कोरोनाको त्रासका बिच गाउँका किसानलाई कामकै चटारो ( फोटो कथा)

  • १४ चैत्र २०७६, शुक्रबार
  • 2129 पटक पढिएको

म्याग्दी १४ चैत । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोडिभिको संक्रमण रोक्नको लागि यतिबेला नेपाल सरकारले मुलुकलाई लकडाउन गरेको छ । मानिसहरुलाई घरबाट बाहिन ननिस्कन र एक ठाउँबाट अर्को ठाउँमा जान अत्याबश्यक काम बाहेक रोक लगाएको छ । तर हिउँदेबालीको सिजनका कारण जिल्लाको ग्रामीण भेगका कृषकहरुलाई भने कामकै चटारो परेको छ ।

अहिले कृषकहरु दैनिक खेतिपातीको काम संगै खेतको मकै गोड्ने काममा ब्यस्त बनेका छन् । यहाँ हामीले म्याग्दीको मंगला गाउँपालिका–३ सिमकुनाका कृषकहरु खेतमा रोपेको मकै गोड्दै गरेको दृष्य यहाँसमक्ष राखेका छौँ । कोरोना भाइरसको कारण विश्वव्यापी महामारिको समस्याले नेपालभर लकडाउन घोषणा गरिएपनि ग्रामीण भेगका कृषकहरुलाई भने खेतको मकै गोड्ने चटारोले पिरोलेको छ । यतिबेला ग्रामीण भेगमा समुह–समुहमा मिलेर कृषकहरुले मकै गोड्न थालेका छन् । कृषकहरुलाई यतिबेला बारीमा मकै छर्नका लागि मल बोक्ने, सरसफाई गर्ने चटारोले समेत छोएको छ ।
तस्बिर : यामनाथ पौडेल