म्याग्दी समाचार
म्याग्दीमा एसइई परीक्षाको तयारी अन्तिम चरणमा, विद्यार्थी संख्या घट्दो
- 3 घण्टा अगाडि
- १७ चैत्र २०८२, मंगलवार
म्याग्दी १७ चैत । म्याग्दीमा माध्यमिक शिक्षा परीक्षा -एसइई) मा सहभागी हुने विद्यार्थी सख्ंया घट्दो क्रममा रहेको छ । जिल्लामा यस बर्ष २ हजार ३५ जना विद्यार्थीहरुले एसइई परिक्षामा सहभागी हुने भएका छन् । गत बर्ष कुल २ हजार २१६ जना परीक्षार्थी रहेकोमा यस बर्ष १८१ जनाले विद्यार्थी घटेको शिक्षा... पुरा पढ्नुहोस
मजदुर कुटपीट घटनामा आपसी मिलापत्र
- हिजो
- १६ चैत्र २०८२, सोमबार
म्याग्दी सदरमुकाम बेनीमा नेकपा एमालेका नेता तथा जनप्रतिनिधिहरुबाट मजदुरमाथि कुटपिट भएको घटना आपसी मिलापत्रमा टुंगीएको छ। नेकपा -एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा आईतवार बेनीमा निकालेको विरोध ¥यालीको क्रममा बेनी स्थित नेपाल टेलिकमको कार्यालय परिसरमा रहेका मजदुरहरुले एमाले विरोधी शब्दहरु प्रयोग गरेपछि विवाद भएको थियो । विवादको क्रममा... पुरा पढ्नुहोस
मल्कवाङमा केन्द्रीय प्रसारण लाइनमार्फत विद्युतीकरण
- हिजो
- १६ चैत्र २०८२, सोमबार
१६ चैत, म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा केन्द्रीय प्रसारण लाइनमार्फत विद्युतीकरण भएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत धवलागिरी गाउँपालिका–६ मराङ हुँदै मल्कवाङमा केन्द्रीय प्रसारण लाइन विस्तार गरेर विद्युतीकरण गरिएको हो । मुख्य, शाखा लाइनको पोल गाड्ने, तार तान्ने र एक सय केभिए क्षमताको ट्रान्सफर्मर... पुरा पढ्नुहोस
विश्व शान्तिको कामनार्थ कालीगण्डकी नदीमा दीप प्रज्वलन
- 4 दिन अगाडि
- १३ चैत्र २०८२, शुक्रबार
म्याग्दी, १३ चैत । म्याग्दी सदरमुकाम बेनी स्थित कालीगण्डकी नदी किनारमा विश्व शान्तिको कामनार्थ २ करोड ५० लाख दीप प्रज्वलन गरिएको छ । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा हजारौँ भक्तजनको सहभागीतामा दीप प्रज्वलन गरिएको हो । दीप प्रज्वलनमा सहभागी हुन आएका भक्तजनको भीडले शुक्रवार दिनभर कालीगण्डकी नदी किनारमा धार्मिक मेला... पुरा पढ्नुहोस
१९ औ ‘सूर्यनारायण पुरस्कार’ संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई प्रदान
- 5 दिन अगाडि
- १२ चैत्र २०८२, बिहीबार
बेनी, ः म्याग्दीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ अर्पण गरिएको छ । सूर्यनारायण पुरस्कार संस्थाद्वारा शुक्रबार बेनीमा आयोजित कार्यक्रममा अग्रज कलाकार धनकुमारी थापा र संस्थाका अध्यक्ष सुवर्णकुमार श्रेष्ठले श्रेष्ठलाई नगद रु. २५ हजार र कदरपत्र प्रदान गर्नुका साथै दोसल्लो ओढाएर सम्मान गर्नुभएको थियो । समाजसेवी सूर्यनारायण श्रेष्ठको स्मृतिमा उहाँका परिवारले... पुरा पढ्नुहोस
बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित
- 6 दिन अगाडि
- ११ चैत्र २०८२, बुधबार
म्याग्दी, चैत ११ गते । बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक महत्वका बहुवर्षीय सडक आयोजनाहरुको निर्माण प्रभावित बनेको छ । पूर्वाधार विकास कार्यालयलाई प्रदेश सरकारले बहुवर्षीय आयोजनाका लागि विनियोजन गरेको बजेट सकिएपछि व्यवसायीले भुक्तानी पाएका छैनन् । कार्यालयका अनुसार म्याग्दीमा चालु आर्थिक वर्षका सडक पूर्वाधारसम्बन्धी ३२ योजनाका लागि... पुरा पढ्नुहोस
बेनीमा कुमारी बैँकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
- 9 दिन अगाडि
- ८ चैत्र २०८२, आईतवार
म्याग्दीको बेनीस्थित न्यू वेस्ट पोइन्ट कलेजमा विश्व मुद्रा सप्ताहको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। कुमारी बैँक लिमिटेड बेनी र बागलुङ शाखाको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा कक्षा ११ र १२ का करिब २०० जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। किशोर–किशोरी अवस्थादेखि नै वित्तीय ज्ञान र व्यवहारिक सीप विकास... पुरा पढ्नुहोस
गलेश्वरधाम आमा समूहको अध्यक्षमा पुन: फुलकुमारी रोका निर्विरोध चयन
- 9 दिन अगाडि
- ८ चैत्र २०८२, आईतवार
म्याग्दी, ७ फागुन । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र गलेश्वरमा सक्रिय गलेश्वरधाम आमा समूहको अध्यक्षमा फुलकुमारी रोका पुन: दोस्रो कार्यकालको लागि निर्विरोध चयन हुनुभएको छ । शनिबार सम्पन्न समूहको १५औँ वार्षिक साधारण सभा तथा ५औँ अधिवेशनले रोकाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो... पुरा पढ्नुहोस
हिमाली जिल्लाको मान्यतालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन माग
- 12 दिन अगाडि
- ५ चैत्र २०८२, बिहीबार
म्याग्दी, ५ चैत । म्याग्दी जिल्लाले पाएको हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउन माग गरिएको छ । विहिवार बेनीमा सम्पन्न जिल्लाको सभाको एघारौँ अधिवेशनले हिमाली जिल्लाको मान्यतालाई पूर्ण रुपमा कार्यान्वनयमा ल्याउन नेपाल सरकारलाई एकताबद्ध रुपमा दबाब सिर्जना गर्ने निर्णय गरेको हो । नेपाल सरकारले विसं २०७५ फागुन १९ गते राजपत्रमा प्रकाशित... पुरा पढ्नुहोस
नेपाल पुन मगर समाज रघुगंगाको अध्यक्षमा टिका पुर्जा पुन मगर चयन
- 13 दिन अगाडि
- ४ चैत्र २०८२, बुधबार
म्याग्दी, ४ चैत । नेपाल पुन मगर समाज रघुगंगा गाउँपालिका समितिको अध्यक्षमा टिका पुर्जा पुन मगर चयन हुनुभएको छ । बुधवार दर्मिजामा सम्पन्न प्रथम पालिका अधिवेशनबाट १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको हो । समितिको उपाध्यक्षमा चेतन गर्बुजा पुन मगर, सचिबमा विनु राम्जाली पुन मगर,सहसचिबमा दिवा शेर्पुन्जा पुन मगर... पुरा पढ्नुहोस