अन्नपूर्ण गाउँपालिकाको निती तथा कार्यक्रम र बजेट यस्तो छ । (पूर्ण पाठ सहित)

  • २ श्रावण २०७४, सोमबार
  • 5794 पटक पढिएको

              अन्नपूर्ण गाउँपालिका

आर्थिक बर्ष २०७४/०७५ को नीति तथा कार्यक्रम

म्याग्दी जिल्ला
प्रदेश नं. ४
२०७४

 

गाउँसभामा अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्या डम वहादुर गर्बुजाद्धारा प्रस्तुत नीति तथा कार्यक्रम  (पूर्ण पाठ सहित)

अन्नपूर्ण गाउँपालिकाको गाउँसभाका अध्यक्ष ज्यू,
प्रमुख अतिथि ज्यू,
विशेष अतिथि, ज्यू,
उपस्थित सम्पुर्ण अतिथिगणहरु,
गाउँसभाका सदस्यहरु,
सम्पुर्ण कर्मचारीहरु
पत्रकार मित्रहरु तथा
उपस्थित सम्पुर्ण बुबा, आमा, दाजु भाई तथा दिदीवहिनीहरु ।

नेपालको संविधान, २०७२ जारी भई उक्त संविधानले व्यवस्था गरे बमोजिम देशमा संघीयता कार्यान्वयनमा आएको छ । लामो समयसम्मको आम नेपाली जनताको प्रतीक्षा, दश बर्षे सशस्त्र संघर्ष, २०६२÷०६३ को जनआन्दोलन, मधेश आन्दोलन, दलित–जनजाति आन्दोलन, दुईपटकसम्म भएको संविधानसभाको निर्वाचन भई जनताका प्रतिनिधिले नै संविधानको निर्माण तथा जारी गरी हाल कार्यान्वयनमा रहेको छ । संविधानले सुनिश्चित गरेका प्रावधानहरुलाई व्यवहारतः रुपान्तरण गर्ने क्रममा स्थानीय तहको निर्वाचन, २०७४ सम्पन्न भई आज हामी अन्नपूर्ण गाउँपालिकामा स्थानीय सरकारको रुपमा रही यो कार्यक्रममा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा निकै हर्षीत भएका छौँ ।

देशलाई यस स्थितमा ल्याइपुर्याउन आफ्नो प्राणोत्सर्ग गर्ने सम्पुर्ण महान सहीदहरु, जनआन्दोलनका घाइतेहरु, द्वन्द्वपीडितहरु तथा देशमा गणतन्त्र तथा संघीयता स्थापना गर्न अहम भुमिका खेल्ने सम्पुर्ण ज्ञात अज्ञात व्यक्तिहरुलाई सम्झन चाहन्छौँ । संघीयता र स्थानीय सरकार मार्फत गाउँगाउँमा सिंहदरबारको सेवा प्रवाहलाई मुर्तरुप दिने जिम्मेवारी हाम्रो काँधमा आएको छ । यो हाम्रो लागि अवसर र चुनौति दुवै हो । अधिकार, स्रोत साधन, बजेट, उत्तरदायित्व र जवाफदेहिता समेत स्थानीय तहमा स्थानान्तरण भई तल्लो निकायलाई अधिकारसम्पन्न बनाउने प्रयास गरिएको छ, जुन स्वागतयोग्य छ ।

अध्यक्ष महोदय तथा उपस्थित सम्पुर्ण महानुभावहरु,
अव म यस अन्नपूर्ण गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

१.झन्डै दुई दशक देखि रिक्त स्थानीय निकाय (हाल तह) को निर्वाचन भई जनप्रतिनिधि विहीन अवस्थाको अन्त्य भएको छ । अवका दिनमा अन्नपूर्ण गाउँपालिकाको स्थानीय सरकारले विकट भौगोलिक अवस्थितिमा रहेको यस गाउँपालिकामा सर्वसाधारण जनताले प्रत्यक्ष अनुभुित गर्ने खालका योजना तर्जुमा गर्ने, स्थानीय जनतालाई योजना तर्जुमा साथै कार्यान्वयनमा प्रत्यक्ष सहभागी गराउने, मागमा आधारित र यस क्षेत्रको माटो सुहाउँदो कार्यक्रम तथा विकास गतिविधिहरु सञ्चालन गरी यस क्षेत्रका जनताको गरिवी न्युनीकरण गर्दै आर्थिक–सामाजिक समृद्धि हासिल गर्ने प्रमुख नीति लिइएको छ ।

 

२. नेपाल कृषि प्रधान देश हो । हाम्रो गाउँपालिका पनि कृषि पेशमा नै आत्मनिर्भर भएकाले परम्परगत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै ब्यवसायीकरण गर्ने नीति तथा कार्यक्रमहरु अगाडि बनाईनेछ । बेमौसमी खेती तथा मौसम अनुकूल समयमा उत्पादन हुने आलु, मकै लगायतका अन्नको उत्पादन बढाउने तर्फ आवश्यक कार्यक्रमहरु सञ्चालन गरिनेछ । घुम्ती खेती प्रणालीलाई प्रोत्साहन गर्दै जमिन बाँझो छोड्ने प्रबृत्तिलाई निरुत्साहित गरिनेछ । जनताको खाद्यसुरक्षाको अधिकारलाई सार्थकता दिन तथा त्यसमा गुणस्तर कायम गर्नेतर्फ थप पहल गरिनेछ । पशुपालनको रुपमा भेडा, च्यांग्रा तथा चौँरी गाईको व्यवसायिक उत्पादन गरी पशुजन्य उत्पादन अभिवृद्धि गर्नेतर्फ कार्यक्रमहरु ल्याइनेछ ।

३. अन्नपूर्ण गाउँपालिकाको सम्पुर्ण क्षेत्र नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य हो । पदमार्गको विकास गर्न सके यो क्षेत्रमा आउने स्वदेशी तथा विदेशी पर्यटकहहरु एवं अनुसन्धानको लागि आउने अनुसन्धानकर्ताहरुको संख्यालाई समेत दोब्बर बनाउन सकिन्छ । त्यसका लागि पर्यटकीय मार्गहरुको बाटो सुधार गर्ने, होटल तथा अन्य सेवा उद्योगहरुको संख्या वृद्धि गर्ने, ट्रेकिङ रुटमा होमस्टे हाउस निर्माण गर्ने, पदयात्रीहरुको जानकारीका लागि ठाउँठाउँमा पर्यटकीय जानकारीहरु सहितका वोर्डहरु राख्ने कार्य सम्पन्न गरिनेछ । यस क्षेत्रको सांस्कृतिक तथा स्थानीय कलाकृति तथा रितिरिवाजको संरक्षण, सम्वद्र्धन र प्रवद्धन गर्ने लगायतका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

४. उर्जा विकासको महत्वपुर्ण पुर्वाधार हो । यस गाउँपालिका क्षेत्रभित्र वातावरणमैत्री उर्जाको प्रयोगमार्फत यस गाउँपालिकालाई समृद्ध बनाउन प्रयास गरिने छ । आगामी दिनमा वनजंगल तथा वातावरण जोगाउन वैकल्पिक उर्जामार्फत दाउराको प्रयोगलाई क्रमशः विस्थापन गर्ने नीति लिइनेछ ।

५. “उज्यालो घर, अन्नपूर्णको भर” कार्यक्रम संचालन गरि विद्युतको भरपर्दो व्यवस्था गर्न विगतमा यस क्षेत्रमा सञ्चालनमा रहेका लघुजलविद्युत आयोजनाहरु तथा हाल निर्माणधीन आयोजनाहरु मार्फत स्थानीय जनतालाई विद्युत उपभोगको प्रवन्ध मिलाउनेतर्फ उर्जा मन्त्रालय, नेपाल विद्युत प्राधिकरण तथा अन्य दातृ निकायहरुसँग सहकार्य गरी यस गाउँपालिकाको अवको पाइला ुजलविद्युत तर्फ पनि केन्द्रित हुनेछ ।

६. सुचना र सञ्चार प्रविधिविना समृृद्ध समाजको परिकल्पना गर्न सकिँदैन । भरपर्दो संचार व्यवस्था हुन नसक्दा यहाँका जनता समय समयमा सञ्चारविहीन हुँनुपरेको अवस्था विदितै छ । यसका लागि नेपाल टेलिकम लगायत अन्य सेवा प्रदायकहरुसँग छलफल गरि ल्याण्ड लाईन टेलिफोन तथा आवश्यक टावरहरुको बिस्तार गर्ने कार्यलाई अगाडी बढाइने छ । अन्नपूर्ण गाउँपालिकाको सेवा प्रवाहलाई पूर्ण रुपमा ईन्टरनेट मार्फत प्रदान गर्न , प्रत्येक वडा कार्यालयहरुमा समेत इन्टरनेट सेवा पुर्याउन तथा सुचना प्रविधिको विकासका अन्य सम्भावनाबारे विभिन्न सरकारी तथा गैरसरकारी निकाय सँग समन्वय गरिनेछ ,साथै राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनः सँग समन्वय गरिनेछ । सूचना, तथ्याङ्क तथा अभिलेख ब्यवस्थापनलाई उच्च प्राथमिकता दिईनेछ ।

७. गाउँपालिका क्षेत्रभित्र रहेका दलित, अल्पसंख्यक, अपांग, महिला लगायत लक्षित वर्गका लागि सशक्तिकरण गर्ने खालका कार्यक्रमहरु ल्याइनेछ । उनीहरुलाई समाजको मुल धारमा ल्याउने, निर्णय प्रक्रियामा महत्वपुर्ण भुमिका खेल्ने, आफुले संविधान तथा कानुनबमोजिम पाउने हक अधिकारबारे जानकारी गराउने लगायतका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
८. मानव अधिकारको उच्च सम्मान गर्दै कानूनी शासनको मान्यतालई आत्मसात गरिनेछ । सामाजिक न्याय सहितको समतामूलक समाजको स्थापना गर्ने नीति लिईनेछ । शान्ति र सुरक्षालाई उच्च प्राथमिकता दिई सुरक्षा क्षेत्रसँग सम्बद्ध सबै निकायहरुसँग समन्वय तथा सहकार्य गर्ने नीति अवलम्बन गरिनेछ ।

९. अवको विकास अपांगमैत्री, वालमैत्री, महिलामैत्री वनाउनेतर्फ नीति अङ्गिकार गरिनेछ । अपाङ्गता भएका ब्यक्तिहरुलाई सामाजिक सुरक्षावापतको रकम पाएनपाएको सम्बन्धमा खोजी गरी नपाएको खण्डमा पाउने व्यवस्था गरिनेछ । लैङ्गिक विभेद तथा दलित समुदायलाई गरिँदै आएको सामाजिक विभेदको अन्त्य गर्ने खालका कार्यक्रमहरु सञ्चालनमा ल्याइनेछ । साथै आदिवासी जनजाति, लोपोन्मुख समुदाय तथा अल्पसंख्यकहरुलाई समेत विकासको मुलधारमा ल्याउन पहल गरिनेछ ।

१०. सामाजिक सुरक्षा प्राप्त गर्ने व्यक्तिहरुको विवरण अनलाइन प्रणालीमा अद्यावधिक गरिनेछ । यस कार्यक्रम संघीय सरकार मार्फत सञ्चालन हुने भएपनि लाभग्राहीहरुको विवरण अनलाइन अद्यावधिक गर्नुका साथै सामाजिक सुरक्षा बापतको रकम बैकिङ प्रणली मार्फत समयमा नै प्राप्त गर्ने व्यवस्था मिलाइनेछ । पञ्जीकरणको कार्यलाई थप ब्यवस्थित गरिनेछ । जेष्ठ नागरिकहरुको आधारभूत हक, अधिकारको संरक्षण एवं सम्मानजनक र सन्तुष्टिपूर्ण जीवनयापनको लागि जेष्ठ नागरिकको सम्मान, अन्नपूर्णको शान कार्यक्रम सञ्चालन गरिने छ ।

११.गाउँपालिका भित्रका जनतालाई सुरक्षित खानेपानीको प्रवन्ध मिलाउनका लागि पहल गरिनेछ । आगामी दुई बर्षभित्र एक घर, एक धारा कार्यक्रम सञ्चालन गरी खानेपानीको अभाव भएका वस्तीहरुमा स्वच्छ खानेपानीको सुुविधा उपलब्ध गराउन खानेपानी आयोजनाहरु सञ्चालन गरिनेछ । फोहोरमैला व्यवस्थापन गर्ने, खानेपानीको शुद्धीकरण गरेर मात्र पिउने, सरसफाईमा ध्यान दिने संस्कारको विकास गर्ने तथा यस सम्बन्धमा सफा र स्वच्छ खानपान, अन्नपूर्णको पहिचान नारा लाई मुर्तरुप दिन कार्यक्रमहरु ल्याइनेछ ।

१२. शिक्षा जिवनको महत्वपूर्ण आधार हो । यसक्षेत्रका विद्यालयहरुमा बालबालिकाको विद्यालय छोड्ने दर कम गर्न तथा विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउनका लागि आवश्यक कार्यक्रमहरु ल्याइनेछ । वालमैत्री स्थानीय शासन कार्यक्रम लगायत वालमैत्री विद्यालय, खेल्दै सिक्दै लगायतका कार्यक्रमहरुलाई समावेश गर्दै लगिनेछ । विद्यालयको पुर्वाधार विकास, शिक्षकको पेशागत हकहित तथा कामप्रतिको प्रतिवद्धतामा वृद्धि गरी यस क्षेत्रको साक्षरता दर बृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गरिनेछ । आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी नमूनाको रुपमा सरकारी बिद्यालयहरुमा अंग्रेजी भाषाबाट समेत पठन–पाठन सुरु गर्न आवश्यक ब्यवस्था मिलाईनेछ । भौगोलिक बनावट तथा बिद्यार्थी संख्याको आधारमा बिद्यालय थप–घट गर्न, एकिकृत गर्न तथा समायोजन गर्नका लागि आवश्यक नीति बनाईनेछ ।

१३. स्वस्थ्य नै धन हो भन्ने मान्यतालाई आत्मसात गर्दै यस क्षेत्रमा स्वास्थ्य सेवा अभिवृद्धि गर्नेतर्फ पहल गरिनेछ । नेपाल सरकारको नागरिक स्वास्थ्य विमा कार्यक्रमलाई ब्यवस्थति बनाउदै “म स्वस्थ मेरो गाउँपालिका स्वस्थ” जस्ता कार्यक्रमहरुलाई अगाडि ल्याइनेछ । अत्यावश्यक औषधि तथा उपचारको सहज ब्यवस्थापन गर्नुका साथै वाल मृत्युदर तथा मातृमृत्युदर घटाउन महिला स्वयंसेविकाहरु र ग्रा.स्वा.का.हरुलाई परिचालन गर्न थप पहल गरिनेछ । युुवा युवतीहरुको लागि यौन तथा एच.आइ.भि. एड्स शिक्षा, सरुवा रोगहरुको नियन्त्रणका लागि प्रचारप्रसार लगायतका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
१४. नेपाल सरकारले हरेक गाउँपालिकामा १५ शैयाको अस्पताल बनाउने कार्यक्रम लिए अनुरुप यस गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माण गर्न पहल गरिनेछ ।

१५ स्वस्थ र सिर्जनशिल युवाका लगि खेलकुदको विकास गर्न सम्भाव्यता अध्ययन गरिनेछ र खेलकुद विकासका पूर्वाधार बनाउने कार्यलाइ तिव्रता दिइनेछ । प्रत्येक बर्ष अन्नपुर्ण अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गर्नका लागि ब्यवस्था मिलाईनेछ । युवाहरुलाई उपलब्ध स्रोत साधनको परिचालन गरी रोजगारी सिर्जनामार्फत गरिबी न्युनीकरण गर्ने, सिर्जनात्मक कार्यहरुमा उत्प्रेरित गर्ने, खेलकुदतर्फ प्रोत्साहन गर्ने खालका युवालक्षित कार्यक्रमहरु ल्याइने छ ।

 

१६. भौतिक पूर्वाधार विकास अन्य सबै विकासको आधारशीला हो । पूर्वाधार विकासका लागि जनसहभागिताको पाटो अपरिहार्य हुन्छ । जनताको स्वामित्व र अपनत्व कायम गर्न सकिएमा मात्र विकासले दिगोपना हासिल गर्न सक्दछ । त्यसका लागि “हाम्रो पूर्वाधार, हामी आफै बनाउछौँ” कार्यक्रमलाई अभियानको रुपमा बिकास गरिने छ ।

१७. यस क्षेत्रमा न्युन संख्यमा रहेका उद्योग तथा रोजगारीका अन्य अवसरहरुलाई ब्यापक खोजी गरी सम्भावना रहेका ढुंगा, गिटी, ब्लक उद्योग, काष्ठ उद्योग, पशुपालन उद्योग, पर्यटन उद्योग लगायत अन्य घरेलु तथा साना उद्योगहरुको प्रोत्साहन तथा बिकास गरिनेछ ।

१८. यस गाउँपालिका क्षेत्रमा सरकारी कारोबार गर्ने वैँक तथा वित्तिय संस्थाहरु सञ्चालनमा छैनन् । आगामी वर्षमा देशका सम्पुर्ण स्थानीय तहमा सरकारी कारोबार गर्ने वैँक तथा वित्तिय संस्थाहरु खोल्ने सरकारको घोषणालाई कार्यान्वयनमा ल्याउन सहजीकरण गरिनेछ । गाउँस्तरमा विभिन्न समुहमार्फत वचत गर्ने वानी बसाल्ने, ऋण लिएर लगानी गर्ने लगायतका कार्यमा सहजता ल्याउन स्थानीय स्तरमा सहकारी समुहहरु गठन गर्ने नीति लिइनेछ । वचत वृद्धि, पुँजी निर्माण, ऋण परिचालन मार्फत आम जनताको जीवनस्तरमा सुधार गर्ने तर्फ पहल गरिनेछ ।

१९. सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीहरुलाई कुनै प्रकारको विभेद नगरी उच्च प्राथमिकता दिई सेवा प्रवाह गरिनेछ । कार्यालयले आफै र आफ्नो मातहतका कार्यालयहरुमार्फत प्रवाह गर्ने सेवाको प्रभावकारिता, गुणत्मकता, गुनासो व्यवस्थापन, सार्वजनिक सुनुबाई, सामाजिक परिक्षण, नागरिक वडापत्र, सुचनाको हकको प्रत्याभूति, पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचार निवारण लगायतका कार्यहरुमार्फत सुशासन अभिवृद्धि गर्ने खालका कार्यहरुलाई प्राथमिकताका साथ कार्यान्वयन गर्दै लगिनेछ ।

२०. सेवा प्रवाह गर्ने कर्मचारीहरुलाई काम गर्ने खालको वातावरण सिर्जना गरिनेछ । साथै यो क्षेत्रमा सरकारी कर्मचारीहरु सँधै बसी उनीहरुमा जनताको सेवाभाव जागृत गराउने र गाउँपालिकाका निर्णयहरुलाई कार्यान्वयनमा ल्याउनका लागि तत्पर हुने अवस्थाको सिर्जना हुने वातावरण मिलाइनेछ । भौगोलिक क्षेत्रको बिकटता समेतलाई मध्यनजर गर्दे काम गर्नुपर्ने बाध्यता भएकाले आगामी दिनमा प्रोत्साहन भत्ताको व्यवस्था मिलाउनेतर्फ पहल तथा अध्ययन गरिनेछ । उचित र बस्तुनिष्ठ मुल्याङ्कनको आधारमा कार्यको प्रकृति हेरी कर्मचारीहरुलाई क्षमता बिकास तालिम, पुरस्कार तथा दण्ड–सजायको समेत ब्यवस्था मिलाईनेछ ।

२१. जलवायु परिवर्तनले विश्वलाई नै चुनौति दिइरहेको वर्तमान परिप्रेक्ष्यमा जलवायु परिवर्तनलाई तल्लो तहबाट नै सामना गर्ने खालका गतिविधीहरुलाई प्रोत्साहन गरिनेछ । जलवायु अनुकुलित विकास कार्यक्रमहरु सञ्चालन गरी हरित अर्थतन्त्रको प्रवद्र्धन गर्न पहल गरिनेछ । यस क्षेत्रभित्र विद्यमान र आउन सक्ने प्रकोप तथा विपदहरुलाई समेत ध्यानमा राखी जलवायु परिवर्तनसँग सम्बन्धित क्षेत्रमा कार्य गर्ने विभिन्न निकायसँग सहकार्य गरि अगाडि बढ्ने नीति अख्तियार गरिनेछ ।

२२. वातावरणीय सन्तुलन र मानवीय सुरक्षा लगायतका विषयमा कार्यक्रमहरु सञ्चालन गरिनेछ । प्राकृतिक प्रकोपसँग जुध्न सक्ने खालका कार्यक्रम सञ्चालन गर्ने, नदी नियन्त्रण, पहिरो नियन्त्रण, जलाधार संरक्षण, बन फडानी नियन्त्रण, बनजन्य चोरी–निकासी र बन पैदावार नियन्त्रण, बृक्षारोपण कार्यक्रम, फोहोरमैला व्यवस्थापन, जल उत्पन्न प्रकोप नियन्त्रण लगायतका विषयलाई महत्वका साथ सम्बोधन गरिनेछ ।

२३. यस क्षेत्रमा उठ्ने राजस्वलाई थप व्यवस्थित गरि राजस्व परिचालन तथा राजस्व चुहावट नियन्त्रणमा जोड दिइनेछ । उठ्ने राजस्व वाँडफाडको लागि संघीय सरकार, प्रदेश सरकार तथा अन्य विभिन्न निकायसँग समन्वय गरिनेछ ।
२४. आर्थिक वर्षको अन्त्यमा आएर असारे विकास गर्ने परिपाटीको अन्त्य गर्दै आर्थिक वर्षको शुरुमा नै योजना बनाएर काम गर्न शुरु गर्ने र समयमा नै गाउँपालिकाका कार्यक्रमहरु सम्पन्न गरिनेछ । यस का साथै नेपालीहरुको नयाँ बर्ष बैशाख १ गते देखि नयाँ आर्थिक बर्ष कायम गर्न अन्य स्थानीय तह,प्रदेश सरकार तथा केन्द्र सरकार समक्ष छलफल प्रक्रियालाई अगाडी बढाईने छ ।
२५. “कृृषि, बन, पर्यटन र जलस्रोतले सम्पन्न
शान्त, सुन्दर, हरियाली, हाम्रो राम्रो अन्न्पूर्ण” नारालाई मूल नाराको रुपमा लिई विकास ब्यवस्थापन, दिगो विकास र सुशासनको प्रत्याभूति हुने वातावरणको सिर्जना गरिने छ ।
२६. सबै समस्याहरुको समाधान एकैपटक सम्भब छैन र हुनै सक्दैन । यसका लागि अन्य स्थानीय तहहरु, प्रदेश सरकार, केन्द्र सरकार तथा सरकार बाहेकका अन्य क्षेत्रहरु निजी क्षेत्र, गैर सरकारी संस्थाहरु, दातृ निकायहरु, नागरिक समाज, प्रबुद्ध वर्गहरु तथा विकास साझेदारहरुसँग सम्वाद, सहकार्य र सहभागिताको नीति अबलम्बन गरिनेछ ।
२७. अन्त्यमा यी सबै बिविध पक्षहरुमा महत्वपूर्ण सहयोग पुर्याउनुहुने सबै राजनीतिक दलहरु, राष्ट्रसेवक कर्मचारीहरु,सुरक्षाकर्मीहरु, निजी क्षेत्र, नागरिक समाज, सञ्चार जगत तथा सम्पूर्ण अन्नपूर्णबासी दाजु भाई तथा दिदी बहिनीहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

सबै अन्नपूर्णबासीहरुको जय होस ।
धन्यवाद ।

अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष केसमायाँ तिलिजा ज्यूले प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०७४/०७५ को बजेट वक्तब्य

अन्नपूर्ण गाउँपालिका
म्याग्दी जिल्ला
प्रदेश नं. ४
२०७४

 

अध्यक्ष महोदय,

१. नेपालको संविधान २०७२ ले गरेका ब्यवस्था बमोजिम स्थानीय तहको निर्वाचन भई स्थानीय सरकारको हैसियतले इतिहाँसमा नै पहिलो पटक अन्नपुर्ण गाउँपालिकाको आफ्नो नीति तथा कार्यक्रम एबं बजेट आपैm बनाउन र घोषणा गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । यो गौरवपूर्ण अवसरमा जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन, दलित तथा जनजाति आन्दोलन लगायतका संघर्षहरुमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु । साथै घाईते तथा बेपत्ता नागरिकप्रति सम्मान प्रकट गर्दछु । राजनैतिक–सामाजिक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने सबै अग्रजहरुप्रति सद्भाव प्रकट गर्दछु ।

२. साँढे २ दशकदेखि रिक्त स्थानीय निकाय (तह) को निर्वाचनमा सक्रियता पूर्वक मतदान प्रकृयामा सहभागी भई आफ्नो अमुल्य मत प्रदान गर्नुहुने सबै अन्नपुर्ण बासी दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । साथै निर्वाचन प्रकृयालाई सफल र सार्थक बनाउन भूमिका खेल्नुहुने सबैप्रति धन्यबाद र कृतज्ञता प्रकट गर्दछु ।

३. सीमित साधन र स्रोत, असिमीत जनअपेक्षा र आवश्यकता, चरनबद्ध छलफलका लागि कम समय तर तोकिएको समयभित्रै कार्य सम्पन्न गरिसक्नुपर्ने बाध्यता, नीतिगत अन्यौलता, स्थानीय तहको कमजोर भौतिक संरचना, दरबन्दी भन्दा अत्यन्तै न्युन संख्यामा कर्मचारी उपलब्धता लगायतका नीतिगत, कानूनी, मानवीय, भौतिक, ब्यवस्थापकीय एबं अन्य वातावरणीय ब्यवधान र चुनौतिहरुको समाना गर्दै तथा यी चुनौतीहरुलाई अवसरको रुपमा लिँदै आज यो सम्मानित सभा समक्ष अब म आ.ब.२०७४÷०७५ को लागि बार्षिक बजेट तथा कार्यक्रमहरु प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

४. इतिहाँसमा पहिलो पल्ट र त्यसमा पनि अत्यन्तै छोटो र तिब्र तयारीकासाथ तयार पारिएको यो बजेटमा संविधानमा उल्लेखित मौलिक हकहरु संघीय सरकारले अङ्गिकार गरेका नीति तथा प्राथमिकताहरु आवधिक योजनाले समेटेका बिषयहरु स्थानीय तहका बिकासका समसामयिक मुद्दाहरु आम जनताले उठाएका आवजहरु लगायत बिभिन्न बिषयगत समितिहरुबाट प्राप्त सुझावहरुलाई स्रोत समेतलाई समेट्ने प्रयास गरेको तछु ।

अध्यक्ष महोदय,
५. अब म सर्वप्रथम बिनियोजन र स्रोतको ब्यवस्था सम्बन्धी योजना प्रस्तुत गर्दछु । आगामी आर्थिक बर्षका लागि कूल रकम रु.२३ करोड २९ लाख ६२ हजार रुपैयाँ बिनियोजन गरेको छु । जसमध्ये केन्द्र सरकारबाट बित्तीय समानीकरणमा रु. १४ करोड ४ लाख ९४ हजार तथा सशर्त अनुदान तर्पm ८ करोड २१ लाख ९३ हजार प्राप्त हुन आएको छ । भने अन्नपुर्ण गाउँपालिकाको आन्तरिक आयबाट आ.ब.२०७४÷०७५ मा ४४ लाख ६५ हजार तथा जनसहभागिताबाट १० लाख प्राप्त हुने अपेक्षा सहित बिनियोजन गरेको छु । साथै स्थानीय बिकास मन्त्रालयबाट आ.ब.२०७३÷०७४ को अन्त्यमा फ्रिज नहुने गरी प्राप्त भएको पूँजीगत अनुदान रु.४८ लाख समतेलाई यो बजेटमा समाबेस गरेको छु ।

६. सशर्त अनुदान बापत प्राप्त कूल रकम रु.८ करोड २१ लाख ९३ हजार केन्द्रबाट नै बिभाजन भई आईसकेको छ । जसमा शिक्षा मन्त्रालय अन्तर्गतबाट साबिकमा सञ्चालित सबैका लागि शिक्षा आधारभूत तह (आधारभूत तहका शिक्षक तलब भत्ता), माध्यमिक तह (शिक्षक तलब भत्ता) र बिद्यालय क्षेत्र बिकास कार्यक्रम अन्तर्गतका कार्यक्रमहरु रहेका छन् । त्यसैगरी स्वास्थ्य मन्त्रालय अन्तर्गतबाट साबिकमा सञ्चालित स्वास्थ्य सँस्थाहरुको सञ्चालन खर्च तथा तलब भत्ता केन्द्रीय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार कार्यक्रम, क्षयरोग नियन्त्रण कार्यक्रम,आयुर्वेद सेवा कार्यक्रम, एकिकृत जिल्ला स्वास्थ्य कार्यक्रम, परिवार स्वास्थ्य कार्यक्रम, औषधि, भ्याक्सिन, सामग्री प्याकिङ्ग र ढुवानी बापतको रकम लगायतका कार्यक्रमहरुलाई पनि सशर्त अनुदानभित्रै समाबेस गरेको छ । त्यस्तै कृषि बिकास मन्त्रालय र पशु बिकास मन्त्रालय अन्तर्गतको एक स्थानीय तह एक प्राबिधिक कार्यक्रम अन्तर्गतको कार्यक्रम प्राबिधिकको तलब र पोशाक भत्ता समेत यसै अनुदानमा बिनियोजन गरिएको छ ।

 

अध्यक्ष महोदय,
कूल बजेट सीमाबाट अनुदान बापतको रकम घटाउँदा कायम हुन आउने रकम रु.१५ करोड ७ लाख ६९ हजारमध्ये चालु खर्च बापत करिब ४४% अर्थात ६ करोड ६० लाख ९० हजार र बाँकी ५६% अर्थात ८ करोड ४६ लाख ७९ हजार पूँजीगत खर्च बापत बिनियोजन गरेको छु । यो पूँजीगत खर्चलाई पनि क्षेत्रगत आधारमा आर्थिक बिकास, पर्यटन बिकास, पूर्वाधार बिकास, वातावरण तथा बिपत ब्यवस्थापन, बिकास र सँस्थागत बिकास तथा सेवा प्रभाह गरी ५ क्षेत्रमा बिभाजन गरी बिनियोजनको ब्यवस्था मिलाएको छु । अब म विभिन्न बिषयगत शीर्षक अनुसारको बजेट बिनियोजन प्रस्तुत गर्न चाहन्छु ।

आर्थिक बिकास ः—
७. यस शीर्षक अन्तर्गत कृषि, उद्योग तथा वाणिज्य, पर्यटन, सहकारी र बित्तीय क्षेत्र पर्दछन् । जसका लागि यस आ.ब.मा वडा नं.१ दोबा अन्तर्गत ः—सुन्तला खेती तालिम, पशु बिमा तालिम, माटो परीक्षण शिबिर, पशु स्वास्थ्य शिबिर, वडा नं.२ भुरुङ तातोपानी अन्तर्गत ः— आय आर्जनको लागि घुम्तीकोष मार्पmत बिउ पूँजी कार्यक्रम, ब्यवसायिक कृषि तथा औधोगिक क्षेत्रको अवलोकन भ्रमण कार्यक्रम, होमस्टे तालिम, वडा नं.३ दाना अन्तर्गत ः— सुन्तला तथा फलफुल खेती बिस्तार, पशु रोग निधान एबं अन्य कार्यक्रम, पानी घट्ट सुधार, दुवारी बिजुली मिल सुधार, अन्धगल्छी–रुप्से छहरा–बाजा ढुङ्गा ब्यवस्थापन एबं गुरु योजना, महिला सामुदायिक भवन तला थप, वडा नं.४, नारच्याङ्ग अन्तर्गत ः— बिऊ बिजन तथा किटनाशक औषधि खरिद, सुन्तला खेतीको पानी टंकी निर्माण वडा नं.६ अन्तर्गत खिबाङ–घार सिँचाई मर्मत, डुगुर्नी पानी, भिरमुनी सिँचाई पाईप खरिद, घोरेपानी–घान्द्रुक पैदल पदमार्ग निर्माण र कालोढुङ्गा बैसरी गोरेटो बाटो निर्माणका लागि एकमुस्ठ रु.२६ लाख ४६ हजार बिनियोजन गरेको छु ।

सामाजिक बिकास ः—
८. यस शीर्षक अन्र्तगत शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, सँस्कृति प्रबद्र्धन, खेलकूद तथा मनोरञ्जन र लैङ्गिक समानता तथा सामाजिक समाबेसीकरण लगायतका क्षेत्रहरु पर्दछन् । जसका लागि यस आ.ब.मा. वडा नं.१ दोबा अन्तर्गत ः— कैलाश मा.बि. भवन निर्माण, स्वास्थ्यचौकी घेराबार, डेन्टल सेट खरिद, स्यवंसेबिका क्षमता बिकास, माराका खानेपानी योजना, बराह थान खानेपानी योजना, वडा नं.२ भुरुङ तातोपानी अन्तर्गत ः— बालशिक्षा ब्यवस्थापन तथा शैक्षिक गुणस्तर सुधार कार्यक्रम, वडा नं.३ दाना अन्तर्गत ः— बिद्यालयका बालबिकास केन्द्रहरुमा शैक्षिक सामग्रीहरु खरिद, स्वस्थ्यचौकी ब्यवस्थापन एबं आवश्यक उपकरण खरिद, स्वस्थ्य स्वयं सेबिका प्रोत्साहन कार्यक्रम, ख् ( ध्ब्क्ज् ( ऋऋ कार्यक्रम, नौमति बाजा एबं मारुनी नाच संबद्र्धन एबं संरक्षण, सबै जातजाति बालबालिका, किशोरी, जेष्ठ, अपाङ्गता सचेतीकरण कार्यक्रम, वडा नं.४, नारच्याङ्ग अन्तर्गत ः— अपाङ्गता तथा जेष्ठ नागरिक कार्यक्रम, गाडपार खानेपानी योजना, क्रान्ति आधारभूत बिद्यालय मर्मत, निलगिरी अधारभूत बिद्यालय मर्मत, पटार सामुदायिक भवन निर्माण, बाँस्कोट जाने गोरेटो बाटो निर्माण, घरापको सभा भवन रंगरोगन र प्लास्टर निर्माण, नारच्याङ्ग आधारभूत बिद्यालय कम्पाउन्ड निर्माण, नारच्याङ्ग नि.मा.बि.सम्म पक्की सिँडी निर्माण, दुर्गा भवानी मन्दिर निर्माण, प्रभा मा.बि.बालबिकास घेराबार, ढानबेँसी देखि मिस्तारा पुलसम्म पर्यटन पदमार्ग निर्माण, गाडपार गाउँघर क्लिनिक प्लास्टर र रंगरोगन, सृजनशील आमा समुह किचन ब्यवस्थापन, वडा नं.५ शिख अन्तर्गत ः— कान्छी बराही मन्दिर पुनःनिर्माण, शिख हे.पो.ल्याब सेवा ब्यवस्थापन, सामुदायिक स्वास्थ्य ब्यवस्थापन, चित्रे गिबाङ तातोपनी कुण्ड खानेपानी निर्माण, माझगाउँ पाउद्वार खानेपानी मुहान सुधार, हरिहर मन्दिर सत्तल निर्माण, राधा स्वामी सतसंग समिति कम्पाउन्ड निर्माण, जेष्ठ नागरिक तथा बिपन्न बर्गलाई औषधि खरिद र महिला स्वास्थ्य स्वयं सेविका बैठक खाजा खर्च वापत रकम बिनियोजन गरेको छु ।

९. त्यसै गरी वडा नं.६, घार अन्तर्गत ः— मुक्तिमार्ग माध्यमिक बिद्यालय सभाहल निर्माण, खिबाङ आधारभुत बिद्यालय तला थप, लालीगुरास आधारभुत बिद्यालयका लागि न्यानो कपडा तथा शौचालय निर्माण, पोखरी आधारभुत बिद्यालय तारबार, बिद्यालयहरुमा कम्प्युटर बितरण कार्यक्रम, मुक्तिपथ प्रा.बि. र भुवानी प्रा.बि.का लागि खेलकुद सामग्री खरिद, मुना बालबिकास केन्द्र भवन निर्माण, खिबाङ स्वास्थ्य इकाई स्थापना, खिबाङ–घार खानेपानी आयोजना, आल टंकी निर्माण, खिबाङ, घार, पोखरेबगर फोहोर ब्यवस्थापन स्थल निर्माण, कोट मन्दिर भवन निर्माण, विभिन्न मन्दिरहरुमा पूजा ब्यवस्थापन, शिब मन्दिर निर्माण (हल्लेखर्क), वडा नं.७, हिस्तान अन्तर्गत ः— महभिर बालबिकास ब्यवस्थापन, आधारभूत बिद्यालय ब्यवस्थापन, आदर्श मा.बि. रिम तारबार, इन्टरनेट क्षमता बिस्तार, महिला स्वास्थ्य स्वयंसेबिका प्रोत्साहन, बर्थिङ्ग सेन्टर निर्माण, अपाङ्गता, दलित र असहाय सहयोग र अनुसन्धान तथा बिकास अभिलेख, वडा नं.८, राम्चे अन्तर्गत ः— सीपमूलक कार्यक्रम (नाङ्गी), सार्वजनिक सत्तल निर्माण, सार्वजनिक शौचालय निर्माण, कानूनी परामर्श प्रशिक्षण, बालमैत्री स्थानीय सासन प्रबद्र्धन, हिमाञ्चल मा.बि., देउराली आ.बि., शान्ती कालिका आ.बि. र चन्द्र आ.बि.लाई शिक्षा अनुदान तथा आदिबासी जनजाति, अपाङ्ग, युवा र जेष्ठ नागरिक लक्षित कार्यक्रमहरु यो बजेटमा समाबेश गरेको छु । सामाजिक बिकास अन्तर्गत माथि उल्लेखित सबै कार्यक्रमहरुका लागि रु.१ करोड २० लाख ४ हजार बिनियोजन गरेको छु ।

पूर्वाधार बिकास ः—
१०. यस क्षेत्र अन्तर्गत स्थानीय सडक तथा पुल, सिँचाई, भवन तथा शहरी बिकास, उर्जा, लघु तथा साना जलबिद्युत, सञ्चार लगायतका बिषयहरु समेटिएका छन् । जसका लागि यस आ.ब.मा वडा नं.१ दोबा अन्तर्गत ः— दोबा—भिरकाटे सडक स्तर उन्नति, माझखर्क बिद्युत बिस्तार, कल्पारमा बिद्युत बिस्तार, गाउँ सेतोते सडक निर्माण, ः।द्य।थ्।ऋ क्लबको भौतिक संरचना निर्माण, औलमा खेलकूद मैदान निर्माण, वडा नं.२ भुरुङ तातोपानी अन्तर्गत ः— तातोपानी—मान्द्र ढुङ्गा मोटर बाटो स्तर उन्नति, अन्नपुर्ण होटल देखि स्वास्थ्य चौकी सम्म मोटर बाटो निर्माण, ठुलोबगर—कटुन्जे मोटर बाटो निर्माण, चिसोपानी सडक बिस्तार, मान्द्रे ढुङ्गा—कटुन्जे—गाडापानी बिद्युतीकरण, आशिष मण्डली भवन निर्माण, वडा नं.३ दाना अन्तर्गत ः— उपल्लो सुवाबाट बनजङ्गल जाने बाटो निर्माण, वडा स्तरीय सभागृह निर्माण, दाना स्मार्ट भिलेज कार्यक्रम, रुप्से युवा क्लब भवन निर्माण, वडा नं.४ नारच्याङ्ग अन्तर्गत ः— लेक—बेँसी सडक मोटर बाटो, पटार—पैर थाप्ला मोटर बाटो, अन्नपुर्ण पदमार्ग निर्माण, पितृमन्दिर घेराबार (लेक गाउँ), अन्धगल्छी पदमार्ग निर्माण (कोप्चेपानी), अन्नपुर्ण युवा क्लब पक्की स्टेज, अन्नपुर्ण सामुदायिक अध्ययन केन्द्र फर्निचर खरिद, जनजागरण युवाक्लब खेलकुद कार्यक्रम, बेँसी—ढाँकुसम्म गोरेटो बाटो निर्माण कार्यक्रमका लागि बजेट बिनियोजन गरेको छु ।

११. यसै गरी वडा नं.५ शिख अन्तर्गत ः— शिख—स्वाँत सडक मर्मत, पुछार गाउँ पाउद्वार ढल निकास, किन्दु सामुदयिक भवन निर्माण, आमा समुह भवन कम्पाउन्ड निर्माण (फलाटे), देउराली आमा समुह भवन निर्माण, फलाटे खेलमैदान निर्माण, स्वाँत देखि शिख प्रा.बि.सम्म सिँडी निर्माण, उपल्लो स्वाँरा सिँचाई योजना रिजरभोयर टंकी निर्माण, वडा नं.६ घार अन्तर्गत ः— दुरबिन डाँडा घार— खिबाङ सडक मर्मत, पोखरे बगर — घार सडक मुआब्जा, चित्रे— घोरेपनी सडक निर्माण, भुवानीथान महभिर सडक निर्माण, वडा नं.७ हिस्तान अन्र्तत ः— सडक मर्मत, पर्यटन पदमार्ग टिकोट, गोरेटो बाटो रेलिङ दोसल्ले, खेलमैदान घराम्दी, छराटाउको गिद्धेश्वर गोरेटो बाटो, वडा नं.८, राम्चे अन्तर्गत ः— महभिर बिद्युत बलास्ट टंकी खरिद, ग्रामीण कृषि सडक निर्माण (काफल डाँडा), ग्रामीण कृषि सडक मर्मत (नाङ्गी), ग्रामीण कृषि सडक मर्मत (राम्चे), सम्पर्क स्थल ब्यवस्थापन, मल, बिऊ बिजन र बिषादी खरिद, मिनि टेलर÷डिजिटल तराजु खरिद, जैबिक मल निर्माण, ब्यवसायिक मौरी पालन, तथा कृषि औजार खरिद, पशु स्वास्थ्य औषधि खरिद, रोग नियन्त्रणको लागि भ्याक्सिन खरिद, परजिबी नियन्त्रण कार्यक्रम, उन्नत जातको बोका खरिद, चौँरी गोठ ब्यवस्थापन, कृषि प्रोत्साहन, बन संरक्षण घेराबार, पुख्र्यौली सम्पति संरक्षण तथा स्वास्थ्य खोप केन्द्र निर्माणका लागि समेत बजेट बिनियोजन गरेको छु । पूर्वाधार बिकास अन्तर्गत माथि उल्लेखित सबै कार्यक्रमहरको लागि एकमुस्ठ रु.१ करोड ७२ लाख ५ हजार बिनियोजन गरेको छु ।

वातावरण तथा बिपत ब्यवस्थापन ः—
१२. यस अन्तर्गत बन तथा भू–संरक्षण, जलाधार संरक्षण, वातावरण संरक्षण, फोहोरमैला ब्यवस्थापन, बिपत ब्यवस्थापन लगायतका क्षेत्रहरु पर्दछन । यी सबै क्षेत्रहरुका लागि वडा कार्यालयहरु मार्पmत सञ्चालन हुने बिभिन्न कार्यक्रमहरुमा एकमुस्ठ रु.१४ लाख पचास हजार बिनियोजन गरेको छु ।

सँस्थागत बिकास, सेवा प्रबाह र सुशासन ः—
१३. यस अन्तर्गत सामान्य सेवा, सुरक्षा ब्यवस्थापन, सूचना प्रविधि, पञ्जीकरण ब्यवस्थापन, स्थानीय तथ्याङ्कसङ्कलन र अभिलेख ब्यवस्थापन, सुशासन प्रबद्र्धन, अनुशन्धान तथा बिकास लगायतका क्षेत्रहरु पर्दछन् । यी सबै कार्यक्रमहरका लागि वडा कार्यालयहरु मार्पmत सञ्चालन हुने बिभिन्न कार्यक्रमहरुका लागि एकमुस्ठ रु.२६ लाख ७५ हजार बिनियोजन गरेको छु ।

 

अध्यक्ष महोदय,

१४. अब म बिषयगत कार्यक्रमको लागि गरिएको बजेट बिनियोजन प्रस्तुत गर्न चाहन्छु । बन मन्त्रालय अन्तर्गतबाट साबिकमा सञ्चालित जडिबुटी बिकास कार्यक्रम बृक्ष सुधार, बृक्षारोपण तथा नीजि बन कार्यक्रम, सामुदायिक तथा कबुलियति बन बिकास कार्यक्रम, स्थानीय स्तरमा सञ्चालन हुने भू–संरक्षण कार्यक्रम र सामुदायिक बिकास तथा बन जलाधार संरक्षण कार्यक्रमको लागि एकमुस्ठ रकम रु.१५ लाख बिनियोजन गरेको छु ।

१५. त्यसैगरी सिँचाई मन्त्रालय अन्तर्गतबाट साबिकमा सञ्चालित भूमिगत स्यालो टुबेल कार्यक्रम, नयाँ परिधिमा आधारित संचाई आयोजना, स्थल विशेष नदि नियन्त्रण कार्यक्रम र टार बजार संरक्षण कार्यक्रमको लागि एकमुस्ठ रु.१५ लाख बिनियोजन गरेको छु ।

१६. सँस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गतबाट साबिकम सञ्चालित पर्यटन पूर्वाधार बिकास कार्यक्रम र सँस्कृति प्रबद्र्धन कार्यक्रमका लागि एकमुस्ठ रु.१० लाख बिनियोजन गरेको छु ।

१७. खानीपानी तथा सरसफाई मन्त्रालय अन्तर्गतबाट साबिकमा सञ्चालित खानेपानी सेवा नियमन तथा पूनस्र्थापना कार्यक्रम, खानेपानी गुणस्तर सुधार कार्यक्रमका लागि एकमुस्ठ रु.१५ लाख छुट्याएको छु ।

१८. महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय अन्तर्गतबाट साबिकमा सञ्चालित महिला बिकास जागृति कार्यक्रम र महिला बिकास कार्यक्रमका लागि एकमुस्ठ रु.१० लाख बिनियोजन गरेको छु ।

१९. युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतबाट साबिकमा सञ्चालित खेलकूद पूर्वाधार निर्माण कार्यक्रम र खेलकूद बिकास कार्यक्रमका लागि एकमुस्ठ रु.१५ लाख छुट्याएको छु ।

अध्यक्ष महोदय,

यसैगरी
२०. कृषि बिकास मन्त्रालय अन्तर्गतबाट साबिकमा सञ्चालित बागवानी बिकास कार्यक्रम, आलु तरकारी तथा मसला बाली बिकास कार्यक्रम, बाली बिकास कार्यक्रम, कृषि ब्यवसाय प्रबद्र्धन तथा बजार बिकास कार्यक्रम तथा सहकारी खेती, साना सिँचाई तथा मल–बिऊ ढुवानी कार्यक्रम, कृषि प्रसार कार्यक्रम आदिका लागि एकमुस्ठ रु.२० लाख बिनियोजन गरेको छु ।

२१. सहरी बिकास मन्त्रालय अन्तर्गतका साबिकमा सञ्चालित क्षेत्रीय तथा पर्यटकीय महत्वका सडक तथा अन्य सहरी सडक निर्माण तथा सुधारका लागि रु.१० लाख छुट्याएको छु ।

२२. पशु बिकास मन्त्रालय अन्तर्गतबाट साबिकमा सञ्चालित बंगुर तथा कुखरा सहकारी कार्यक्रम, पशु–पंक्षी बजार प्रबद्र्धन कार्यक्रम, पशु आहार बिकास कार्यक्रम, पशु स्वास्थ्य यिनमन कार्यक्रम र पशु सेवा प्रसार कार्यक्रमका लागि एकमुस्ठ रु.१५ लाख छुट्याएको छु ।

अध्यक्ष महोदय,

अब म आगामी आ.ब.मा बिनियोजन गरिएका अन्य क्षेत्रहरुको विवरण प्रस्तुत गर्न चाहन्छु ः—

२३. साबिकमा सञ्चालन भई आएका, नियमानुसार दायित्व सिर्जना भएका वा थप निरन्तरता दिन आवश्यक देखिएका कार्यक्रमहरुलाई निरन्तरता दिएको छु । यसका लागि Matching Fund बापत रु.१५ लाख बिनियोजन गरेको छु ।
२४. महिला, बाल–बालिका, आदिबासी जनजाति, दलित, अल्पसंख्याक वा पिछडिएको वर्ग, क्षेत्र लगायतका
लक्षित वर्गको उत्थान, बिकास तथा मूल प्रवाहीकरणका लागि छुट्टै रु.१५ लाख बिनियोजन गरेको छु ।
२५. विभिन्न शिक्षा, सचेतना, जागरण र जनतामा चेतना फैलाउने प्रब्रदनात्मक प्रबृत्तिका कार्यक्रमहरुका लागि
एकमुस्ठ रु.१० लाख छुट्याएको छु ।
२६. गाउँ कार्यपालिका, गाउँ सभा र वडा समितिका पदाधिकारीहरुका लागि बैठक तथा बैठक बसेको दिन खाना
तथा खाजा सुविधा वापत रकम बिनियोजन गरेको छु । गाउँ कार्यपालिकाबाट आवश्यक नियम वा कार्यविधि
तयार गरी यसको ब्यवस्थापन मिलाईनेछ ।
२७. विभिन्न NGO, INGO हरुको सहकार्य विना सबै काम एक्लैले सम्भव छैन । यस जिल्लामा कार्यरत सुआहारा,
संगम म्याग्दी, मिलन म्याग्दी लगायत अन्न सँस्थाहरुका कार्यक्रमहरु अब गाउँपालिकाको निर्णय र समन्वय
अनुसार सञ्चालन हुनेछन् । विभिन्न NGO, INGO हरुको सहकार्यमा गरिने कार्यक्रमहरुको लागि पनि केही रकम
बिनियोजन गरेको छु ।
२८. यस क्षेत्रमा बिद्यामान र आउन सक्ने प्रकोप तथा बिपतहरुलाई समेत ध्यानमा राखी विभिन्न बिपत
ब्यवस्थापन कोषहरुमा रहने गरी रु.२० लाख बिनियोजन गरेको छु ।
२९. सामाजिक न्याय सहितको समतामूलक समाजको स्थापना गर्ने तथा सुशासन कायम गर्न विभिन्न कार्यक्रमहरु
सञ्चालन गरिनेछन् । सामाजिक परीक्षण, सार्वजनिक सुनुवाई लगायतका कार्यक्रमहरुलाई निरन्तरता दिएको
छु ।
३०. सार्वजनिक निर्माणमा जथाभावी Heavy Equipment लगाउने कार्यक्रमलाई ब्यवस्थित गर्न आगामी आर्थिक
बर्षदेखि Heavy Equipment (उपकरणहरु) प्रयोग गर्दा वा सञ्चालन गर्दा गाउँपालिकाको अनुमति लिनुपर्ने
ब्यवस्था गरिनेछ । आगामी आर्थिक बर्षमा प्रकृया अगाडि बढाउने गरी Heavy Equipment खरिदका लागि
आवश्यक बजेटको बिनियोजन गरेको छु । यस्तै अन्य मेसिनरी औजारका लागि समेत आवश्यक बजेटको
ब्यवस्था गरेको छु ।
३१. जेष्ठ नागरिकको सम्मान अन्नपुर्णको शान कार्यक्रम अन्तर्गत गाउँपालिकाको आन्तरिक स्रोतबाट गरीब र
बिपन्न समुदायका तथा कुनै पनि प्रकारको निबृत्ति भरण नपाउने ८० बर्ष माथिका बृद–बृद्धालाई चाडपर्व खर्च
वापत बर्षको एक पटक एकमुस्ठ रु.५००० दिने ब्यवस्था मिलाएको छु ।

३२. युवाका लागि खेलकुदको बिकास गर्न सम्भाब्यता अध्ययन तथा खेलकुद बिकासका पूर्वाधार बनाउने कार्यलाई
प्राथमिकता दिँदै प्रत्येक बर्ष आयोजना गरिने अन्नपुर्ण अध्यक्ष कप खेलकुद प्रतियोगिताका लागि रु.२ लाख
बिनियोजन गरेको छु ।
३३. नेपाल सरकारले लिएका राष्ट्रिय लक्ष्यहरु तथा अन्तर्राष्ट्रिय जगतमा जनाएका प्रतिवद्धता र सो बाट सिर्जित
दायित्वालई समेत प्राथमिकता दिएको छु । आगामी ५ बर्षभित्र सबै वडा कार्यालयहरुका सुबिधा सम्पन्न हलको ब्यवस्था गरिनेछ । त्यस्तै गाउँपालिकाको कार्यालय र वडा कार्यालय जोड्ने मोटर बाटोलाई स्तर उन्नति तथा बिस्तार गर्दे लगिनेछ । यस आ.व.मा गाउँपालिकाको भवन निर्माणका लागि आवश्यक बजेटको बिनियोजन गरेको छु ।
३४. निर्माणाधिन पूर्वाधारहरको समयमै सम्पन्न गर्ने गरी ब्यवस्था मिलाउन पहल गरिनेछ । अत्यवश्यक सडकहरुको स्तर उन्नति र निर्माण कार्यलाई थम स्रोत सहित निरन्तरता दिने ब्यवस्था मिलाएको छु ।
३५. एउटै निर्माण ब्यवसायीले आफ्नो क्षमता भन्दा बढी कार्यको लागि धेरै वटा ठेक्का लिने र कार्य नगर्ने प्रबृत्तिको
अन्त्य गरिनेछ । गाउँपालिका क्षेत्रभित्र बाट छुट्ने वा आईपुग्ने सवारी साधनहरुको समय सीमा निर्धारण गरिनेछ । र यसका लागि Time Card लागू गर्नका लागि सम्वन्धित क्षेत्रसँग समन्वय गरी प्रकृया अगाडि बढाईनेछ ।

३६. सार्वजनिक सेवा प्राप्तिलाई जनताको अधिकारको रुपमा स्थापित गरिनेछ । भ्रष्टाचारजन्य क्रियाकलापमा शुन्य
सहनशीलताको नीति अवलम्वन गरिनेछ । राम्रो र असल कार्य गर्ने कर्मचारीहरुलाई प्रोत्सहन स्वरुप सम्मान
कार्यक्रमको ब्यवस्था मिलाएको छु ।

३७. कतिपय कार्यक्रम आयोजनाहरुमा देखिन दोहोरोपन घटाउन गाउँपालिका क्षेत्रभित्र हुने जुनसुकै कार्यक्रमहरु गाउँपालिकाको मातहतबाट नै सञ्चालन हुने ब्यवस्था मिलाएको छु । यो बजेट कार्यक्रमले नसमेटेका तथा समेट्न नसकिएका अन्य कार्यक्रमहरुलाई आगामी दिनहरुमा गाउँ कार्यपालिकाले निर्णय गरे बमोजिम जनसंख्या, भूगोल लगायत अन्य वर्ण, लिङ्ग, क्षेत्र, समुदायहरु समेतलाई मध्यनजर गर्दै समतामूलक ढङ्गले बिनियोजन गर्दै लगिनेछ । र सो अनुसार नै बिनियोजनको ब्यवस्था मिलाउने छु ।

३८.हाल यो बजेटको सिलिङमा नपरेको अन्य योजना तथा कार्यक्रमहरुलाई गाउँपालिकाले आफ्नो आन्तरिक स्रोत विभिन्न बिषयगत कार्यालयहरुबाट पछि प्राप्त हुने स्रोत अनुसार प्राथमिकताको आधारमा बजेट बिनियोजन गर्दै जानेछ भन्ने ठूला प्रकृतिका आयोजना कार्यक्रमहरुलाई प्रदेश सरकार तथा केन्द्र सरकार समक्ष अनुरोध गरिने ब्यवस्था मिलाईनेछ ।

मलाई थाहा छ ः—
३९. योजना बाट बजेट तयार गरेर मात्रै हुँदैन, त्यसको प्रभावकारी कार्यन्वयन हुन नसकेमा अपक्षित उपलब्धि
हाँसिल गर्न सकिँदैन । तसर्थ यसको कार्यन्वयनमा यहाँहरु सबैको सहभागिता, सल्लाह, सुझाव र मार्गदर्शनको
अपेक्षा गर्दछु ।

४०. समस्याहरु धेरै छन् सबैको एकै पटक समाधान सम्भव छैन । त्यसैलै तपाई हामी सबैले काँधमा जिम्मेवारी मस्तिष्कमा समझदारी र हृदयमा इमान्दारीको भावना लिएर मन, वचन र कर्मले प्रतिवद्ध र एकातावद्ध हुन जरुरी छ ।
अन्त्यमा
४१. यो बजेट तयार गर्ने क्रममा अन्नपुर्ण गाउँपालिकाको बिकास र समृद्धिमा निरन्तर सद्भाव र सहयोग पुर्याउनु हुने आम नागरिकहरु, कर दाताहरु, राष्ट्रसेवक कर्मचारीहरु, निजी क्षेत्र बिकास साझेदारहरु, सरकारी तथा गैरसरकारी तथा सामुदायिक सँस्थाहरु, नागरिक समाज, सञ्चार जगत लगायत सम्पूर्ण महानुभावहरुमा हार्दिक आभार ब्यक्त गर्दछु । र यो बजेटको सफल कार्यन्वयनको लागि सहयोगको अपेक्षा गर्दछु । जसले
“कृषि, बन, पर्यटन र जलस्रोतले सम्पन्न”
“शान्त, सुन्दर, हरियाली हाम्रो राम्रो अन्नपुर्ण”

नारालाई सार्थकता प्रदान गर्न सकोस ।
सबैको जय होस
धन्यवाद !