यसरी गरियो म्याग्दीका सबै लायन्स क्लवको पद हस्तान्तरण –(फोटोफिचर)

  • ८ श्रावण २०७४, आईतवार
  • धिरन खत्री
  • 2351 पटक पढिएको

म्याग्दी,८ साउन । म्याग्दीमा रहेका सम्पुर्ण लायन्स क्लबहरुको सँयुक्त रुपमा पद हस्तान्रण कार्यक्रम सम्पन्न गरिएको छ । समाज सेवामा सहयोग गर्ने उद्देश्यले म्याग्दीमा स्थापित आठ ओटा लायन्स क्लबहरुले नवनिर्वाचित अध्यक्षहरुलाई सयुक्त रुपमा पद हस्तान्तरण गरेका हुन ।


लायन क्लव अफ २०१६÷०१७ का अध्यक्षहरुले २०१७÷१८ का अध्यक्षहरुलाइृ पदहस्तान्तरण गरेका हुन् । आठ ओटा लायन्स क्लवहरुले २०१७÷१८ का लागि निर्वाचि भएका लायन्स क्लव अध्यक्षहरुलाई उप–मेयर सन्जु बरुवालले पद हस्तान्तरण गर्नुभएको हो । लायन्स क्लव अफ बेनी म्याग्दीको अध्यक्षमा  अमर बानियाँ, लायन्स क्ल्व अफ म्याग्दी दोभानको अध्यक्षमा लायन गिता रिजाल, लायन्स क्लब अफ बेनी सिटीको अध्यक्षमा ईश्वरकुमार श्रेष्ठ, लायन्स क्लव अफ म्याग्दी दरबाङको अध्यक्षमा  यममति रोका, लायन्स क्लव अफ बेनी मल्लाजको अध्यक्षमा  दिलिप बरुवाल, लायन्स क्लव अफ बेनी पिस सिटिको अध्यक्षमा  राजेश शाक्य, लायन्स क्लव अफ बेनी महारानीको अध्यक्षमा  प्रमिला जोशी श्रेष्ठ, लियो क्लव अफ बेनी म्याग्दीको अध्यक्षमा  निर्मल खत्रीलाई पद हस्तान्तरण गरिएको हो ।


हालसालै स्थापना भएका २ नव गठित लायन्स क्लव अफ बेनी पिस सिटि र लायन्स क्लव अफ बेनी महारानीलाई डिसटिक गोर्भनर लायन धनराज आचार्य र लायन बालकृष्ण बुर्लाकोटीले क्लवलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।
नवनिर्वाचित लायन्सका अध्यक्षहरुलाई पद हस्तान्तरण गर्दै प्रमुख अतिथि बेनी नगरपालिकाको उप–मेयर सन्जुृ बरुवालले सम्पुर्ण निर्वाचित अध्यक्षलाई बधाई दिदै लायन्स क्लवको नियममा रही समाजमा हुने विभिन्न समस्यामा सक्रिय रुपमा काम गर्न क्लवका सबै तत्पर रहन आग्रह गर्नुभएको थियो । लायन्स क्लवबाट विगतमा भएका राम्रा कामलाई निरन्तरता दिदै समाजमा विकास कार्यलाई हातेमालो गर्दै थप नयाँ योजना सहित अगाडी बढ्न सुझाव दिनुभएको थियो । त्यस्र्त कार्यक्रममा विशिष्ट अतिथि डिर्सिट गोभनर लायन धनराज आचार्य र बालकृष्ण बुर्लाकोटीले लायन्सको अन्तराष्ट्रिय विधि विधान अनुसार क्लवलाई समाजमा छुट्टै पहिचान कायम गर्न यहाँहरुको भुमिका महन्वपुर्ण हुनेमा जोड दिएका थिए ।


पद हस्तान्तरण कार्यक्रममा २०१६÷१७ का अध्यक्षहरु ठाकुरप्रसाद शर्मा, दिलिप बरुवाल, लक्ष्मी भण्डारी, देवेन्द्र भण्डारी, हिराबहादुर पुन, सुविन श्रेष्ठ, लक्ष्मण केसीले आफ्नो कार्यकालमा भएका गतिविधिहरु प्रस्तुत गरेका थिए।


पद हस्तान्तरण कार्यक्रमा लायन ठाकुरप्रसाद शर्माको अध्यक्षता, लायन सन्तोष रावलको स्वागत मन्तव्य र लायन विनय श्रेष्ठको संचालन भएको कार्यक्रममा लायन्स क्लवका सदस्यहरु,विभिन्न सघंसंस्थाका प्रतिनिधि तथा पत्रकारहरुको उपस्थित भएको थियो ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l