म्याग्दीमा दशनामी समाज गठन

  • १८ भाद्र २०७४, आईतवार
  • 2045 पटक पढिएको

म्याग्दी, १८ भदौ । म्याग्दीमा आईतबार नेपाल दशनामी समाज गठन भएको छ । बेनीमा भएको प्रथम भेलाले ज्ञान गिरीको अध्यक्षतामा समाजको जिल्ला कार्यसमिति गठन भएको हो ।

समाजको उपाध्यक्षमा ओम गिरी, सचिवमा पिपल पुरी, कोषाध्यक्षमा सुनिता गिरी, सदस्यहरुमा प्रेम गिरी, कर्ण गिरी, राजेन्द्र गिरी लगायत रहनुभएको छ । समाजका केन्द्रिय उपाध्यक्ष टंकु गिरी, केन्द्रिय सदस्य तारा गिरी, सल्लाहकार हरिनाराण गिरीको उपस्थितीमा भेला सम्पन्न भएको थियो ।

गिरी, पुरी, वन, सन्यासी लगायत दशनामी समुदायलाई संगठित गरी संस्कार, संस्कृती, रितीथितीको संरक्षण गर्ने उद्देश्यले समाज गठन गरिएको प्रेम गिरीले बताउनुभयो ।