जयन्ती माविलाई बिदेशी नागरीकद्धारा आर्थिक सहयोग

  • ७ जेष्ठ २०७४, आईतवार
  • 2559 पटक पढिएको

म्याग्दी, ७ जेठ ।  बेनी नगरपालीका ३ भकिम्लीमा रहेको जयन्ती माविलाई एक बिदेशी दम्पत्तीले आर्थिक सहयोग गर्नुभएको छ ।
विद्यालयको भवन निर्माणका लागि बेल्जीयमका पवल भन्द्रे मुर्टेल र उहाँकी श्रीमती निता बुद्धुजाले एक लाख रुपैया आर्थिक सहयोग गर्नुभएको हो ।

म्याग्दीको घार चित्रे माइत भएकी वुद्धुजासंग बिवाह गर्नुभएका मुर्टेलले यसअघिर चित्रे, भगवती लगायत ठाउँका विद्यालयलाई समेत सहयोग गर्नुभएको थियो । यसैगरी बेनपा ३ भकिम्लीका शेरबहादुर छन्त्याल र उहाँकी श्रीमती गौरी छन्त्यालले विद्यालयलाई दुई लाख ५५ हजार ५५५ रुपैया सहयोग गर्नुभएको छ ।

छन्त्याल र मुर्टेल दम्पत्तीले व्यवस्थापन समितिका अध्यक्ष समेत रहुनभएका नवनिर्वाचित वडा अध्यक्ष पदम पुनलाई नगद हस्तान्तरण गर्नुभएको थियो । समुदाय स्तरबाट आर्थिक स्रोत जुटाएर जयन्ती माविको दश कोठे भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको शिक्षक सन्तोष सुवेदीले जानकारी दिनुभयो ।