म्याग्दी समाचार
बेनी–जोमसोम सडक अन्तरगत कैकुखोला–खन्ती खण्ड कालोपत्रे
- 3 बर्ष, 3 महिना अगाडि
- १३ जेष्ठ २०७९, शुक्रबार
म्याग्दी, १३ जेठ । कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकको कैकुखोला–खन्ती खण्ड कालोपत्र भएको छ । मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोलाबाट गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्रको काम सकिएको हो । एक सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कैकुखोला–खन्ती खण्डमा पहिलोपटक कालोपत्र भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाको तेस्रो प्याकेजको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीका... पुरा पढ्नुहोस
मालिकामा कार्यपालिका सदस्य चयन
- 3 बर्ष, 3 महिना अगाडि
- १२ जेष्ठ २०७९, बिहीबार
म्याग्दी, १२ जेठ । मालिका गाउँपालिकामा ६ जना कार्यपालिका सदस्य चयन भएका छन् । दरवाङमा बिहिबार भएको निर्वाचनबाट नेकपा एमाले ३, नेकपा माओवादी केन्द्रका २ र एकीकृत समाजबादीबाट १ जना कार्यपालिका सदस्य चयन भएका हुन् । कार्यपालिका सदस्यमा नेकपा एमालेबाट छरदेवी घर्ति, प्रतिक्षा विक, मनकुमारी पुन निर्वाचित भएका छन् भने,... पुरा पढ्नुहोस
म्याग्दीमा पालिका र वडाको नेतृत्वमा महिलाको सहभागिता शून्य
- 3 बर्ष, 3 महिना अगाडि
- १२ जेष्ठ २०७९, बिहीबार
कमल खत्री बेनी, १२ जेठ । म्याग्दीका छ वटा स्थानीय तह र ४५ वटा वडाको नेतृत्वमा महिलाको सहभागिता शून्य भएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा म्याग्दीमा एक पालिका प्रमुख सहित दुई वटा वडाको वडा अध्यक्षमा महिला चुनिनुभएको थियो । गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचन २०७९ मा... पुरा पढ्नुहोस
अन्नपूर्णमा जनप्रतिनिधीको पदभार ग्रहण
- 3 बर्ष, 3 महिना अगाडि
- १२ जेष्ठ २०७९, बिहीबार
म्याग्दी,१२ जेठ । अन्नपूर्ण गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुले बुधबार सपथग्रहणसंगै पदभार ग्रहण गरेका छन् । गाउँपालिकाका अध्यक्ष भारतप्रसाद पुनलाई मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो । अध्यक्ष पुनले उपाध्यक्ष दिवा तिलिजा पुन, आठ वटै वडाका अध्यक्ष र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको हो । सपथग्रहण लगत्तै... पुरा पढ्नुहोस
बेनी नगरको कार्यपालिका सदस्यमा १६ जनाको उम्मेदवारी
- 3 बर्ष, 3 महिना अगाडि
- ११ जेष्ठ २०७९, बुधबार
म्याग्दी, ११ जेठ । बेनी नगरपालिकाको कार्यपालिका सदस्यका लागि १६ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार दलित वा अल्पसंख्यक तर्फबाट निर्वाचित हुने दुई जनाका लागि ६ र ६ जना महिला सदस्यका लागि १० जनाले मनोनयन दर्ता गरेका हुन् । नेकपा एमालेका ८ जना, नेपाली कांग्रेसका... पुरा पढ्नुहोस
रघुगंगाको कार्यपालिका सदस्यमा १३ जनाको उम्मेदवारी दर्ता
- 3 बर्ष, 3 महिना अगाडि
- ११ जेष्ठ २०७९, बुधबार
म्याग्दी, ११ जेठ । रघुगंगा गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनका लागि १३ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । गत बैशाख ३० गते भएको स्थानीय तह चुनावबाट निर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरु मतदाता रहेको निर्वाचनका लागि नेपाली कांग्रेसका ६ नेकपा एमालेका ६ र नेकपा माओवादी केन्द्रका एक जनाले... पुरा पढ्नुहोस
बेनी नगरले नसर्ने रोगको विरामी पहिचान गर्न शिविर संचालन गर्ने
- 3 बर्ष, 3 महिना अगाडि
- ११ जेष्ठ २०७९, बुधबार
म्याग्दी, ११ जेठ। बेनी नगरपालिकाका नवनिर्वाचित मेयर सुरत केसीले हरेक महिनाको १५ गते नगरपालिकाको सबै स्वास्थ्य संस्थामा नसर्ने रोगका विरामी पहिचान गर्न शिविर संचालन गर्ने जानकारी गराउनुभएको छ । नगरभित्रका जनतालाई घातक रोगबाट बचाउन र रोगहरु पहिचान गर्नका लागि हरेक महिनाको १५ गते ४५ बर्षभन्दा माथि उमेरका जनतामा लाग्ने चिनीरोग,... पुरा पढ्नुहोस
नयाँ पुस्तक नपाउँदा म्याग्दीका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित
- 3 बर्ष, 3 महिना अगाडि
- ११ जेष्ठ २०७९, बुधबार
म्याग्दी ११ जेठ । नयाँ शैक्षिकसत्र सुरु भएपनि विद्यार्थीले नयाँ पुस्तक नपाउँदा म्याग्दीका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ । नयाँ पुस्तक नपाउँदा विद्यार्थीलाई पढ्न र शिक्षकलाई पढाउन समस्या भएको हो । पाठ्यक्रम फेरिएको सामुदायिक विद्यालयको कक्षा ४ र ७ का विद्यार्थीसँग पुस्तक छैन । पाठ्यक्रम यथावत भएका अन्य कक्षाका... पुरा पढ्नुहोस
रघुगंगाका अध्यक्ष भण्डारीद्वारा प्रेस युनियनको अक्षकोषमा ५१ हजार रुपैयाँ सहयोग
- 3 बर्ष, 3 महिना अगाडि
- १० जेष्ठ २०७९, मंगलवार
म्याग्दी,१० जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले नेपाल प्रेस युनियन म्याग्दीलाई आर्थिक सहयोग गर्नुभएको छ । सोमबार अध्यक्ष भण्डारीले प्रेस युनियनको अक्षयकोषलाई एकाउन्न हजार एक सय ११ रुपैयाँ सहयोग गर्नुभएको हो । उक्त रकम भण्डारीले प्रेस युनियन म्याग्दीका सभापति राकेश शर्मा, उपाध्यक्षद्धय धनिलाल गर्बुजा र पबित्रा खत्रीलाई... पुरा पढ्नुहोस
पाखापानी वडा कार्यालयको सेवा बस्ती–बस्तीबाट दिइने
- 3 बर्ष, 3 महिना अगाडि
- १० जेष्ठ २०७९, मंगलवार
म्याग्दी १० जेठ। म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ६ पाखापानीले वडा कार्यालयका सेवाहरू बस्ती–बस्तीबाट सञ्चालन गर्ने घोषणा गरेको छ । नवनिर्वाचित वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले पदभारग्रहण गदैं बस्तीमा इन्टरनेटको सुविधा विस्तार गरी अनलाइन प्रविधिबाट गरिने प्रशासनीक सेवा दिने बताउनुभयो । पदभारग्रहणसँगै बसेको वडा समितिको बैठकले विभिन्न ६ निर्णय समेत गरेको... पुरा पढ्नुहोस