म्याग्दी समाचार
जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको सम्झनामा बेनीमा दीप प्रज्वलन
- 3 घण्टा अगाडि
- १ आश्विन २०८२, बुधबार
म्याग्दी, १ असोज । गत हप्ता भएको जेनजी आन्दोलनको समयमा ज्यान गुमाएका सहिदको सम्झनामा बेनीमा दीप प्रज्वलन गरिएको छ । म्याग्दी जेसीजको आयोजनामा बेनीको संगमचोकमा आन्दोलनको क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरिएको थियो भने दिवंगत भएका ७२ जनाको सम्झनामा सहभागीहरुले ७२ वटा मैदवत्ती प्रज्वलन गरेर ७२ सेकेन्ड... पुरा पढ्नुहोस
टाउकोमा गम्भिर स्वास्थ्य समस्याबाट पीडित बरुवालको उपचारमा सहयोगको अपिल
- हिजो
- ३१ भाद्र २०८२, मंगलवार
टाउकोमा गम्भिर स्वास्थ्य समस्याबाट पीडित हुनुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवती, घट्ट निवासी ३४ बर्षिय प्रकाश बरुवालको उपचारमा सहयोगको अपिल गरिएको छ । रोजगारको शिलसिलामा दुबईमा रहेका बेला टाउकोमा नसा सम्बन्धि गम्भिर स्वास्थ्य समस्याबाट पिडित भई सल्यक्रिया मार्फत उपचार भैरहेको र हाल नेपालमा पुनः सल्यक्रिया सहितको उपचार गर्नुपर्ने र उपचारमा... पुरा पढ्नुहोस
बाढीले सिंगा तातोपानीमा एक होटल बगायो
- 6 दिन अगाडि
- २६ भाद्र २०८२, बिहीबार
म्याग्दी, २६ भदौ । म्याग्दीको बेनी नगरपालिका– ४ तातोपानी स्थित लेतेखोलामा आएको बाढीले एक होटल बगाएको छ । रातभर परेको अबिरल बर्षाको कारण आएको बाढीले आज विहान करिब ४ बजे श्रीस होटेल एण्ड खाजा घरलाई पूर्ण रुपमा क्षति पु¥याएको हो । ठाडोखोलामा आएको बाढीले होटलको सबै संरचना पुरिएको प्रहरीले जनाएको... पुरा पढ्नुहोस
जेनजी आन्दोलनः म्याग्दीका सबै राजनीतिक दलका कार्यालयका सामान ताेडफाेड र आगजनी
- 8 दिन अगाडि
- २४ भाद्र २०८२, मंगलवार
https://www.youtube.com/watch?v=-wG1Qw6k_g0 मंगलवार म्याग्दी सदरमुकाम बेनीमा आयोजित जेनजी आन्दोलनमा जिल्लामा रहेका सबै राजनीतिक दलका पार्टी कार्यालयमा तोडफोट तथा सामानहरुमा आगजनी गरिएको छ ।सरकारले विद्यार्थी आन्दोलनमाथि गरेको चरम दमनको विरोध गर्नुका साथै नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, विप्लप नेतृत्वको नेकपा, राप्रपा, रास्वपा लगायतका पार्टी कार्यालयका सामान तोडफोड र आगजनी... पुरा पढ्नुहोस
वीरेन्द्रचोक टोल विकास संस्थाबाट छ जनालाई नागरिक सम्मान
- 11 दिन अगाडि
- २१ भाद्र २०८२, शनिबार
म्याग्दी, २१ भदौ । म्याग्दी सदरमुकाम बेनीमा सामाजिक तथा राजनीतिक क्षेत्रमा योगदान पु¥याएका विभिन्न क्षेत्रका छ जनालाई नागरिक सम्मान गरिएको छ । सदरमुकाम बेनीमा रहेको वीरेन्द्रचोक टोल विकास संस्थाले शनिवार एक समारोहको आयोजना गरी समाजमा महत्वपूर्ण योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गरेको हो । सम्मानीत हुनेमा कृष्णगण्डकी जेष्ठ नागरिक सेवा केन्द्रका... पुरा पढ्नुहोस
मालिकामा वाइसीएल,अनेमसंघ क्रान्तिकारी र दलित मुक्ती मोर्चाको नयाँ नेतृत्व चयन
- 11 दिन अगाडि
- २१ भाद्र २०८२, शनिबार
बेनी, २० भदौ । म्याग्दीको मालिका गाउँपालिकामा शुक्रबार नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल), अनेमसंघ क्रान्तिकारी र दलित मुक्ती मोर्चाको नयाँ नेतृत्व चयन भएको छ । गाउँपालिकाको केन्द्र दरवाङमा भएको तीन वटा संगठनको भेलाले नयाँ नेतृत्व चयन गरेको हो । प्रवेश फगामीको अध्यक्षमतामा गठन भएको ४५ सदस्यीय... पुरा पढ्नुहोस
कालीगण्डकीमा वेपत्ता कुमारको ‘कुशको शव’ जलाएर अन्त्योष्टि, ९ बर्षका छोरा किरिया बसे
- 12 दिन अगाडि
- २० भाद्र २०८२, शुक्रबार
https://www.youtube.com/watch?v=VPBxZnLvcgQ गत भदौ १४ गते शनिवारदेखि कालीगण्डकी नदीमा वेपत्ता भएका रघुगंगा गाउँपालिका–२ भगवती निवासी ३६ बर्षिय कुमार रिजालको एक सातासम्म पनि शव फेला नपरेपछि शुक्रवार ‘कुशको शव’ पुत्ला दहन गरी अन्त्योष्टि गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीमा सहयोगी कर्मचारीका रूपमा कार्यरत एककुमार रिजाल र उहाँका साथी... पुरा पढ्नुहोस
वेपत्ता युवामध्ये हरी रिजालको शव कालीगण्डकी नदिमा फेला
- 12 दिन अगाडि
- २० भाद्र २०८२, शुक्रबार
म्याग्दी २० भदौ ।म्याग्दी सदरमुकाम बेनीमा गत शनिवार रातीदेखि सम्पर्क विहिन बनेका दुई युवामध्ये एक जनाको शव फेला परेको छ । जिल्ला सदरमुकाम बेनी स्थित कालीगण्डकी किनारमा निर्माण भएको चक्रपथमा दुर्घटनामा परेर वेपत्ता भएका बेनी नगरपालिका– ६ जामुनाखर्कका हरिप्रसाद शर्मा (रिजाल) को शव फेला परेको हो । बागलुङ नगरपालिका–१ मालढुङ्गा... पुरा पढ्नुहोस
मालिकाको छापमा निर्माण भएको सामुदायिक भवन उद्घाटन
- 14 दिन अगाडि
- १८ भाद्र २०८२, बुधबार
छाप, १८ भदौ । म्याग्दीको मालिका गाउँपालिका–४ छापमा न्यु सोले आमा समूहको सामुदायिक भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको रु. १० लाख बजेटबाट स्थानीयबासीले श्रमदान गरेर भवन निर्माण गरेका हुन् । भवन निर्माण भएपछि भेला, बैठक, तालिम, गोष्ठि सञ्चालन गर्न सहज भएको उपभोक्ता समितिका अध्यक्ष डम्मर रसाइलीले बताउनुभयो... पुरा पढ्नुहोस
अन्नपूर्ण पदमार्गमा ‘फुच्चे गुराँस’ पर्यटकका लागि आकर्षण
- 14 दिन अगाडि
- १८ भाद्र २०८२, बुधबार
म्याग्दी, १८ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा ढकमक्क फुलेका ‘फुच्चे गुराँस’ पर्यटकहरुको लागि आकर्षण बनेको छ । हिमाल, तालतलैया, झरना र मनोरम प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस पदमार्गको हुमखोलादेखि सुनखोलासम्मको क्षेत्रमा प्रशस्त मात्रामा जमिनकै सतहमा ढकमक्क फुल्ने गुराँस पाइने गर्छ ।... पुरा पढ्नुहोस