महिला उद्यम विकास समितिको नेतृत्व सर्वसम्मत, अध्यक्षमा केसी चयन

  • ३१ भाद्र २०७४, शनिबार
  • सन्तोष गौतम
  • 4185 पटक पढिएको

म्याग्दी, ३१ भदौ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिको नयाँ नेतृत्व चयन भएको छ । बेनीमा शनिबार भएको समितिको सातौ साधारणसभा तथा पाँचौ अधिवेशनले सुनिता आमी (केसी)को सभापतित्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा लक्ष्मी कार्की, दितृय उपाध्यक्षमा अम्बिका श्रेष्ठ, महासचिवमा बिष्णु गुरुङ, कोषाध्यक्षमा सिर्जना भट्टचन, सहसचिवमा प्रमिला श्रेष्ठ र सहकोषाध्यक्षमा जानकी विश्वकर्मा चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा साधना श्रेष्ठ, राधीका सापकोटा, कमला पौडेल सुवेदी, चमन श्रेष्ठ, रेणु मल्ल, तेजकुमारी मगर, संगिता श्रेष्ठ, रञ्जीता बराईली, मिरा विश्वकर्मा, गिता रिजाल शर्मा, रुपा तामाङ घर्ती निर्वाचित हुनुभएको छ ।

अधिवेशनको उद्घाटन गर्दै बेनी नगरपालीकाका उपप्रमुख सञ्जु बरुवालले सामाजिक परिवर्तनका लागि महिलाको आर्थिक स्रोतमा पहुँच बढाउनुपर्ने बताउनुभयो । उहाँले महिलालाई आर्थिक रुपमा सक्षम बनाउन सकेमा घरेलु हिंसा नियन्त्रण र सामाजिक परिवर्तनमा ठूलो सहयोग पुग्ने बताउनुभयो ।


म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष जीवनबहादुर विश्वकर्माले संघले जिल्लामा उद्योग क्षेत्रमा लिएको लक्षलाई पुरा गर्न महिला उद्यम विकास समितिको भुमिका महत्वपुर्ण भएको बताउनुभयो । संघका पुर्व अध्यक्ष सुदर्शनकुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष कुविरकुमार श्रेष्ठ, मानार्थ सदस्य नैनकुमार श्रेष्ठ, महिला उद्यम विकास समितिको आमन्त्रित केन्द्रिय सदस्य सृजना श्रेष्ठ, समितिका सल्लाकार अमृतादेवी बानियाँ, उद्यमी बिमला बरुवाल र पत्रकार धिरन खत्रीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।


समितिका अध्यक्ष अमृता भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव लक्ष्मी कार्कीले प्रगति र कार्यवाहक कोषाध्यक्ष अम्विका श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा जिल्लामा विभिन्न क्षेत्रमा ब्यवसायबाट सफल महिलाहरुलाई सम्मान गरिएको थियो ।

होटल ब्यवसायमा सविता शाही, सिलाई तर्पm डोलकुमारी बाँनिया, राईस मिलतर्फ मुनाकुमारी शर्मा, मसला उद्योगमा गंगा खत्री र ब्युटिपार्लरमा रुपा थापामगरलाई सम्मान गरिएको थियो भने महासचिव लक्ष्मी कार्कीकोे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सन्तोष गौतम