प्रवास

छन्त्याल परिवार अष्ट्रेलियाले भलिबल प्रतियोगिता आयोजना गर्ने

सिड्नी १० वैशाख : प्रवासमा रहेको खेल प्रतिभाको पहिचान गर्ने उद्देश्यले छन्त्याल परिवार अष्ट्रेलिया (सीपीए)ले पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी जुन ९ तारिख सिड्नीस्थित अर्बन बास्केटबल सेन्टरमा हुने प्रतियोगितालाई मूख्य प्रायोजकको रुपमा वेल्सन इन्टरनेशनल प्रालिले सहकार्य गर्ने खेलकुद संयोजक ह्यारी छन्त्यालले जानकारी दिए ।... पुरा पढ्नुहोस

श्रीलंकामा भएकाे विस्फोटमा होटल र चर्च निसानामा : २०७ जनाको मृत्यु

श्रीलंकामा शृङ्खलाबद्ध चर्च र होटलमा आक्रमण भएको छ । ‘इस्टर सनडे’का अवसरमा प्रार्थना गरिरहेकालाई लक्षित गरी श्रीलंकाका विभिन्न ठाउँमा बम विस्फोट भएको हो । श्रीलंकामा आइतबार बिहान लगातार छ स्थानमा बम विस्फोट गराइएको थियो भने दिउँसो थप दुई ठाउँमा विस्फोट भएको थियो । विस्फोटमा २०७ जनाले ज्यान गुमाइसकेको र करिब... पुरा पढ्नुहोस

गरिव,विपन्न र जेहेन्दार बालबालिकाको शिक्षाका लागि नागोयामा मोना साँझ हुँदै

म्याग्दी ,७ वैशाख । गरिव ,विपन्न र जेहेन्दार बालबालिकाको शिक्षाको लागि सहयोगार्थ जापानको नागोयामा मोना साँझ हुने भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना )जापान नागोया क्षेत्रियसमितिको आयोजनामा चर्चित कालकारहरुको उपस्थितिमा सो कार्यक्रम हुने भएको हो । मे १ तारिखमा आयोजना गरिएको मोना साँझमा नेपालबाट चर्चिच गायक शिव परियार... पुरा पढ्नुहोस

मोना कुवेतबाट एक लाख पच्चीस हजार आर्थिक सहयोगकाे घोषणा

म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले १२ अप्रिल  शुक्रबारका दिन कुवेत स्थित मङ्गाफ मेमोरिस हलमा समिक्षा बैठक तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नयाँ वर्ष २०७६ सालको पावन अवसरमा शुभकामना आदानप्रदान गर्दै एक लाख पच्चीस हजार आर्थिक सहयोगको घोषणा गरिएको हो । मोना... पुरा पढ्नुहोस

मिर्गौला पीडित छन्त्याललाई साढे ८ लाख बढी सहयोग

म्याग्दी, २५ चैत । म्याग्दीको धवलागिरी गाउँपालिका– ५ मलम्पारकी दुबै मिर्गाला पीडित माया कुमारी छन्त्याललाई साढे ८ लाख बढी आर्थिक सहयोग जुटेको छ । अष्ट्रेलिया , युके लगायतका ठाउँमा रहेका नेपालीहरुबाट छन्त्यालको उपचारमा सो सहयोग जुटेको हो । २६ बर्षिय छन्त्यालको उपचारको लागि अष्टे«लियामा छन्त्याल परिवार अस्ट्रेलियाको संयोजनमा ५ लाख... पुरा पढ्नुहोस

जिल्लाको विपद् ब्यवस्थापनका लागि ‘उद्धार सामाग्री’ सहयोग

धिरन खत्री म्याग्दी, १४ चैत । म्याग्दी जिल्लामा विभिन्न समयमा हुने दैविक प्रकोपलाई ब्यवस्थापन तथा उद्धार गर्नका लागि उद्धार सामाग्री हस्तान्तरण गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले नेपाली सेनाकाे  श्रीबक्स गुल्मलाई विपद् ब्यवस्थापनको लागि उद्धार सामाग्री हस्तान्तरण गरेको हो । मोना म्याग्दीको सचिवालय बेनीमा आयोजना गरिएको... पुरा पढ्नुहोस

म्याग्दीमा १० लाखको बहुउदेश्यीय अक्षयकोषको लागि कतारमा साँस्कृतिक कार्यक्रम हुँदै

म्याग्दी, ११ चैत । कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले म्याग्दीमा रु १० लाखको अक्षयकोष स्थापना गर्ने भएको छ । म्याग्दीमा बहुउदेश्यीय अक्षयकोष स्थापनाको लागि नयाँ बर्ष २०७६ को अवसरमा कतारमा साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको मोना कतारका अध्यक्ष तिलु शर्मा पौडेलले बताउनुभयो । अप्रिल... पुरा पढ्नुहोस

पोर्तुगलमा चैते दशैँमा जनसम्पर्क समितिको आयोजनामा बृहत साँस्कृतिक कार्यक्रम हुने

म्याग्दी, ८ चैत । नेपाली काँग्रेसको भातृय संगठन जनसम्पर्क समिती पोर्तुगलको आयोजनामा चैते दशैँ पर्वको अवसरमा पार्तुगलमा बृहत साँस्कृतिक कार्यक्रम सहित बनभोज कार्यक्रम हुने भएको छ । मार्च २४ तारिख आइतवारको दिन लीस्वनको बेलाभीस्ता पार्कमा सो कार्यक्रम आयोजना गरिएको नेपाली जनसम्पर्क समिति पोर्तुगलका कार्यबहाक अध्यक्ष ओकील केसीले जानकारी दिनुभयो ।... पुरा पढ्नुहोस

मोनाको महिला र बालबालिकाको अक्षयकोषमा मोना स्पेनद्धारा रु ४ लाख ३६ हजार सहयोग

बेनी, ८ चैत । प्रवासमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना)ले स्थापना गर्न लागेको महिला र बालबालिकाको क्षेत्रमा परिचालन गर्ने अक्षयकोषमा ४ लाख बढी सहयोग प्राप्त भएको छ । मोनाले घोषणा गरेको रु १ करोडको अक्षयकोषमा स्पेनमा रहेका म्याग्देलीहरु  र  अन्य सहयाेगदाता  मार्फत रु ४ लाख ३६ हजार... पुरा पढ्नुहोस

म्याग्दीमा प्रवासीको लगानी भित्र्याउने तयारी

सन्तोष गौतम बेनी २८ फागुन । रोजगारी, पेशा, व्यवसाय र अध्ययनका लागि विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरु आवद्ध म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले जिल्लामा लगानी भित्र्याउने तयारी गरेको छ । मोनाको गत विहिवार कतारको दोहामा बसेको बैठकले प्रवासी म्याग्देलीहरुको आफ्नो जन्मथलोमा सामुहिक लगानी भित्र्याउने निर्णय गरेको हो । कृषि, पशुपालन,... पुरा पढ्नुहोस