमा चीनमा प्रतिक्रान्तिसम्म आउदाँ सर्वहारा वर्गले ठुलो आत्मगत पराजय भोग्न परेको यथार्थलाई अवमूल्यन गर्नु तथा ति पराजयहरुबाट शिक्र लिएर भावी दिनमा प्रतिक्रान्ति रोक्ने तयारीलाई गम्भिरतापुर्वक नलिने भन्ने कुरा हुन सक्दैन । आजको विश्वक्रान्ति एंव कुनै निश्चिता देशको क्रान्तिको सन्र्दभमा सर्वहारावर्गको राजनैतिक अग्रदस्ताका अगाडि एउटा ठुलो प्रश्नका रुपमा यसकोे जवाफ दिने आवश्यकता टड्कारो रहेको छ ।
त्यसैगरि २१ औँ शताब्दीमा प्रवेशसंर्गै विश्वमा विज्ञान र प्रविधि मुख्यत इलेक्ट्रोनिक सूचना प्रविधिमा अमुतपुर्व तिव्रताका साथ विकास भएको छ । यो अदभुत विकासलाई जसरी विश्वलाई विविध रुपमा प्रभावित पारेको त्यसले अनिवार्य रुपमा सर्वहारा क्रान्तिको राजनैतिक र फौजी रणनीतिमा परिमार्जन र विकासको माग गरिरहेको छ । विश्वको कुनै पनि कुनामा हुने सकारात्मक वा नकरात्मक परिघटनाको विश्व् ब्यापी रुपमा हुने आजको जस्तो तिव्र घनिभूत एवम् प्रत्यक्ष संवेदनात्मक प्रभाव मानव जातीको ईतिहासमा पहिला कहिल्यै पर्ने गरेको थिएन ।
यसरी प्रतिक्रान्तिका अनुभवहरुले हामीलाई विगत क्रान्तिमा रहन गएको सीमा र कमजोरीबाट शिक्षा लिन प्रेरित गर्दछन् भने विज्ञान प्रविधिमा भएको विकाशले हामीलाई क्रान्तिका रणनीति र कार्यनीतिमा सिर्जनानात्मक विकास गर्न प्रेरित गर्दछन् । मानव समाजका युगिन विकासका दृष्टिले आज पनि विश्व् सम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा नै रहेको भएता पनि आत्मगत र वस्तुगत परिस्थितीमा आएका उपरोक्त महत्व पुर्ण परिवर्तनहरुले आजको सर्वहाराका अगाडि ठोस परिस्थितीको बस विश्लेषणका आधारमा आफ्ना विचार रणनीतिहरुलाई विकास परिमार्जन गुर्नपर्ने आवश्यकता उपस्थित भएको छ।
ईतिहासका अनुभव वर्तमान विश्व परिस्थितीको विश्लेषण एवम् नेपाली जनयुद्धका ५ वर्षका अनुभव समेतका आधारमा पार्टीको दोस्रो एतिहासिक राष्ट्रिय सम्मेलनलेक कयौँ महत्वपुर्ण राजनैतिक र फौजी शस्लेषण गरेको छ । त्यो शश्लेषित विचारको साढे २ बर्षमा भएको धनिभूत प्रयोगद्धारा जनयुद्धको विकासमा प्राप्त गुणात्मक सफलताको त्यसको बैज्ञानिकता मात्र प्रमाणित भएको छैन्, उच्च वैचारिक, राजनैतिक पर फौजी सश्ल्ेषणका निर्मित मजवुत आधार समेत तयार भएको छ । हाम्रो राष्ट्रिय सम्मेलन देखि आज सम्मको नेपाली वर्ग संघर्षको विकास एवम् ११ सेप्टेम्बर देखि इराक युद्ध सम्म विकास भएको विश्व परिस्थितीका आधारमा जनवादी क्रान्तिको रणनीतिमा विकास परिमार्जन आवश्यक छ।
यस सन्र्दभमा पाटी, सेना, सत्ता र जन समूदायको सम्वन्ध वर्ग निम्न कुराहरु विशेष रुपले विचारणीइ रहेका छन् ।
१, पार्टी २१ औँ शताब्दीका क्रान्ति र प्रति क्रान्तिका अनुभवद्धारा कुन कुरा निकै निर्मक दंगले प्रदशिता भएको छ भने राज्यसत्ता कब्जा गरिसकेको अवस्थामा पार्टीको सर्वहारा वर्गिय क्रान्तिकारी चरित्रको रक्षा र विकास गर्ने काम असाधरण रुपले कठिन हुन जान्छ । क्रान्तिकालमा पाटी भित्र र बाहिर दायाँ, बायाँ र मध्यपन्थी विचलनका विरुद्ध निर्मम विचारधारात्मक संघर्ष गर्दै जनसमुदायका आवश्यकता र हितसंग एकाकर हुदै तथा दस्मनका विरुद्धको वर्ग युद्धमा पुर्वीप थर्काउने विरता र बलिदानका अदुभुत कितिर्मान कायम गर्दै विजय बनेका पाटीहरु राज्यसत्ता कब्जा गरिसकेपछि तुलनात्मक रुपले सहजै रविश्वमा सबै सबै पाटीहरु छोटै अवधिमा नोकरशाही, संशोधनबाह जनतावाट अलग अलग प्रतिक्रान्तिकारी पार्टीहरु किन बदलि पुगे ? निश्चित नै महान स्रवहारावादी सांस्कृतिक क्रान्तिसम्म आउदाँ यसको आधारभूत सिद्धान्तहरुले प्रति क्रान्तिलाई रोक्न गरि प्रयोग गर्न आवश्यकता अहिलो पनि विधमान यो प्रश्न पाटीभित्र चल्ने दुईलाईन संघर्ष र सर्वहारा वर्गको अधिनायकत्व अन्तरगत निरन्तर क्रान्तिको सिद्धान्तको बैज्ञानिक प्रयोग र विकासको समस्या हो ।
अनुभवलेृ सावीत गरेका छ की राज्यसत्ता कब्जा गरिसकेपछि पार्टीको तमाम नेता तथा कार्यकताहरु राजइसत्ता संचालमा मात्र संलगन् हुदँन भौतिक परिवेशले ने पाटीलाई क्रमश नोकरशाही पदलोल र सुविधा सम्पन्न वर्गमा परिणत गर्ने खतरा प्रवल बनेर जान्छ । यस प्रकारको खतराको तीव्रता र प्रवलतासंगै पार्टीको जनसमुदायसंगको सम्वन्ध त्यही अनुपातमा औपचारिक र अलग अलग बन्दै जान्छ । त्यो प्रक्रिया आफ्नो विकासको एउटा निश्चित विन्दुमा पुगिसकेपछि त्यो अनिवार्य रुपले प्रतिक्रान्तिमा बहलिन पुग्छ । प्रतिक्रान्तिको यस्तो खतरालाई रोक्नका लागि दुईलाईन संघर्ष र निरन्तर क्रान्तिको सिद्धान्तअनुसार पार्टीलाई सर्वहारा वर्ग र श्रमजिवि जनसमुदायहरुको निगरानी नियन्त्रण र सेवामा राख्ने संगठनात्मक विधि र मान्यताको अझैँ विकास गर्न जरुरी छ यसका लागि पाटीभित्र चल्ने दुईलाईन संघर्षम ब्यापक जनसमुदाय सहभागिता सुनिश्चित गर्ने तथा सक्षम र स्थापित नेताहरु देखि कार्यकता सम्मको एउटा हिस्सां सता संचालनमा लाग्ने तथा निश्चित अवधिको अन्तरको कार्यविभाजनका साथ हेरफेर गरि सिङ्गो पार्टीको जनसमुदायसम्मको सम्वन्धलाई सजि राख्न विशेष आवश्इक छ । प्रारम्भ देखिनै पार्टीले र उसको लिपिबद्ध अनरगत राज्यसत्ताले जनसमुदायसंग घनिष्ट सम्वन्ध कायम गर्न दुखकष्ट दिने सर्वहारा शैलि अपनाउने तथा साम्यवादी उद्देश्यले निमित्त सम्पूर्ण रुपले समर्पित रहने पाटी नेता र कार्यकताहरुलाई प्रेरणा र आदर्शका रुपमा प्रस्तुत गर्ने तथा पदको दुरपयोग गर्ने जुन समुदायमाथि हैकम चलाउने खोज्ने सुविधा भोगि एवम् पदलोलुप प्रविधि नेता एवम् कार्यकताका विरद्ध निर्मम विचारधारात्मक संघर्षका साथ साथै जनसमुदायमा नछट्याउने नीति एवम् संरचनाको विकास गर्न जोड लगाउनु पर्दछ । यस सन्र्दभमा पार्टीभित्र चल्ने २ लाईन संघर्षको विचारबाट आम कार्यकता र जनसमुदायद्धारा गर्ने बैज्ञानिक विधीलाई प्रोत्साहित र उत्साहित गर्न जोड लगाउनुपर्छ पार्टीभित्र र बाहिर निश्चित विद्रोह न्याय संगत हो होईन भन्ने कुराको फैसmला गनेए अधिकार आम कार्यकता र जनसमुदायमा रहेने ब्यवस्था सुनिश्चित गर्न आवश्यक रहेको छ ।
सेना २१ औ शताब्दीको क्रान्ति र प्रतिक्रान्तिका अनुभवहरुले जुन कुरालाई पनि स्पष्टसंग प्रदर्शन ग¥यो भने सर्वहारा वर्गिय सहि क्रान्तिकारी विचार नीति र योजनाका आधारमा अगाडि बढ्दा करिव सत्यको स्थितिबाट जनसमुदायले दुस्मनको अत्याधुनिक र शक्तिशाली सेनालाई धुलो पिठो पार्न सक्ने अपराजय जनसेनाको विकास गर्न सक्दोरहेछ । तर पाटीमा गलत विचार हावी भएमा त्यही सनो प्रतिक्रान्तिको हतियार बन्न पूग्दोरहेछ अनुभवले जन सेनाका सन्दर्भमा पनि ेक सावित गरेको छ भने क्रान्ति पुर्वको कमजोर र कठिन घडिमा त्याग तपस्या वीरता, वलिदान र बैचारिक निष्ठा सहित जनसमुदासंग एकाकार हुदै दुस्मनका विरुद्धको यूद्ध मोर्चामा अपराजय सावित हुने जनसेवा राज्यसत्ता कब्जा भैसकेपछि क्रमश, ब्यारेकमा विशेष ब्यवस्था अन्तरगत रहने बुजुर्वा आधुनिक नियममित सेना बनने प्रवृति प्रवल हुदै जाने भौतिक परिवेश बन्द छ । सर्वहारा वर्गिय विचार र एवम् जनसमुदायको निगरानी नियन्त्रण र सेवमा रहने कुरालाई सुनिश्चित गर्ने विधि र संरचनाको विकास गर्न नसक्ने हो भने त्यो प्रवृति झागिदै गएर एउटा निश्चित विन्दुमा पुगेपछि सेना स्वभाविक रुपले प्रतिक्रान्तिको सेवा गर्ने हतियारमा परिणत हुन पुग्दछ । उपरोक्त स्थितिको पुनरावृति हुनबाट रोक्नका लागि प्रारभ्भ देखिनै जनसेनामा बैचारिक र राजनैतिक कामलाई सर्वाधिक महत्वका साथ संचालन गर्न र प्रतिक्रान्तिका विरद्ध विद्रोहको चेतनाद्धारा सिङ्गो सैन्य पंक्ति एवम् आम जनतालाई सुसज्जित क्ष्ँेत्रमा जोडदिनु पर्छ यसका साथै २१ औँ सत्ता जनसेवा भनेको राज्यसत्ता कब्जा गरिसकेपछि निश्चित ब्यारेकमा बसेर विशेष तालीम र हतियारद्धार आधुनिक बन्ने प्रक्रियामा होईन आम जनसमुदायका सेवा गर्न क्रान्तिकारी संवाहक बनि राख्ने कुरामा सुनिश्चित गर्नु पर्दछ बैचारिक भौतिक दुवै दृष्टिलाई शसस्त्र जन समदुायको विकास गरेर मात्र वैदेशि प्रत्रिक्रियावादी हस्तक्षेप प्रतिरोध गर्न एवम् प्रतिक्रान्तिलाई रोक्न सकिन्छ भन्ने कुरामा अहिले देखिनै सैन्यपक्तिमा स्पष्ट दृष्टिकोण विकास गनए जोड लगाउनु पर्दछ । विद्रोहको अधिकार प्रयोग गर्ने सचेत शसस्त्र जनसमुदायको विकास गर्ने ऐतिहासिक दायित्व पुरा गर्ने कार्यभार नै २१ औँ शताब्दीको जनसेनाको प्रमुख कार्यभार हुनुपर्दछ ।
३ जनसत्ताबारे ः सर्वहारा वर्गको राजनैतिक पार्टीको नेतृत्वमा जनयुद्धद्धारा राज्यसत्ता कब्जा गर्ने क्रान्तिको केन्द्रिय प्रस्न हिजो र आज पनि महान र कस्ट प साध्य प्रश्न अवस्य रहेको छ । तर २१ औँ शताब्दीका अनुभवहरुले स्पष्ट गरेका छनकी राज्यसत्ता कब्जा गर्ने प्रश्न भन्दा पनि राज्यसत्ताको निरन्तर जनवादिकरण गर्दै त्यसको विलोपिकरण तिर डो¥याउने प्रश्न अझ हजारौ गुणा कठिन र जटिल हुने गर्दछ । एकै शताब्दीमा विश्व थर्काउदै रुस चीन लगायतका देशमा भएका महान क्रान्तिहरुको सफलता एवं शक्तिशाली विश्व समाजवादी कित्ताको विकास र भयानक प्रतिक्रान्तिका घटनाहरु हुदै विश्वमा एउटा पनि समाजवादी सत्ता बाँकी नरहेको यथार्थले विषयको महत्व र गम्भिरतालाई दर्शाउछन ।
आखिर पुजीवादी स्रामाज्यावादले आफ्नो सैन्य फासिवाद िसारत्वलाई तथाकथित प्रजातन्त्रको नकावले ढाकेर विश्व जनमतलाई भ्रमित पार्न सफल हुनु तथा सर्वहारा वर्गको आफ्नो जनवादी सारत्वका वावजुद राज्यसत्तामा आफ्नो पकड मजवुत गर्न नसक्नुका तमाम ऐतिहासिक र सैद्धान्तिक कारणका वावजुद आज हाम्रो अगाडिजनवादको विकासका समस्या एउटा ज्वलन्त समस्या बनेर खडा भएको छ। पराजित वर्ग दुस्मनका विरुद्ध अधिनायकत्वको आवश्यकता र जनताको जनवादको अभ्यासको आवश्यकताको विचमा समुचित सन्तुलन कायम गर्ने सन्दर्भका प्रमुख समस्याहरु के हुन ? जनताको जनवादी अधिनायकत्व सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत जनताको जनवाद वा सर्वहारा जनवाद वस्तुत औपचारिक यान्त्रीक र संङ्कोर्ण किन हुनुप¥यो यहाँ हाम्रो प्रश्न विश्वका तमाम रुपरङगको संशोधनवादी र विर्सजनवादीहरुले कठाउने गरेको जनताको जनवादी अधिनायकत्व सर्वहारा वर्गको अधिनायकत्वको विरोध गरेर वुर्जुवाहरुको औपचारिक प्रजातन्त्रमा फस्ने गद्धारी संग कुनै सम्वन्ध छैन् हाम्रो प्रश्न यहाँ निरन्तर क्रान्तिको प्रवाह सङ्गठित गर्ने संस्थाका रुपमा राज्यसत्ताको विकास गर्ने कुरामा केन्द्रित छ । आखिर राज्यसत्ताको ब्यापक र सजिव जनवादीकरणका प्रक्रियामानै वास्तविक जनवादी अधिनायकत्व वा सर्वहारा अधिनायकत्व सुद्धढ हुन सक्दछ । जनवादी केन्द्रीयताको महान बैज्ञानिक सिद्धान्तको यो भन्दा अर्को अर्थ हुन सक्दैन राज्यसत्ता कब्जा गर्नु पुर्वसम्म जनवादी केन्द्रीयताको सहि अभ्यास गरेर राज्यत्ता कब्जा गर्न सक्ने पार्टीहरु वढि किन औपचारिक जनवाद र नोकरशाही केन्द्रियताको सिकार हुन पुगे पाटीभित्र संसोधनवाद हावी भएको भन्ने तर्कले मात्र यसको पुरा उत्तर दिदैन आखिरी द्धन्दात्मक भौतिकवादको प्रयोगमा माक्सवादीहरुद्धारा भएको यो वा त्यो रुपमा कमजोरीहरु पार्न यसका जिम्मेवार छन् ।
एउटा निश्चित देश काल र परिस्थितीमा सर्वहारावादी क्रान्तिकारी रहेको पार्टी र जनवादी वा समाजवादी रहेको राज्यसत्ता अर्को देशकाल र परिस्थितीमा प्रतिक्रान्तिका परिणत हुन सक्छन् । त्यो अवस्थामा जनसमुदाय र क्रान्तिकारीहरुले पुरै शहि रहेको कुरा स्पष्ट नै छ तर एकपटक एक निश्चित कम्युनिष्ट पार्टीको नेतृत्वमा जनवादी वा समाजवादी राज्यसत्ता स्थापित भैसकेपछि सो पाटी सधै सर्वहारावादी भैरहन्छ भन्ने झै त्यसको विरुद्ध राजनैतिक रुपले जनसमुदायद्धारा स्वतन्त्र रुपमा जनवादी वा समाजवादी प्रतिस्पधा नहुनु नवनाउनु वा त्यसमाथि प्रतिवन्ध लगाउनुले एकातिर सत्तासिन पार्टीले जनसमुदायको विचमा कसैसंग राजनैतिक प्रतिस्पर्धा गर्नु नपर्ने हुदाँ त्यो क्रमश विशेष सुविधासम्वत यान्त्रीक नोकरशाही पार्टी र त्यसको नेतृत्व राज्यसत्ता पनि क्रमश यान्त्री र नोकरशाही मेसिनरीमा परिणत हुन तथा अर्कोतिर जनसमुदाय औपचारिक जनवादको सिकार भएर क्रमश उसको असिमित श्रृजनाशिलता र गतिशिलताको उर्जा इन्दित हुन जाने खतरा ईतिहासमा स्वतन्त्र देखा पर्ने गरेको छ । उपरोक्त समस्या समाधानका लागि निरन्तर क्रान्तिको सिद्धान्त अनसुार राज्यसत्ताका जनसमुदायको नियन्त्रण निगरानी हस्तक्षेपको प्रक्रियालाई सजिव र बैज्ञानिक ढंगले संङ्गठिक गर्नै आवश्यकतामा जोड दिईनु पर्दछ । यहाँ केठी प्रश्न दुम्मनको विरद्ध अधिनायकत्वको प्रभावकारिता जनसमुदायको जनवादको अभ्यासको प्रभावकारीतामा निर्भर रहेने वैज्ञानिक तथ्यलाई द्धन्द्धात्मक ढंगले संगािठत गर्ने प्रश्न नै हो ।
यसका लागि सामान्तवाद र सामा्रज्यवाद विरोधी जनवादी राज्यसत्ताको संवैधानिक सिमाभित्र राजनैतिक प्रतिस्पर्धा संगठित गरि कम्युनिष्ट पार्टीको निरन्तर सर्वहाराकरण र क्रान्तिकारीकरण गर्न नसक्ने त्यको खिलाफमा अर्को क्रान्तिकारी पाटी वा नेतृत्वलाई साज्यसत्ता पर¥याउन सक्ने जनसमुदायको अधिकारलाई संस्थागत र समाज्यवाद विरोधी विभिन्न साजनैतिक दल संघसस्था जसले जनवादी राज्य सत्ताको संवैधानिक ब्यवस्थालाई अस्विकार गर्दछन् उनीहरुको विचमा कम्युनिष्ट पार्टीहरुलाई सहयोग मात्र गर्नुपर्ने यान्त्रीक सम्वन्धमा होईन जनताको खेवामा जनवादी राजनैतिक प्रतिस्पद ागर्ने द्धन्दात्मक सम्वन्धमा जोड दिनुपर्छ । स्पष्ट छन्की यो प्रक्रियामा यदि कसैले जनवादी राज्यसत्ताद्धारा बैधानिक रुपले निर्धारित सिमाको अतिक्रमण गरेमा उसमाथि जनवादी अधिनाकत्व लागु हुने छ । एकपटक राज्यसत्ता कब्जा गरिसकेपछि पार्टीले नेतृत्वको हैसियत सावित गर्न आफ्नो विचारको सहिपना, जनसमुदायका हितहरुसंग एकाकर हुने आवश्यकता त्याग तपस्या र वलिदान एवम् वर्ग र जनता प्रतिको निष्ठा सावित गरिरहनु नर्पे स्थितिको प्रारभ्म देखिने अन्त गर्न जोडदिनु पर्दछ । राज्यसत्तामा विचार र नेतृत्वको केन्द्रिकरण ले जनसमुदायको स्व निर्णयको अधिकार कटौती गर्ने स्थिति आउन नदिजे कुरमा विशेष ध्यान दिनुपर्छ ।
नेपालको जनवादीक्रान्तिको सन्र्दभमा हामीले वर्गिय, जातिय, क्षेत्रिय एवं लिङ्गीय उत्पादनबाट जनसमुदायको मुक्तिको कुरा गरिरहेका छौ । आत्मनिर्णयको अधिकार सहित जातिय र क्षेत्रिय स्वशानका कुरा गरिरहेको छौ साथै सामान्तवाद र सामाज्य्रवाद विरोधी पाटी स्वतन्त्रताको कुरा पनि गरेका छौ । त्यो अवस्थामा राज्यसत्ताको निरन्तर जनवादीकरणका लागि जनसमुदायको स्व निर्णयको अधिकारलाई सजिव रुपले संगित गर्ने कुरामा जोड दिनुपर्दछ ।
यसरी पार्टी सेना र राज्य सत्ताको उपरोत्तः प्रकारको समुचित किास मानौ । २१ औ शताव्दीको जनवादको निरन्तर क्रान्तिको प्रक्रियालाई अगाडि बढाएर प्रतिक्रान्तिलाई रोक्न सक्ने छ ।
सन्दर्भ सामाग्री
१ ने.क. पा. माओवादी केन्द्रिय प्रकाशन शाखाद्धारा २०६० साल असौजमा प्रकाशित दस्तावेजबाट
२. २०६० जेष्ठमा रोल्पाको दुम्लामा केन्द्रिय समितिको बैठकमा अध्यक्ष कं. प्रचण्ड
लेखकः नेकपा माओवादी केन्द्र म्याग्दीका जिल्ला संयोजक हुन ।
२०७५ /०१/१४