८ मार्च : हरेक ठाउँमा सहभागी हाम्रो मात्र होईन , अर्थ पुर्ण होस

  • २५ फाल्गुन २०७६, आईतवार
  • 1789 पटक पढिएको

सत्य पहाडी
हरेक वर्ष ८ मार्चलाई विश्वभरका महिलाहरुले विशेष उत्सवको रुपमा मनाउने गर्दछौँ । महिलाहरुको ईतिहास बर्तमान र भविश्यको कडीलाई जोड्न हुँदै आएका प्रयास र सफलताहरु प्रति गर्व गदै , बाँकी अधिकार प्राप्तिका लागि गर्र्ने संकल्प र प्रतिवद्धता एवं अवसरका रुपमा समेत ८ मार्चलाई लिने गरिएको छ । यस दृष्टिमा ८ मार्च स्वंयममा जागरण , एकता र संर्घष र प्रतिवद्धताको दिन पनि बन्ने गरेको छ ।
कुनै अस्तित्वमा रहेको मातृसत्ता समय क्रम्म पृतीसत्ता परास्त हुनु पुगेसँगै क्रमश : महिलाहरु दोस्रो दर्जाको नागरिक बन्न बाध्य भए ।

राजनीतिक आर्थिक , सामाजिक , एवं संस्कृतिक सवै दृष्टिले अधिकार विहीन भएका पुरुषको सेवक र मनोरन्जको साधन बन्न पुगे । सोही अनुरुपको संवैधानिक व्यवस्था र सामाजिक मुल्य समेत तयार हुँदै गए । मानवीय मुल्यको आधा भार बोकी रहेका महिलाहरु त्यसरी दोस्रो दर्जाको नागरिक बनि रहन सक्ने कुरा सम्भव हुँदैन्थ्याँे र हुँदैँन पनि । आफुमाथिको दम र विभेदका विरुद्धमा महिलाहरुले बिभिन्न प्रकारका विरोधहरु जनाउन सुरु गरे ।

संगठित आवाजहरु उठाउन सुरु गरे । कत्तै अधिकारका लागि कुरा उठाउन सुरु गरे । कत्तै समान कामको समान ज्यालाको निम्ति आवाज वुलुन्द गर्न थाले । बिभिन्न मुलुकमा हुँदै आएका महिला आन्दोलनको समान स्वरुप ८ मार्चलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउने निर्णय पहिलो पटक समाजबादी नेतृ कलाराष्जेर्कीण पहलमा सन् सन् १९११ को दोस्रो अन्तराष्ट्रिय महिला सम्मेलनले गर्र्यो । ८ मार्चको भावना पृतिसत्तामाथी मातृसत्ताको पुर्णस्थापना नभएर सवै क्षेत्रमा समानता हो । समानताको अर्थ सवै अधिकारको प्राप्ति र त्यसको निर्वाध प्रयोग हो ।

एक शताव्दी भन्दा केही बढी वर्ष वितेका छन् । यस क्रम्म महिलाहरुले बिभिन्न क्षेत्रमा अधिकार प्राप्त गदै आएका छन् । तर प्राप्त अधिकार अझै प्रयाप्त छैन्न । तसर्थ यस क्रम्म प्राप्त भएका उपलव्धि र अधिकारहरु प्रति गौरव गदै थप अधिकार प्राप्तिका निम्त अझ सुसंगठित भएर लाग्नु वर्तमान आवश्यकता हो । नेपालको सन्दर्भमा हेर्दा भेदभाव विना समान बंशिय हक , सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्वन्धि हक , राज्यका सवै निकायमा समानुपातिक , समावेशी सिद्धान्तको आधारमा सहभागी हुँने हक , महिलाहरुलाई सकरात्मक विभेदका आधारमा शिक्षा , स्वास्थ्य , रोजगारी , सामाजिक सुरक्षामा विशेष अवसर प्राप्त गर्ने हक , सम्पती र पारिवारिक मामलामा दम्पतीको समान हक , महिला विरुद्ध हुँने कुनै खालको हिंसा कुनै पनि नाममा गर्न नपाईने कुराको मौलिक अधिकार हो भन्ने संवैधानिक व्यवस्था हुँनु , आफैमा ठुलो उपलव्धि हो ।

यो अधिकार प्राप्तिका लागि संर्घषका क्रम्म नेपाली महिलाले प्राप्त गरेको महत्वपुर्ण अस्त्र वा साधन पनि हो । संविधानमा व्यवस्था गरिएका अधिकार को महिलाहरुले केही हद सम्म उपयोग गर्न सुरु गरेका छन् । संविधानले गरेका विशेष अधिकारको उपयोगका अलवा बिभिन्न क्षेत्रमा महिलाले आफ्नो विशेष क्षमता पनि प्रर्दशन गर्दै आएका छन् । चाँहे , जनयूद्ध , जनआन्दोलनको अग्रमोर्चामा महिलाले खेलेको भूमिका होस । चाँहे राष्ट्रप्रमुख , न्यायलय प्रमुख , व्यवस्थापिका प्रमुखमा महिलाहरुले कुशलता पुर्वक निवाह गदै आएका जिम्मेवारीको विषय होस् । चाँहे हिमाल आरोहणका साहसिक र विरतापुर्ण कार्यहरुमा होस । चाँहे अन्य सामाजिक सेवाहरुका क्षेत्रहरुमा नेपाली महिलाहरुले आफ्नो कर्मद्धारा नेपाली महिलाको हैसियत र महत्वलाई उजागर गर्दै आएका छन् ।

यि विषय पनि नेपाली महिलाहरुको निम्ति उत्तिकै गौरव गर्न लायक छन् । विद्यालय जाने छोरीहरुको संख्य बढ्दै छ । मातृमृत्युदर घट्दो अवस्थामा छ । घरदैलो भित्रको काममा सिमीत महिलाहरुको ठुलो संख्य घर बाहिरको उत्पादनशिल क्षेत्रमा पुरुषसँग काँधमा , काँधमा जोडेर भाग लिन सुरु गरेका छन् । यि विषयहरु महिलामुक्तीका सुखद पक्षहरु हुँन् । माथी उल्लेखित उपलव्धि र गौरवको चर्चा गरिरहदा हामीले यो पनि बिर्सनु हुँदैन । यि समानताको आन्दोलनलाई पुर्णता दिन र त्यसको सम्पुर्ण रुपमा व्यवहारिक कार्यान्वयन गर्न अझै बाँकी रहेको छ ।
त्यसका निम्ति हामीले अझै संगठिक रुपमा आवाज उठाई रहनुपर्ने छ । राजनीतिक पक्षमा ५० प्रतिशत सहभागिताको कुरा ,आर्थिक सामाजिक रुपले अंश र वंशमा समान हकको कुरा लागु गर्न थप मेहनत गर्नु पर्दछ ।

छोरी जन्मिदा पीडा बोध गर्ने समाजमा छोरा जन्मिदा अनिवार्य ठान्ने हाम्रा सामाजिक मुल्य केही हद सम्म कायम छन् । समान कामको समान ज्याला प्राप्ति र योग्यता अनुसारको काम प्राप्त गर्ने कुरापनि सममस्य रहदै आएका छन् । बालिका र वृद्धाहरु समेत यौन हिंसाको सिकार बन्ने घटनाहरु महिलाहरुको समान अधिकारको अभियानमा केही चुनौतीहरु बनिरहेका छन् । ८ मार्चले समाधानका निम्ति सवैलाई संगठित रुपमा लाग्न प्रेरित गर्नु पर्दछ । यसको निम्ति हामी सवैलाई ८ मार्चको प्रेरणा मिलोस भन्ने शुभईच्छा सहित शुभकामना व्यक्त गर्दछु ।
लेखक : पुर्व शान्ति तथा पुर्ण निर्माण मन्त्री एवं प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।