वेष्ट पोइन्टमा खेलकुद सप्ताह शुरु

  • २७ भाद्र २०७४, मंगलवार
  • 2653 पटक पढिएको

म्याग्दी,२७ भदौँ । न्यु वेष्ट पोइन्ट आवासीय माविमा बृहत खेलकुद सप्ताह शुरु भएको छ । भदौ ३१ गते सम्म संचालन हुने कार्यक्रम २५ गते एक कार्यक्रमका बीच उद्घाटन भएको हो । सात दिन सम्म चल्ने कार्यक्रममा बिद्यार्थी तथा अविभाबकहरुका लागि विभिन्न खेलकुद समाबेश गरिएको छ । छात्र¬–छात्रा बास्केटबल प्रतियोगिता, छात्र–छात्रा भलिबल प्रतियोगिता, हाईजंप लंगजंप ट्रिपलजंप, ज्याभलिन थ्रो सट्पुट, रिल, १५०० र ३००० मिटर दौड, चेस, टेबल टेनिस लगायतका खेलहरु र अभिभाबकहरुको लागि भलिबल तथा अन्य मनोरञ्जनात्मक खेल समावेश गरिएको छ । कलेज तह र कक्षा ११ – १२ को लागि बिहानि सत्रमा खेल संचालन गरिएको छ । भने बिद्यालय तहको खेलकुद दिनमा संचालन भैरहेका छन् ।


खेलकुद सप्ताहको शुभारम्भ कार्यक्रम वेस्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालिका अध्यक्ष शिब कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका सदस्यहरु, शिक्षक अभिभाबक संघका सदस्यहरु लगायतको उपस्थिति रहेका कार्यक्रममा शिक्षक अभिभाबक संघका सदस्य हरि सुबेदीले मन्तब्य राखेका थिए । त्यसैगरी खेल शिक्षक दिपेन राइलाई अध्यक्षले सपथ गरेपछि राइले सदनका क्याप्टेन र भाइस क्याप्टेनन्हरुलाई सपथ गराएका थिए ।


अध्यक्ष श्रेष्ठले खेलकुद सप्ताहको सभारम्भ गर्दै, खेल शिक्षक राइलाई सिठी र बल प्रदान गरेर सप्ताहको समुद्घाटन भएको कार्यक्रममा बिद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा बिद्यालयका प्रिन्सिपल डा. लाल रापचाले स्वागत र संचालन शिक्षक कृष्ण जिसीले गरेका थिए ।


वेष्ट पोइन्ट आवासीय माविले हरेक वर्ष बिजया दशमिको अबसरमा खेलकुद सप्ताह मनाउदै आइरहेको छ । सात दिन सम्म चल्ने सप्ताह कार्यक्रमले ओलिम्पिकको प्रतिविम्व गरि समापन गरिने छ । खेलको दोश्रो दिन सम्म आइपुग्दा कलेज तर्फको छात्रा भलिबल सम्पन्न भएको छ भने बिद्यालय तर्फको छात्रा र छात्र भलिबल सम्पन्न भएको छ । तेस्रो दिन देखि कलेज तर्फको बास्केटबल र बिद्यालयतर्फको फिल्ड तर्फका खेल संचालन हुने खेल शिक्षक दिपेन राईले बताए ।