मुलुक

‘विकास गाउँ पुग्यो, मान्छे बजार झरे’

बाग्लुङ २७ जेठ । काठेखोला गाउँपालिका–३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआज दिन बिताउन निकै गाह्रो भइरहेको छ । बुढेसकाल लागेपछि गाह्रो काम गर्न सक्नु हुन्न उहाँ । घरको सामान्य काम गरेर दिन बित्दैन । दुःख, सुखका कुरा गर्ने वरपरका छरछिमेकीका घर सुनसान बन्दै गएका छन् । छिमेकी धमाधम बसाइँसराइ... पुरा पढ्नुहोस

गण्डकी प्रदेशस्तरीय ठेलो प्रतियोगिता उपाधी पर्वतले जित्यो

  म्याग्दी, २० जेठ । म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा भएको गण्डकी प्रदेशस्तरीय परम्परागत खुल्ला ठेलो(छेलो) प्रतियोगिताको उपाधी पर्वतले जितेको छ । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा भएको गुरगुरे ठेलो प्रतियोगिताको प्रथम, द्वितिय र तृतिय उपाधी पर्वतले जितेको हो । म्याग्दीसंगै पर्वत र बागलुङका ११ जना खेलाडी सहभागि भएको ठेलो प्रतियोगितामा... पुरा पढ्नुहोस

बेनी नगरमा असूल उपर गर्नुपर्ने बेरुजु २ करोड ९० लाख – महालेखा परिक्षक प्रतिवेदन

बेनी, १७ जेठ । महालेखा परीक्षक कार्यालयको ६० औँ वार्षिक प्रतिवेदनले आर्थिक वर्ष २०७८/७९ को लेखापरिक्षणमा बेनी नगरपालिकामा ११ करोड २६ लाख १२ हजार रुपैयाँ बेरुजु उल्लेख गरेको छ । जसमध्ये तत्काल असुल उपर गर्नुपर्ने बेरुजु २ करोड ९० लाख २३ हजार रुपैया रहेको छ भने अन्य बेरुजुको प्रमाण कागजात... पुरा पढ्नुहोस

म्याग्दीका स्थानीय तहमा २ अर्ब १२ करोड ६२ लाख बजेट

  बेनी, १६ जेठ । म्याग्दीका ६ स्थानीय तहमा २ अर्ब १२ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको आगामी आर्थिक बर्ष २०८०/८१ को बजेटमा एक नगरपालिकासहित ६ पालिका रहेको म्याग्दीलाई सो बजेट विनियोजन गरेका हुन् । अर्थमन्त्रालयले अन्तर सरकारी वित्तिय... पुरा पढ्नुहोस

बेनीमा गण्डकी प्रदेशस्तरीय ठेलो प्रतियोगिता हुने

म्याग्दी, १६ जेठ । म्याग्दीको सदरमुकाम बेनीमा दोस्रो गण्डकी प्रदेशस्तरीय परम्परागत खुल्ला ठेलो( छेलो) प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा यही जेठ २० गते सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा ठेलो प्रतियोगिता हुने भएको हो । जिल्ला खेलकुद विकास समिति म्याग्दीको ब्यवस्थापकीय जिम्मेवारी सहित रहेको ठेलो प्रतियोगितामा आयोजक म्याग्दीबाट... पुरा पढ्नुहोस

लोककल्याणकारी विज्ञापनको अनुदान कटौति गर्ने निर्णय सच्चाउन माग

गोरखा, ८ जेठ । प्रेस सेन्टर नेपालले सरकारले सञ्चार माध्यमहरुलाई उपलब्ध गराउदै आएको लोककल्याणकारी विज्ञापनको अनुदान कटौति गर्ने विज्ञापन वोर्डको निर्णय सच्चाउन माग गरेको छ । गोरखामा आइतबार सम्पन्न प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश र गोरखा जिल्ला समन्वय समितिको साधारणसभाले ११ बुँदे गोरखा घोषणापत्र जारी गर्दै विज्ञापन बोर्डले हालै गरेको... पुरा पढ्नुहोस

वरिष्ठ शिक्षाप्रेमी भक्ति हिराचनलाइ जनबाल माबिद्वारा सम्मान 

  सुशीलबाबू थकाली मुस्ताङ, ८ जेठ । मुस्ताङको घरपझोङ गाउँपालिका वडा नम्बर-२ मार्फा गाउँमा अवस्थित श्री जनबाल माध्यमिक बिधालयको अभिभावक भेला - २०८० सम्पन्न भएको छ । सोही अवसरमा मार्फा गाउँका वरिष्ठ समाजसेवी, शिक्षाप्रेमी एवम् पुर्व जिल्ला सभापति भक्ति हिराचलाइ बिधालयले सम्मान गरेको हो । बिधालयको वार्षिक कार्यक्रम अनुसार यसपटक... पुरा पढ्नुहोस

मौरिस हर्गोज पदमार्गको प्रर्वद्धन टोली अन्नपूर्ण आधार शिविर प्रस्थान

  अन्नपूर्ण ५ जेठ । म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोही मौरिस हर्गोजको नाममा पहिचान गरिएको पदमार्ग प्रर्वद्धन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ मा रहेको यो हिमाल आठ हजार ९१ मिटर अग्लो छ । नारच्याङ देखि अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने पदमार्गको प्रर्वद्धनका लागि जनप्रतिनिधि,... पुरा पढ्नुहोस

पोखरेबगर–चित्रे सडक कालोपत्रे गर्न सुरु

  म्याग्दी, २ जेठ । म्याग्दीको प्रमुख पर्यटकियस्थल घोडेपानी जोड्ने अन्नपूर्ण गाउँपालिका वडानम्वर ६ पोखरेबगर हुँदै घार र वडानम्वर ५ को शिख– चित्रे सडकमा कालोपत्रे गर्न थालिएको छ। मार्ग खुलेको करिब १५ बर्षपछि अठार किमि पाँच सय ४० मिटर दुरीको अन्नपूर्ण गाउँपालिकाको पोखरेवगर– शिख– चित्रे सडक अन्तरगत शिखको मुलपानीमा कालोपत्रको... पुरा पढ्नुहोस

कालिसारमा लालीगुराँस पार्क

  म्याग्दी, १ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ कालिसारस्थित घना जंगलको विचमा लालीगुराँस पार्कको पूर्वाधार निर्माण भईरहेको छ। घोडेपानी र पुनहिलमा घुम्न आउने पर्यटकको बसाई लम्ब्याउने उद्देश्यले पार्क निर्माण कार्य अघि बढाईएको हो । डिभिजन वन कार्यालयबाट विनियोजित बजेटमार्फत पर्यटक रमाउने पूर्वाधार निर्माण गरिरहेको घोडेपानी होटल ब्यवसायी एवम् लालीगुराँस... पुरा पढ्नुहोस