एसईमा उतकृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान

  • २३ भाद्र २०७४, शुक्रबार
  • धिरन खत्री
  • 2001 पटक पढिएको

म्याग्दी २३ भदौँ ।३८ औ राष्ट्रिय शिक्षा दिवसको अवसरमा उतकृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मान गरिएको हो । सरकारी तथा निजि विद्यालयबाट एसर्ई परिक्षामा उतकृष्ट जिपिए ल्याउनेलाई जिल्ला शिक्षा कार्यालयबाट सम्मान गरिएको हो ।


सरकारीबाट ३. ६५ ल्याउने प्रकाश माविका छात्रा सोनी जोशि र ३.५५ जिपिए ल्याउने छात्रहरु जनप्रिय मावि दरबाङका बालकृष्ण सापकोटा, जामुनाखर्क माविका आयुष खड्का, राष्ट्रिय माविका अमृत पुरी, बेनी सामुदायिक माविका प्रेमसागर पौडेल सम्मान गरिएको थियो । भने निजि विद्यायबाट बेनी आवासिय माविबाट ३.८० जिपिए ल्याउने सुर्तिप्रतिभा गौतम र न्यु वोष्ट पोईन्टबाट ३.७५ जिपिए लिना तिलिचा, बेनी आवासिय माविका सन्देशप्रसाद पौडेल र न्यू वोष्ट पोईन्ट माविका लेलिन गर्वुजालाई नगद सहित मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो। कार्यक्रमका अतिथि जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी लगायतलो उतकृष्ट विद्यालय तथा विद्यार्थीलाई सम्मान गरिएको थियो ।


सो कार्यक्रमको अवसरमा मोना हङकङले स्थापना गरेको फन्टबाट २०७३ एसई परिक्षामा सरकारी विद्यालयबाट उतकृष्ट जिपिए ल्याउने विद्यालय तथा विद्याथीलाई सम्मान गरिएको छ । उतकृष्ट जिपिए ल्याउने छात्रा प्रकाश माविकी सोनी जिशिलाई नगद ४० हजार सहित सम्मान गरिएको थियो । भने ३.५५ समान जिपिए ल्याउने छात्रहरु जनप्रिय मावि दरबाङका बालकृष्ण सापकोटा, जामुनाखर्क माविका आयुष खड्का, राष्ट्रिय माविका अमृत पुरी, बेनी सामुदायिक माविका प्रेमसागर पौडेल नगद १० हजार सहित सम्मान गरिएको थियो । भने उतकृष्ट नतिजा ल्याउने प्रकाश माविलाई १० हजार र समान ३.५५ जिपिए ल्याउने विद्यालय जनप्रिय मावि दरवाङ, जमुनाखर्क मावि, राष्ट्रिय मावि, बेनी सामुदायिकलाई नगद २ हजार सहित सम्मान पत्रले मोनाका संरक्षक सुवासकुमार श्रेष्ठ र फन्टका सहसचिव रमेश गिरिले ३८ औँ राष्ट्रिय शिक्षा दिवसको अवसरमा वितरण गरिएको थियो । कार्यक्रम आयोजना गरेको धौलागिरि माविलाई नगद ७ हजारले सम्मान गरेको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l