बागलुङमा रानाको अध्यक्षतामा पर्यटन पत्रकार संघ गठन

  • १ आश्विन २०७४, आईतवार
  • 1973 पटक पढिएको

म्याग्दी, ३१ भदौ । बागलुङमा क्रियाशिल पत्रकारहरुको शनिवार भएको भेलाले विजय रानाको अध्यक्षतामा ११ सदस्यीय पर्यटन पत्रकार संघ तदर्थ समिति गठन गरेको छ । जिल्लाका पर्यटकीय सम्भावना भएका विभिन्न क्षेत्रको खोज, प्रचारप्रसार तथा प्रवर्धन गर्ने उद्धेश्यले पर्यटन पत्रकार संघ गठन गरिएको हो ।

संघको उपाध्यक्षमा नारायण रिजाल, सचिवमा रबिना बोहरा, सह–सचिवमा कृष्ण कँडेल र कोषाध्यक्षमा अञ्जु सेञ्चुरी रहनु भएको छ । सदस्यहरुमा संगम घति, अर्जुन कार्की, त्रिलोचन रिजाल रहनु भएको छ भने जिल्लाका गलकोट, बुर्तिवाङ र बरेङ क्षेत्रबाट तदर्थ समितिको पहिलो बैठकले एक–एक सदस्यीय पछि थप गर्ने निर्णय गरेकोे छ । भेलाले केन्द्रिय पार्षदमा ताराप्रसाद शर्मा ‘स्टार’ र विक्रम सुनारलाई चयन गरेको छ ।

साथै आगामी असोज ४गते बर्दियामा हुने पर्यटन पत्रकार संघको महाधिवेशनमा बागलुङबाट केन्द्रिय सदस्यमा उमेदवारी दिने समेत निर्णय गरेको छ । बागलुङ पर्यटकीय क्षेत्रको उच्च सम्भावना भएको जिल्ला भएपनि अपेक्षित पर्यटक भने भित्रिन सकेका छैनन् । देशकै एकमात्र ढोरपाटन शिकार आरक्षण, गलकोट घुम्टे, कालिकाभगवति, पञ्चकोट, थन्थापभगवति, हाँडीकोट, गाजाको दह लगायत जिल्लामा दर्जनौँ चर्चित पयटकीय र पर्यटकीय सम्भावनायुक्त ठाउँहरु रहेका छन् ।