तरुण पौडेल चिकित्सा कोषद्धारा ओमकुमारी शान्ति कोष सम्मानीत

  • ३१ भाद्र २०७४, शनिबार
  • रविना वोहोरा
  • 2203 पटक पढिएको

बागलुङ ३१ भदौ  ।  डाक्टर तरुण पौडेल चिकित्सा कोषद्धारा म्याग्दी,बागलुङ,मुस्ताङ र पर्वतमा रहेर सामाजिक सेवामा योगदान पु¥याउने व्यक्ति तथा संस्थाहरुलाई सम्मान तथा पुरस्कृत गरिएको छ । सम्मान तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले जिल्लाको स्वास्थ्य क्षेत्रको विकासका लागि विभिन्न योजनाहरु ल्याउने बताउनुभएको छ । डा.तरुण पौडेल चिकित्सा कोषको चौँथो बार्षिक पुरस्कार एवं सम्मान कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभएको हो । पौडेलले स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्तिहरुले ग्रामिण भेगमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै स्वास्थ्यकर्मीहरुको हक अधिकारका लागि सदैव प्रयत्नशिल रहेको बताउनुभयो । उहाँले समाज सेवामा लागेका संस्था र व्यक्तिहरुलाई सम्मानले थप हौसला मिल्ने बताउनुभयो ।

कोषले यस बर्ष स्वास्थ्य क्षेत्रमा योगदान पु¥याएको भन्दै बागलुङ, पर्वत,मुस्ताङ र म्याग्दी जिल्लाका स्वास्थ्यकर्मीहरुलाई पुरस्कृत तथा सम्मान गरेको छ । लेते प्राथमिक स्वास्थ्य चौकी मुस्ताङका सिताराम कार्की, पर्वत कटुवाचौपारी स्वास्थ्य चौकीका रुद्र शर्मा सापकोटा, बेनपा ४ सिंगा स्वास्थ्य चौकी म्याग्दीका हरिलाल अधिकारी, पाण्डवखानी स्वास्थ्य चौकीका हिमाकुमारी श्रीषलाई नगद ७ हजार ५ सय रुपियाँ सहित पुरस्कृत गरिएको छ । यसै गरि मानसिक रोग विशेषज्ञ प्राध्यापक डाक्टर सरोज वझा र ओमकुमारी शान्ति कोष म्याग्दीका अध्यक्ष राजेश शाक्यलाई नगद १५/ १५ हजार रुपियाँ साथ सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा समाजसेवी देवबहादुर श्रेष्ठ, धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सागरकुमार राजभण्डारी, सम्मानित व्यक्ति राजेश शाक्य, सिताराम कार्की, रुद्र शर्मा सापकोटाले मन्तव्य राख्नुभएको थियो ।

प्राध्यापक डा. सरोज ओझाको परिचय श्याम श्रेष्ठ र ओमकुमारी शान्ति कोषको हरिकृष्ण गौतमले परिचय दिनुभएको थियो । कार्यक्रम कोषका अध्यक्ष काजी रोशनको अध्यक्षता, सदस्य शकुन्तला शर्माको स्वागत मन्तव्य र टेकनारायण शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । अञ्चल अस्पताल बागलुङमा १६ वर्ष सेवा गर्नुभएका डाक्टर पौडेलले स्थापना गर्नुभएको कोषमा अहिले करिव ६ लाख रुपियाँ भन्दा वढी रकम संकलन भइसकेको कोषले जनाएको छ । डाक्टर पौडेलले आफुले पाएको पुरस्कारको रकमबाट सो कोषको स्थापना गर्नुभएको हो ।  साभार : www.bikalpanews.com

रविना वोहोरा