४७ औ थाकखेलकुद जारी ‘राष्ट्रिय टिमकी खेलाडी अरुणा मुस्ताङमा

  • ३१ भाद्र २०७४, शनिबार
  • 7587 पटक पढिएको

सुन्दर कुमार थकाली,मुस्ताङ  जिल्लाको आन्तरिक खेलकुद बिकास तथा संस्कृति बचाउँ अभियानमा जुटेको मुस्ताङको जेठो खेलसंस्था थाकखेलकुद तथा सास्कृतिक बिकास संघद्धारा आयोजित ४७ औ थाकखेलकुद प्रतियोगिताको रौनकता बढेको छ ।मुस्ताङको तल्लोक्षेत्र जोमसोम देखि म्याग्दी र मुस्ताङको सिमाक्षेत्र सम्मपर्ने घाँसा लगायत ८ गाउँका यूवाबर्ग बीचको समन्वय र सहकार्यमा जारी प्रतियोगिता सुरु भएको हो ।लामो ईतिहाँस र कालखण्ड छिचोल्दै आएको थाकखेलकुद तथा सास्कृतिक बिकास संघले अलगअलग गाउँका यूवाबीचमा आत्मियत सम्वन्ध बढाई खेलकुदक्षेत्रको प्रर्वधन गर्न योगदान दिएको छ ।यस प्रतियोगिताको दौरानमा परम्परागत तारखेल,मिस मुस्ताङ र बिविध सास्कृतिक कार्यक्रम समाबेश गरिदै छ ।

नयाँ प्रावधान अनसार संञ्चालन गरिएको यसपल्टको महिला भलिबल खेल्न पश्चिमाञ्चल राष्ट्रिय टिमकी खेलाडी अरुणा शाही मुस्ताङ आएकी छिन् ।उनी निर्मल स्पोटिङ यूवाक्लवको तर्फबाट थाकभलिबल खेल्दैछिन् । घरपझोङ गाउँपालिका ३ स्याङ गाउँमा जारी थाकखेलकुद प्रतियोगिताको बिहिवार व्यवस्थापिका संसदका माननीय सभासद महेन्द्र शेरचनले उद्घाटन गरे ।सो अवसरमा शेरचनले जिल्लाको आन्तरिक खेलकुदको बिकासले मात्र दिगो बिकास संम्भव हुँने बताए।उनले खेलकुदको माध्यमले मात्र व्यक्तिको सर्वाङ्गिण बिकासमा टेवा पू¥याउँने भएकाले खेलकुदको उत्थान हुँन जरुरी भएको स्पष्ट पारे।‘आधा सताब्दी लामो ईतिहास बन्दै गरेको थाकखेलकुद मुस्ताङको गौरवशाली खेल ईतिहाँस हो,यसको समूत्थानका लागि सबैक्षेत्रको एक्येबद्धता र सहाकार्य रहन्छ‘शेरचनले भने‘मोफसलको खेलकुदलाई उत्पादनमूखी र व्यवसायमूलक बनाई राष्ट्रप्रति योगदान दिने सक्ने भिजन निर्माण हुँनसकेमा थाकखेलकुदको उचाई बढ्ने छ ।

’कार्यक्रममा प्रजिअ रामचन्द्र तिवारी,थाकखेलकुदका पूर्व अध्यक्ष प्रेम प्रसाद तुलाचन,घरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकाली र मुस्ताङ उद्योग बाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचन लगायतले थाकखेलकुदको बिकास र संरक्षणबारे बोलेका थिए । लिग सिस्टममा स्कोरिङको आधारमा खेलाईएको प्रतियोगितामा पूरुषतर्फको पहिलो सेमीफाईनलमा अन्नपूर्ण यूवाक्लव ताक्लुङ र सिक्ससोल्टिज यूवाक्लव घाँसा र दोश्रो सेमीफाईनलमा धौलागिरी यूवाक्लव कोवाङ र निर्मल स्पोटिङ यूवाक्लव लेते फाईनलका लागि आमनेसामने भएका हुँन् ।जस अनुसार शनिवार भएको पहिलो सेमीफाईनलमा सिक्ससोल्टिजले अन्नपूर्णलाई २५—२१,२५—२० र २५—२० को सोझो सेटमा पराजित गरेको छ ।त्यस्तै पूरुषतर्फको दोश्रो सेमीफाईनलमा निर्मल स्पोटिङ यूवाक्लव लेतेले धौलागिरी यूवाक्लव कोवाङलाई २५—२३,२५—२१ र २५—८ को सोझो सेटमा पाखा लगाएको हो । पूरुषतर्फको अन्तिम फाईनल खेल आईतवार बिहान सिक्ससोल्टिज क्लव घाँसा भर्सेस निर्मल स्पोटिङ क्लव लेते बीच उपाधि भिडन्त हुदैछ ।

शनिवारनै भएको महिलातर्फको अर्को पहिलो सेमीफाईनलमा निर्मल स्पोटिङ यूवाक्लव लेतेले सिक्ससोल्टिज यूवाक्लव घाँसालाई २५—२२,२५—२३ र २५—२१ को सोझो सेटमा पाखा लगाएको छ ।त्यस्तै महिलातर्फको दोश्रो सेमीफाईन खेलमा मिलिजुली यूवाक्लव मार्फाले निलगिरी यूवाक्लव टुकुचेलाई हराएको छ ।मिलिजुलीले २५—१६,२८—२६ र २५—१४ को सोझो ३ सेटमा सजिलै पराजित गरेको हो । जारी प्रतियोगिताको महिला भलिबलतर्फ कुल ६ टिमले मात्र सहभागी जनाएका छन् ।थाकखेलकुद पूर्व निर्णयअनुसार जिल्ला बाहिरका खेलाडी पनि यसपटक सहभागी जनाउने मौका पाए ।निर्मल स्पोटिङ क्लव लेते,सिक्ससोल्टिज घाँसा,धौलागिरी यूवाक्लव कोवाङ र नीलगीरी यूवाक्लवले पूरै सेट टिमनै जिल्ला बाहिरबाट भित्र्याएको हो ।निर्मल स्पोटिङ क्लवमा पश्चिमाञ्चल टिमका अरुणा शाही सहितको टिम रहेको छ ।त्यस्तै अन्य टिममा म्याग्दी,बाग्लुङ र पर्वतका महिला खेलाडीले सहभागी जनाएका थिए ।यसअघिको ४१औ संस्करणमा पूरुषतर्फको भलिबल खेलमा १ जा राष्ट्रिय खेलाडी समाबेश गर्न पाउँने प्रावधान बनेको भएपनि खेलाडी बीचको बिवादका कारण सो प्रावधान हटाईएको थियो ।यसपटक महिला भलिबलतर्फको प्रतियोगितामा जिल्ला बाहिरका खेलाडी समाबेश गर्ने प्रावधानले स्थानीय खेलाडी ओझेल पर्ने भन्दै सो निर्णयको चर्को आलोचना भएको छ ।