म्याग्दीमा खाद्यान्नको तत्काल अभाब छैन् : उद्योग बाणिज्य संघ अध्यक्ष कर्माचार्य (भिडियो सहित)

  • १५ चैत्र २०७६, शनिबार
  • 1498 पटक पढिएको

म्याग्दी १५ चैत । विश्वब्यापी महामारकिो समस्या बनेको कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको लकडाउनसंगै आम नागरिकमा खाद्यान्नको अभाब सिर्जना हुने त्रास बढेको छ । तर म्याग्दीमा तत्काल अत्याबश्यक खाद्यान्नको अभाब नहुने म्याग्दी उद्योग बाणिज्य संघले जनाएको छ ।

संघका अध्यक्ष उत्तम कर्माचार्यले जिल्लाभित्र रहेको स्टक रहेको खाद्यान्नको तथ्याङ्क अनुसार करिब २ महिनालाई पुग्ने खाद्यान्न अहिले स्टक रहेको छ । अहिले ग्रामीण भेगमा अभाब रहेको भनेपछि प्रहरी र प्रशासनको रोहोबरमा सामानहरु पठाउने गरिएको छ ।

तत्काल जिल्लामा खाना पकाउने ग्याँसको अभाब देखिएपनि केहि दिनभित्रैमा जिल्लामा पोखराबाट ग्याँस आयात हुने र त्यसलाई आबश्यकताको आधारमा वितरण गरिने उहाँले बताउनुभयो ।